Sunday, April 19, 2020

सम्वृद्दी

२०७७ ।०१। ०७  समय : ९:५० रात    स्थान : सिफल
      सम्वृद्दी
कुलले मात्र हूदैन, कर्म खोटी छ भन्या त ।
डोकामा दुध मिल्दैन, भएर भाग्यमा पनि त ।।१।।

कर्मले रावण क्षत्रीए,  ऋषि पुत्र भए र नि ।
सीता हरण गर्दैमा ,वंश विनाश भाछनि ।।२।। 

ज्ञान भएर के मात्रै, उपयोग गरीन्न भने ।
रावणकै मती हो नि, घमण्डकै विजै छ भने ।। ३।।


अंहकार भरीएर, विनासै हुन्छ ऊसैको ।
किन बुझ्दैन मानीस,काल सर्प समीपैको ।।४।।

राक्षसी कुलमा जन्म, प्रल्हाद भै रहे जय   ।
दानव देव दूवैमा , सके रहन आत्मिय ।५।

बने असल सानैमा, शिक्षा नारदले दीए ।
अन्नम भगवान नै, पिता हिरण्य नै थीए ।।६।।

वाहिर रुप थीएन, सुन्दर शुकरातको ।
सत्यको पक्षमा बोल्ने, सुन्दर मन उनको ।। ७।।

ह्रिश्चन्द्र चिनीए त,सत्यवादी भनीकन ।
विश्वमित्र त लज्जित, नतिजा देखिकन ।।८।।

स्वीकारे हार तीनैले , लिए जजसले जाच ।
उच्च वनाइ मान्छेको, स्थान देवता माझ ।।९।।

सुदामाको समर्पण, उनकै भक्तिको पथ ।
वशुन्धरा त त्यागको, वनेकि छन रथ ।।१०।।


राजनितिज्ञको मनमा, हरिश्चन्द्र वसून त ।
रोकिदैन विकासै नि,  कसैले रोक्न लागे त।। ११।।

विकास नगरी धरै, छैन नेपालमा पनि ।
यूवा फर्केर आए सी, सम्वृद्दी आउने छनि ।।१२।।



No comments: