Friday, January 31, 2020

घुमियो, भेटियो, गुमाइयो , पाइयो र रमाइयो पनि

२०७६ -१०-०१
घुमियो, भेटियो, गुमाइयो , पाइयो र रमाइयो पनि
जीवनमा केही रङ्गहरु भर्नुपर्छ भन्दै आफ्नै मातृभुमि कास्कीका केही क्षेत्रहरु मोटरसाइकलको सहायतामा यात्रा गरे। मन आनन्दीत भयो। २७ गते आफ्नै मालमुल फाट जुन केही वर्ष अगिसम्म हिउदमा परालका टाैवाहरुले भरिएका हुन्थे तर अहिले कङ्क्रिट भवनहरुले भरिन लागेको छ। हिड्नको लागि खेतका आलीमा होस पुर्याएर हिड्नुपर्थ्यो तर अहिले फराकिला बाटा अलकत्राले पोतिएका छन। झट्ट हेर्दा रमाइलो छ। रुपातालको संरक्षणको लागि तारवार लगाइएको छ। जग्गाधनिलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्थाका सहित जग्गाको अधिकरण गरोस अन्यथा विकासको नाममा व्यक्तिको विचल्ली नपरोस। हुनत सरकारसँग भएमा २/४ गुना बढि मुल्य दिदा पनि जग्गाधनिहरु मर्कामा नै पर्ने छन किनकि त्यहाँ भएको जग्गाको प्रतिस्थापन केहीले गर्नसक्दैन र त्यस्ता जग्गा पनि प्राप्ति हुदैन। सरकार र सम्वन्धित निकायलाई सम्पूर्ण जग्गाधनिको तर्फबाट अपिल यो छ कि जग्गाधनीलाई कि जग्गा बराबरको जग्गा उपलब्ध गराउ कि त्यति जग्गा किन्नसक्ने पैसा उपलव्ध गराउ। वाच र वाच्नदेउ।
२८ गते मनिपाल हस्पिटल र काउ डाडाको धरहराबाट दृस्य अवलोकन गर्दैगर्दा मनमा अनुभुति भयो शारिरकि सुखको लागि समथर भुभाग भए पनि मनको शान्तिको लागि त शिखर नै उचित । जता हेर्दा पनि मनै नभरिने। हेरेको हेर्यै गरिरउ जस्तो। कहिले पनि नभरिने मन कस्तो सु्न्दर छ। काउकोको शिरबाट उत्तरतर्फहेर्दा हेर्दा माछापुच्छ्रे र अन्नपूर्ण जस्ता हिमाल मुस्कुराइरहेका ! पश्चिममा सेति नदि बगर ह्याङ्जा सराङकोट फेवातालले बोलाइरहेको भानहुने, दक्षिणमा विशाल फाट कङ्क्रिट जङ्गलले भरिभराउ , स्थानिय जहाज मैदान र अर्को निर्माणाधिन विमानस्थलले पनि मन प्रफलित पारिदिदो रहेछ ।पुर्वमा रहेका पहाड र र तिनका टाकुरामा त कहिले पुगाै जस्तो बनादिने। त्यही वसी जीवन विताइदिऔ जस्तो। फर्कने मन नभए पनि फर्कनै पर्यो भन्दै फर्कदै गर्दा लामिछाने दाईको चियापसले मन तान्याे, मोटरसाइकल रोके चियाको कुरा गरे पछि थाह भयो के को लामिछाने दाइ नि भिनाजुको पो पसल रहेछ। मेरो तल्लो गगनगाैडाको लक्ष्मी दिदिको घर पो रहेछ। चिया र बदाम खाइसकेपछि समयले साथ फेरि भेट हुने सर्तमा त्यहाबाट छुटी मनिपाल हस्पिटलमा लक्ष्मी स्यानिआमाको पत्थरिको अपरेसन गरेकोले त्यही गए साँझ अवेरसम्म त्यही रहे, र सुत्नको लागि मेरा मित्र गोविन्द लामिछानेको घर प्रगतिमार्गमा पुगे जहा मेडम बाबु र ९४ वर्षको वुवा गिता पाठ गर्दै मलाइ देख्दा खुशी हुनुभयो म त केहीवेर हराए पुरानो यादले। केहीक्षण कुराकानी पछि खाना खाइयो पुन गफमा भुलोयो र सुतियो।
भोलिपल्ट२९ गते विहानै चितेपानि बिष्णु भिनाजुको घरमा पुगे। वहिनि र भान्जा भान्जीसँग भेट भयाे। खाना खायौं र गण्डकी रेम्बो ट्राउट हेर्नको लागि भु्जुङखोला पुग्यौं । कति सुन्दर ठाउँ पोखरी भएको स्थान पहाडको खोच भएतापनि घाम पर्ने। एक पोखरीबाट फर्केर अर्को पोखरीमा पुगेर मोटरसाइकल राखि पोखरीमा गएको त मोबाइल खसेको चाल पाए। भिनाजुले फोन गर्नुभयो। घन्टी गयो। एक छिनपछि सुइच अफ भयो। हामी दुई पुन पहिलेको स्थानमा फर्कियाै। हामीलाई देखेपछि एक जना केसि भाइ मोबाइल खसाल्नुभयो कि भन्दै आउनुभयो। केही आधार दिनुभयो तापनि त्यस क्षणमा हाम्रो प्रयास असफल रह्यो। हामी पुन माछापोखरीमा माछा हेरेर चितेपानी फर्कियाैं। फर्किएर पुरनचाैरतिर लाग्दै गर्दा मोबाइल पाइएको खवर पायाै। म मोबाइल लिन गए र भिनाजुसँग छुटे। समिर भाइले मोबाइल राखिएको खेतमा मलाइ पुर्याउनु भयो। माेबाइल पाइएपछि भाइलाई तातोपानी जाउ भनिसकेपछी समिरले हुन्छ भनेपछि दुवैजना पुरानो चिनजान भए झै गरि गयाै! केही क्षण तातोपानीमा डुबुल्की मार्याै सँगै वसि खाजा खाएर फर्कियाै।
समिर भाइलाई दिपेन्द्र सभागृहमा हराएको मोबाइल पाइ दिएकोले धन्यवाद दिदै छोडेर म घरतर्फ लागे। घरमा पुग्दा श्रीजन छोरोले स्वस्थानी वाचन गरिरहेका थिए। स्वस्थानी कथावाचन पछि खाना खाएर अलिक थाकेकोले सुते।

No comments: