Monday, April 13, 2020

कोरोना

२०७६ ।१२।२९ शनिवार
कोरोना
खाना खाने भए ढिडो छ चटनी पाछैन वा घरमा
खोजी ल्याउनु वा सिमी र वरेला पाक्ने छ मिनेटमा
कोरोना कसरी सवार गरियो नेपालको भुमिमा
नेपाली जनको उद्धार सवको गर्दैछ सन्मानमा ।१।
खानाको भनिदै दिदैछ सुरुमा पोका र प्याकेजमा
पोकामा रहेको सामान कसरी खाँदैछ आँँगानिमा
लाजै छैन यहाँ कसले कसरी वोलिदिने दीनको
छोराको दिलमा वसेर कसरी गर्छौ सेवा हीनको ।२।
पानीको भरमा अडेछ जिवनी भोकाहरुको दशा
खाना छैन के भो कमाइ लिउला हामीहरुको नशा
हावाको भरमा अडेको जिवनी छोएर मात्रै वसी
हाँसेर सकिने दयालु मनमा क्षेप्रास्त छोडी डसी ।३।
कोरोना कहिले नआउ नजिकै हाम्रो यही चाहना
तीमीले जसरी तराइ सजिलै पार्छौ कति वाहना
त्रसीता तनमा घुरेर मनमा आयौ र पिडा दीयौ
भो भो भो अव जाउ हेर्नु कसरी पीडा अति भैगयो ।४।

No comments: