Monday, April 13, 2020

नेपाल

२०७७। ०१। ०२
नेपाल
स्वर्गको नगरीमा डाँफे चरी यता उडेछन ।
हिमालको चिसो हावा खादै त्यता गएछन ।।१।।
मयूर नाचको तृप्ति छैन अभाव फाटमा ।
चितुवा हिउँमा खेल्दै रम्दै छ यसभुमिमा ।।२।।
ऋषिमुनिहरु जप्दै माला रुद्राक्षको यहाँ ।
साधुसन्तहरु खोज्दै ज्ञान र शान्तिको अहा ।।३।।
मारुनिको नचाइ दर्शकको बुझाइमा ।
स्वर्गकै भान जस्तो छमछम वजाइमा ।।४।।
करुवा खुकुरी कस्तो नेपाल जनको यश ।
चन्द्र सूर्य पताकाको फैलिएको छ है जस ।।५।।
पाटे बाघ र गैडा त कतै डुलाउदै यति ।
मार्सी चामलको भात, रोजेर खाउला कति ।।६।।
भाषा संस्कृति कलाको खानी नै छ नेमालमा ।
काँडेभ्याकुर कस्तुरी डाँफे मृग झनै एकमा ।।७।।
आवश्यक छ तृष्णको जातजाति सजाउन ।
पर्दैन अव नेपाली विदेशिन कमाउन ।।८।।
जहा भए पनि आउ आफ्नै देश सजाउन ।
गुन्द्रुक र ढिडो खादै थाल्नुपर्छ रमाउन ।।९।।
माटोको उर्वर पन भिन्द स्वरुपका वन ।
जडिबुटी खनिखोस्री कमाउन छ है भन ।।१०।।
सवैथोक हुदाहुदै किनजाने विदेशमा ?
छातीमा हात राखेर पौखौ पसिना स्वदेश्मा ।।११।।
ह्ुदैन वोलेर मात्रै सुरु गरौ सजाउन ।
खनि खोस्री गरीदै के थालौ यही रमाउन ।।१२।।
परिहरु हुने स्वर्ग नेपालमा बनाउने ।
यूवा रोजाइको शीक्षा यहि कतै दिलाउने ।।१३ ।।

No comments: