२०७७। ०१।०१ सोमबार समय : १:५० विहान
२०७७ को आगमन
कोरोना सवको मुटु छाम्यौ तिमीले जनको
त्रर्सीएर तिमीसँग मागे भिख जीवनको ।
अव शान्त भइदेउ दुख नदेउ जनमा
शान्तिको दियो बालेर जप्दै भजन मनमा ।।
१
हुदैछन सवै त्रास वाच्न देउन शान्तिले
छयत्तर गयो भयो भोग्यौ विचल्ली हामीले ।
रहेन दिल खुशी खै के गर्न खोज्यौ तिमीले
चिन्ता भरेर मनमा कति वाच्ने त हामीले ।।
२
डाइनोसर झै लान्छौ हिम्मत छ त तिमीमा
लुक्दै डुलेर के गर्छौ त्रासीत पार्दै जनमा ।
खुलेर आउ भिडौला वरु लुकेर नवस
हामीमा क्रान्ति गरौला यसरी अव नडस ।।
३
सतहत्तर सुरुमै विदाइ गछौ तिमीमा
केही माग छ भने खुलेर राख हामीमा ।
हैन के को रिस छ त तिम्रो मानव जातीमा
विगार कसले गर्यो टेक उसैको छातीमा ।।
४
गरीव धनि भनेनौ ,सुन्दर पक्ष छ अनि
राजा प्रजा कतै छैन गरेनौ भेदभाव नि ।
महल झुपडी छैन त्यहाँ भिन्नता गरेको
गर्छौ आराम मानव कति छिटो सरेको ।।
५
रोकिदेउ तिम्रो गति पुजापाठ गराउला
सवैमा समानता छऱ्यौ फूल पाती चढाउला ।
गरेर खान देऊन लैजाउ वरु असति
हुनेछ मानव दङ्ग तिम्रो देखेर प्रगति ।।
६
विदाइ गर्नु नै छ त, छयत्तर तिमीलाई
सतहत्तर नामको दीप जलाउनलाई ।
गरेर खान पाओस सुत्दै जीवन नफाल
निरोगी भैदिएमा हुन्छ जीवन सफल ।।
७
मुस्कानको सलामीमा , राख्नसके तिम्रो मन
समुन्द्रको गहीराई मोति खेति गर्ने तन ।
आओस यसरी यस फैलियोस हावासरी
घरवार सधै खुला गुलाफ फक्रिय सरी ।।
८
२०७७ को आगमन
कोरोना सवको मुटु छाम्यौ तिमीले जनको
त्रर्सीएर तिमीसँग मागे भिख जीवनको ।
अव शान्त भइदेउ दुख नदेउ जनमा
शान्तिको दियो बालेर जप्दै भजन मनमा ।।
१
हुदैछन सवै त्रास वाच्न देउन शान्तिले
छयत्तर गयो भयो भोग्यौ विचल्ली हामीले ।
रहेन दिल खुशी खै के गर्न खोज्यौ तिमीले
चिन्ता भरेर मनमा कति वाच्ने त हामीले ।।
२
डाइनोसर झै लान्छौ हिम्मत छ त तिमीमा
लुक्दै डुलेर के गर्छौ त्रासीत पार्दै जनमा ।
खुलेर आउ भिडौला वरु लुकेर नवस
हामीमा क्रान्ति गरौला यसरी अव नडस ।।
३
सतहत्तर सुरुमै विदाइ गछौ तिमीमा
केही माग छ भने खुलेर राख हामीमा ।
हैन के को रिस छ त तिम्रो मानव जातीमा
विगार कसले गर्यो टेक उसैको छातीमा ।।
४
गरीव धनि भनेनौ ,सुन्दर पक्ष छ अनि
राजा प्रजा कतै छैन गरेनौ भेदभाव नि ।
महल झुपडी छैन त्यहाँ भिन्नता गरेको
गर्छौ आराम मानव कति छिटो सरेको ।।
५
रोकिदेउ तिम्रो गति पुजापाठ गराउला
सवैमा समानता छऱ्यौ फूल पाती चढाउला ।
गरेर खान देऊन लैजाउ वरु असति
हुनेछ मानव दङ्ग तिम्रो देखेर प्रगति ।।
६
विदाइ गर्नु नै छ त, छयत्तर तिमीलाई
सतहत्तर नामको दीप जलाउनलाई ।
गरेर खान पाओस सुत्दै जीवन नफाल
निरोगी भैदिएमा हुन्छ जीवन सफल ।।
७
मुस्कानको सलामीमा , राख्नसके तिम्रो मन
समुन्द्रको गहीराई मोति खेति गर्ने तन ।
आओस यसरी यस फैलियोस हावासरी
घरवार सधै खुला गुलाफ फक्रिय सरी ।।
८
No comments:
Post a Comment