Friday, January 31, 2020

महर्षि वषिष्ठ महामन्त्री सुमन्त

२०७६ -०९-२६
महर्षि वषिष्ठ महामन्त्री सुमन्तलाई भन्नहुन्छ: जव राजा, मन्त्री र गुरु धनको जोगो गर्न थाल्छन , समाजमा भ्रष्टाचार माैलाउन थाल्छ, जनता निर्धन हुन पुग्छन र शिक्षा धनीले मात्र प्राप्त गर्न सक्छन र मानव समाज पुरा अन्धकारमा डुब्छ। त्यसैले गुरु वषिष्ठले मन्त्रीलाई राजा दशरथले छोराहरुको तर्फबाट पठाएको गुरु दक्षिणा सधन्यवाद फिर्ता गरी दशरथलाई बुझाउनको लागि अनुरोध गर्दछन। उनी भन्छन गुरु पुर्णिमाको दिनमा गुरु दक्षिणा रामले नै दिनेछन। रामले जीवनका चार आदर्श मानेका छन:
सतमार्ग
धर्म
स्वमार्ग
लक्षको पहिचान सहित प्राप्ति
यही मार्ग सिकाउने व्यक्ति नै गुरु र यही मार्गबाट उनी कहिल्यै विचलित नहुने भनि गुरु दक्षिणाको रुपमा अर्पण गर्दछन।
गुरुको अर्थ रामको अनसार : सुर्यको प्रकाशले त अन्धकारलाई नास गर्दछ भने ज्ञानले आत्मामा रहेको अन्धकारलाई नास गरि आत्मामा प्रकाश भरिदिन्छ भने त्यही व्यक्ति नै गुरु हो।
वषिष्ठ रामको दक्षिणा प्रति खुशी व्यक्त गर्दछन।
यदि वर्तमान सरकार र शैक्षिक क्षेत्रमा यस्ता विचारहरु रोपिन गएमा पक्का पनि नेपाल प्राकृतिक रुपमा मात्र नभएर भाैतिक आध्यात्मिक र आर्थिक रुपमा पनि एक सफल राष्ट्रको रुपमा पहिचान पाउने थियो।
सरकार अव यसैको खोजिमा लाग्ने हो कि?

No comments: