Wednesday, April 15, 2020

दिव्य

२०७७ ।०१ । ०४
       दिव्य
भव्य महलले केही छुदैन दिव्य दीलमा ।
शान्तिको पथमा भाँजो नहाल यहिक्षेत्रमा ।।१।।

सत्यको लागि लड्दै,टेकौला सुरुको कद ।
पर्दैन हुन त्यस्तो त वेचिएर लिने पद ।।२।।

आफ्नो हुदैन कोही त, जन्म र मृत्यु सत्य छ ।
नाङ्गै आयौ त के भाया नाङ्गै पनि त जानुछ ।।३।।

तेरो मेरो यहाँ केछ केवल भ्रम मात्र हो ।
नत रहे वुवा आमा नत रहे अरु त पो ।।४।।

भ्रममा वाच्नु छैन शान्तिको दीप खोज्नु छ ।
यैस आराम छोडेर मानव धर्म रोज्नु छ ।।५।।

तिमी आउन बाटोमा  काँडा पन्छाइ दिनेछु ।
हाँसेर जिउने गाथा तिमीलाई सिकाउँछु ।।६।।

हाँस्दै हाँस्दै हिडौला भेटे अरु मिलाउला ।
शान्तिको सामराज्यैमा सवैलाई अँटाउला ।।७।।

 कोइली किन को हो को भनि वैशाख  कुर्छिन।
कुइयो विउ भन्दै अर्की कता त जान्छिन ।।८।।

वर्षाको भेलको पानी जान्छ शागरमा छिटै ।
वटुल्दै लान्छ जोडले पाएजति सवै  रुदै ।।९।।

व्यर्थ छ मानवै यूद्द जुटेर लागेमा यहाँ ।
जान्छौ भागेर वेस्सरि केके गरेर के कहाँ ।।१०।।

खेल्न हुदैन रगतको होली कोही कसैले पनि ।।
तेरो मेरो त छुट्दैमा आउँछ शान्ति नै तनि ।।११।।

पाप र लोभ छोडेर  जुटौ वनाउनैलाई ।
पृथ्वी एक घर मानी लागौ सजाउनलाई ।।१२।।
 

No comments: