चैत्र २१/ २०७६
Covid -19 corona virus मानव सभ्यताको लागि वरदान
एक्काइसौ शताव्दीका मानिस अंहकारी वनिरहेको वेलामा मानिस के हो, कति ज्ञानी छ, कति बुझेको छ, केमा घमण्ड गर्दै छ र के घमण्ड गर्नको लागि उ सँँग योग्यता छ कि विना योग्यतामा घमण्ड गर्दैछ ? यी र यस्तै प्रश्नहरुको सवालको रुपमा Covid -19 corona virus चीनबाट सुरु भइ आज विश्वलाई तराइ तराइ पारेको छ । यो महामारीको रुपमा देखिएको Covid -19 corona virus त्यति धेरै आतकंकारी छैन जति २१शौ शताव्दीको मानिस वनेको थियो । आफ्नो स्वार्थ पुर्तिको लागि मानिसले के गरेको छैन ? सामान्य घटनामा पनि बम, बारुद, र मिसायलको प्रयोग गरेकै हो, हजारौ, लाखौं निर्दाेश मानिसको हत्या गरेकै हो, कहिले प्रजातन्त्रको नाममा, कहिले निरकुंशताको नाममा, कहिले राजनैतिक परिवर्तनको नाममा कैयौ अत्याचार भए, कहिले मानव अधिकारको नाममा तर पनि निरीह भएर सहे त्यसै कालक्षणका मानिसहरुले, यद्दपी आतकिंत सधै भैराखे ।
मानिस सधै आफ्नो कार्यव्यस्थतामा रह्यो । उसको लागि न परिवारको लागि समय थियो न समाजको लागि नै । उ सधै आफ्नै कार्यव्यस्थतामा व्यस्त रह्यो । कोही मानिस र सम्पन्न देशहरु हत ह्तियार निर्माण गर्नमा व्यस्त रहे । आफुलाई सन्सारको सवैभन्दा शक्तिशाली राष्ट्रको रुपमा निर्माण गर्ने कार्यमा तल्लीन रहे । तर उनीहरुले गरेको अँहकार अर्थहिन रह्यो र उनीहरुको अँहकारलाई एक शुक्ष्म्य जीवाणु Covid -19 corona virus जसलाई आँखालाई देख्न सकिदैन, हल्लाइदिएको छ । मानिसको त्यो घमण्डलाई चकनाचुर पारिदिएको छ । यो महामारीको रुपमा सन्सारभरी फैलिएको छ । यति हुदाहुदै पनि Covid -19 corona virus लाई सारा मानव जगतले अवसर वा वरदानको रुपमा स्वीकार गर्नसक्नुपर्छ ।
अवसर यस अर्थमा कि यही महामारीको कारणले करिव करिव सन्सार lockdown को अवस्थामा छ । मानिस प्राय सवै देशमा जहा छन उनीहरु घरभित्र छन । घरभित्र रहदा खानाको समस्या नभएको अवस्थातामा सायद मेरो जीवनको सुन्दर क्षणको रुपमा लिएको छु किनकि यसै महामारकिो कारणले जसरी मैले मेरो सवै परिवारका सदस्य प्राय एकै ठाउमा रहेर सुखदुख साट्ने अवसरको रुपमा लिएको छु सायद अरु व्यक्तिहरुको पनि अनुभव त्यही होला र त्यसरी नै लिनुभएको छ होला । मैले यसलाई अध्ययनको लागि समय, केही ज्ञानगुनका कुराको खोजी, समय र समाजसेवाको अवसरको रुपमा लिन पाएको छु ।
प्रदुषित वातावरणबाट धेरै स्थानहरु मनिसको लागि वस्नको लागि योग्य स्थानको रुपमा परिवर्तन भएको छ यसैको कारणले । करिव करिव जव महाभारतको युद्दमा अर्जुन युद्दको लागि तयारी थिएनन ठीक त्यही समयमा समयको गतिलाई रोकि धर्मको पक्षमा युद्द युद्द गर्नको लागि अर्जुनलाई भगवान कृष्णले ज्ञान प्रदान गर्नुभएको थियो । ठीक त्यही अवस्थामा पृथ्वी रहेकोले पृथ्वीलाई पुन जीव जीवात्माको वस्नको लागि योग्य स्थानको रुपमा पुन प्रदुषण रहित स्थान मानवको लागि करिव असम्भव रहेको अवस्थामा यो महामारी फैलिएको छ , जसले करिव पृथ्वीलाई ठप्प पारेको छ । यस ठप्पले उध्योगधन्दा, कलकारखाना, यातायातका साधनले विश्राम लिएको अवस्था छ । यस ठप्पले अर्थतन्त्रलाई धराषयी पारेपनि मानवीय समवेदनाको याद दिलाइदिएको छ र परावरणमा सुधार आएको छ जुन मानिसले चाहदा प्राय असम्भव देखिएको थियो, यसलाई सम्भव तुल्याइदिएको छ ।
यही सम्वेदनाले मानिसलाई आज हातहतियारको होडवाजी, प्रदुषित वातावरणबाट मुक्त, भ्रष्टचारबाट पर, र थुपारिएको सम्पतिको अवस्था पनि अर्थहिन हुन्छ भन्ने शन्देश दिलाएको छ । यस महामारीले मानिस पुन प्रकृतिमा फर्कनुपर्छ भन्ने शन्देश पनि दिएको छ । जो मानिस प्रकृतिमा खेल्छ, प्राकृतिक खाना खाने गर्छ, उ स्वस्थ रहन्छ र उसको immunity power पनि वलियो हुन्छ । जव immunity power वलियो हुन्छ उसलाई कुनै रोगले छुनसक्दैन । अर्को पाटो रह्यो मानिसको आत्मवल जुन प्रत्यक रोगको अन्तिम अस्त्र हो ।
आधुनिक स्वस्थ्य विज्ञानको औषधी उपचार पनि अर्थहीन हुन्छ यदी विरामीले प्रयोग गरेको औषधीले काम गर्छ भन्ने भावना सृजित छ भने विरामी रोगमुक्त हुने छ तर उसमा औषधीले काम गर्दैन भन्ने सोच भरिएको छ भने उ रोगमुक्त हुन सक्दैन । त्यसैले आजको सन्सारको आवश्यकता भनेको पृथ्वीलाई प्रदुषण रहित, सकरात्मक सोचले भरिएका, मानवीय मुल्य र मान्यतालाई आत्मसाथ गर्नसक्ने शिक्षित मानव, मानिसले देखाएको विभेदीकरणको अन्त्य हुनुपर्छ भन्ने शन्देश पनि यस महामारीले सिकाएको छ । यस महामारीले धनी र गरीव, काला र गोरा भनेको छैन । प्राय सवै मानिसलाई बन्धक वनाएको छ Covid-19 corona virus ले । त्यसैले भन्नै पर्छ, Covid -19 Corona virus एक्काइशौ शताव्दीका मानिसको लागि वरदान हो किनकि सन्सार एक जुट भएको छ यस महामारीसंग मुक्त हुन र गराउनको लागि । हिजाको दुश्मनी र वैमनस्यताको पनि प्राय अन्त भएको क्षण छ । Covid -19 Corona virus ले हामीलाई सक्ने भयो भन्नुभल्दा हामी सचेत रहौ,स्वस्थ्यको ख्याल गरौ, विश्व स्वस्थ्य विज्ञानले दिएको शन्देषलाई पालन गरौ, आफु वाचौ र अरुलाई पनि वचाऔ । तेरो , मेरो नभनौ , सवै हामी मानव हौ, र मानवताको लागि एकै उदेश्यका साथ लागौ, जसरी हिजोको दिनमा महामारीबाट सन्सार वचेको थियौ , त्यही गतिमा हामी अहिलेकाा मानिस पनि यस महामारीबाट मुक्ति पाउने छौ ।
चन्द्र कान्त पण्डित
काठमाण्डौ ७
No comments:
Post a Comment