Monday, April 13, 2020

२०७७। ०१।०१ सोमबार समय : १:५० विहान
२०७७ को आगमन
कोरोना सवको मुटु छाम्यौ तिमीले जनको।
त्रर्सीएर तिमीसँग मागे भिख जीवनको ।।
अव शान्त भइदेउ दुख नदेउ जनमा ।
शान्तिको दियो बालेर जप्दै भजन मनमा ।।

हुदैछन सवै त्रास वाच्न देउन शान्तिले।
छयत्तर गयो भयो भोग्यौ विचल्ली हामीले ।।
रहेन दिल खुशी खै के गर्न खोज्यौ तिमीले
चिन्ता भरेर मनमा कति वाच्ने त हामीले ।।

डाइनोसर झै लान्छौ हिम्मत छ त तिमीमा ।
लुक्दै डुलेर के गर्छौ त्रासीत पार्दै जनमा ।।
खुलेर आउ भिडौला वरु लुकेर नवस ।
हामीमा क्रान्ति गरौला यसरी अव नडस ।।

सतहत्तर सुरुमै विदाइ गछौ तिमीमा ।
केही माग छ भने खुलेर राख हामीमा ।।
हैन के को रिस छ त तिम्रो मानव जातीमा।
विगार कसले गर्यो टेक उसैको छातीमा ।।

गरीव धनि भनेनौ ,सुन्दर पक्ष छ अनि ।
राजा प्रजा कतै छैन गरेनौ भेदभाव नि ।।
महल झुपडी छैन त्यहाँ भिन्नता गरेको ।
गर्छौ आराम मानव कति छिटो सरेको ।।

रोकिदेउ तिम्रो गति पुजापाठ गराउला ।
सवैमा समानता छऱ्यौ फूल पाती चढाउला ।।
गरेर खान देऊन लैजाउ वरु असति ।
हुनेछ मानव दङ्ग तिम्रो देखेर प्रगति ।।

विदाइ गर्नु नै छ त, छयत्तर तिमीलाई ।
सतहत्तर नामको दीप जलाउनलाई ।।
गरेर खान पाओस सुत्दै जीवन नफाल ।
निरोगी भैदिएमा हुन्छ जीवन सफल ।।

मुस्कानको सलामीमा , राख्नसके तिम्रो मन ।
समुन्द्रको गहीराई मोति खेति गर्ने तन ।।
आओस यसरी यस फैलियोस हावासरी ।
घरवार सधै खुला गुलाफ फक्रिय सरी ।।

No comments: