२०७७ ।०१। ०९ समय : ८:२५ विहान स्थान : सिफल
नेपालको जय
छिपछिपे हिलोमा नि, धान रोपिन्छ जहाँ ।
असारको महिनामा, गोरु पोसिन्छ त्यहाँ ।।१।।
असारको महिनामा, गोरु पोसिन्छ त्यहाँ ।।१।।
हलो दादे जुवा गोरु, नाराको भरमा छन ।
डोकामा विउ वोकेर, खेताला त आउँछन ।।२।।
डोकामा विउ वोकेर, खेताला त आउँछन ।।२।।
जुवामा गोरु नारेर, नारा अड्काउदै हलो ।
दादे रे वाउसेले निे, गरी किसानको भलो ।।३।।
दादे रे वाउसेले निे, गरी किसानको भलो ।।३।।
हली, रोपार मीलेर, असारे गित गाउँदै ।।४।।
वटुवा पनि हेरेर , जान्छन त रमाउदै ।।
वटुवा पनि हेरेर , जान्छन त रमाउदै ।।
थाक्दैन जिउ थाकेर , खान्छन घिउ भातमा ।
सधै हिड्छन वोकेर , छत्री र स्याखु साथमा ।।५।।
सधै हिड्छन वोकेर , छत्री र स्याखु साथमा ।।५।।
नारेर हल गोरुको, साइन्छ त खेतहरु ।
थाक्दैनन रोपाइमा, समाउदै अनौहरु ।।६।।
थाक्दैनन रोपाइमा, समाउदै अनौहरु ।।६।।
हली, रोपार, वाऊसे, खट्टे,पुवा, अचार ।
वस्दै खादै रमाऊदै, पर्मको गरि विचार ।।७।।
वस्दै खादै रमाऊदै, पर्मको गरि विचार ।।७।।
कति रमाइलो हुन्छ , सम्झदा ति दिनैहरु ।
कोही हुदैन फाल्टु नि, काट्छन घास वच्चाहरु ।।८।।
कोही हुदैन फाल्टु नि, काट्छन घास वच्चाहरु ।।८।।
ह ह माले ह लाऊरे, स्याखु ओड्दै झरीमा नि ।
गर्दै रोपाइ रुझेर, वुन्दै मीठो सपना नि ।।९।।
गर्दै रोपाइ रुझेर, वुन्दै मीठो सपना नि ।।९।।
तरुना तरुनि खेल्छन , हीलो छ्यापेर खेतमा ।
खाजा दिन्छिन मालीक्नि, पटुकि अनि वोतामा ।।१०।।
खाजा दिन्छिन मालीक्नि, पटुकि अनि वोतामा ।।१०।।
थाक्दैनन गरी काम , फर्कन्छन घर साँझ ।
रोपेको एक वीऊ नि, फैलिएर वने गाँज ।।११।।
रोपेको एक वीऊ नि, फैलिएर वने गाँज ।।११।।
रोपेको तीस दीनैमा ,छर्नेछन् मल गोडेर ।
सवैको दिल खूशीले , हरिया धान देखेर ।।१२।।
सवैको दिल खूशीले , हरिया धान देखेर ।।१२।।
हवा सरर धानैमा, किसानको त दीलैमा ।
छ उमङ्ग छरीदीने, झुलेर धान खेतैमा ।।१३।।
छ उमङ्ग छरीदीने, झुलेर धान खेतैमा ।।१३।।
कति सुन्दर होला नि , टारी र फाट झुलेको ।
नेपाली कहि जादैमा, हुदैन फाँट भुलेको ।।१४।।
नेपाली कहि जादैमा, हुदैन फाँट भुलेको ।।१४।।
माटोको जय गाएर, राम्रो फसल लीनमा ।
नेपालको जय, हुन्छ केही दिनैमा ।।१५।।
नेपालको जय, हुन्छ केही दिनैमा ।।१५।।
No comments:
Post a Comment