२०७९।०१।०१
नव वर्ष २०७९ शुभ रहाेस सबैकाे लागि ।
प्रकृति प्राय एकै गतिमा चलिरहेको हुन्छ यद्दपी कहिले बढी वर्षा कहिले सुख्खा खडेरी पनि पर्न सक्छ । प्रत्येक मिनेटका ६० सेकेण्ड, प्रत्येक घण्टाका ६० मिनेट र प्रत्येक दिनको २४ घण्टा, हप्ताका ७ दिन महिनाका प्राय ३० दिन वर्षका १२ महिना र ३६५ दिनहरुको चक्रले नै हामी मानवलाई चलायमान बनाइरहेको हुन्छ । यही चलायमान हुने गतिमा हामी कहिले खुशीले गदगद त कहिले चिन्तामा डुबीरहेका हुन्छाै । चिन्ताले केही हुदैन मानवलाई उदोगतिमा उतार्ने एक माध्यम मात्र हो । मानिस कर्मशिल हुनुपर्छ उसको हातमा हुने त्यतिमात्र हो, अरु वस उसको प्रालब्धको भोगभाग मात्र हो ।
मानिस प्राय असोन्तोषी नै रहेको हुन्छ किनकी उसलाई त्यस क्षणमा दैत्य गुरु शुक्रचार्यद्वारा निर्मित मानवलाई दिगभ्रमित गर्ने कुवुद्दीले चलाएको हुन्छ भने कहिले उ आनन्दीत हुन्छ किनकि उसलई त्यस क्षणमा सतमार्गमा हिडाउने देवगुरु वृहस्पतिद्वारा निर्देशित सुवुद्दीले सञचालन गरेको हुन्छ । त्याग र तपस्यामा लिन, लोभबाट टाढा रहेका मानिस नै यथार्थमा खुशी मानव हुन । तीनै खुशी मानवले मानव सभ्यतामा सुमार्गमा लाग्ने प्रेरणाको श्रोत बनेका हुन्छन । जसलाई हामी महामानव वा असल मानिसको संज्ञाको रुपमा लिने गर्छौ ।
समग्रमा तपाईंको २०७८ कस्तो रह्यो, कमिकमजोरी कहॉ भयो, किन तपाईंस‘ग हितैषी भनिनेहरु टाढिए, के तपाईंले उनीहरु माथि उनीहरुले सोचे जत्तिकै अन्याय गरेकै हो त वा केबल उनीहरुको मनभित्र सृजित कुवुद्दीद्वारा निर्देषित मनको कारणले दरार खडा गरेको हो त ? एक पटक ठण्डा दिमागले प्रश्न गर्नै पर्छ । अन्तरमनलाई सोध्नै पर्छ । अन्तरमनले कहिल्यै पनि झुट सन्देष दिनै सक्दैन । त्यसले प्रत्येक समस्याको समाधान पनि वाहिरी सन्सारबाट पाइन सक्दैन । त्यो पनि अन्तरमनबाट नै प्राप्त हुने नै हो । त्येर्सले प्रत्येक मानिसले विनासमा पनि विकास र उधोगतिमा लागेको अवस्थामा पनि उकालोको परिकल्पना र अन्धकारमय स्थानमा पनि सुर्योदयको कल्पनामा डुब्न सक्यो भने प्रत्येक नराम्रा क्षणहरु मानवको लागि प्रेरणाको श्रोत बन्नेछ । त्यही नराम्रा जीवनको अनुभुतिले पनि मानिसको जीवनको भोगाइको एक माध्यम हुनेछ जुन किताबमा लेखिएका पान्नाहरुमा, पढिएका र बुझिएका बुझाइ भन्दा अति गहन हुनेछन । त्यसैले प्रत्येक मानिसले हिलोमा फुलेको फूलजस्तै बन्न प्रयास गनुपर्छ । हिलोमा फुलेको फूल जति कोमल र सुन्दर हुन्छ नि तर पनि तीनै फूलहरु केही केही किराहरुको लागि रातभर बन्दीगृह पनि बन्न सक्छ । मानव जीवन यही नै हो । कसरी बुझ्ने ? बुझ्नेमा नै फरक पर्दछ । कमलको फूलमा सरस्वती माता, लक्ष्मी माता, वुद्ध, आदिलाई देख्न सकिन्छ । कमल सुन्दर फूलको रुपमा लिने कि एक बन्दी गृहको रुपमा लिने यो तपाईंको आफ्नो व्यक्तिगत बुझाई नै हो ।
समग्रमा मेरो २०७८ उपलब्धिमुलक रह्यो किनकि मलाई अप्ठ्यारोले नयॉ पाठ सिकाएको छ । पुस्तकमा नपाइने तर भोगाइमा जीवन बुझ्न सहज भयो । हुनसक्छ कतिलाई मेरो प्रस्तुतिले चित्त दुखाएको हुनसक्छ । त्यो चित्त दुखाइमा पनि दुइ कारण हुनसक्छ ः कि मैले भन्न खोजेको कुरा नबुझेको हुनसक्छ वा म आफैले पनि नबुझेको हुन सक्छ । जव एकले अर्कोलाई बुझ्न सक्दैन अनि अनावश्यक किसिमका मनमा शंका उत्पन्न हुन्छन । जव शंका उत्पन्न हुन थाल्छ , निश्चित छ मानिस विनासको बाटोमा लाग्यो । निर्माण र सृजनाको पाटोमा लाग्नुपर्ने समयमा जव मानिस शंका गरी समय वरवाद गर्दछ उ आफू पनि बिग्रन्छ अरुलाई पनि बिगार्छ । धेरै जसो मानिस आफ्नो कर्तव्यको वारेमा कहिले सजग रहेको पाइदैन तर अधिकारको खोजी गरिरहेको हुन्छ । अधिकारको खोजी गर्नुभन्दा पहिले कर्तव्य पालनामा जोड गराउन सकियो भने समाजमा देखिने द्वन्द पनि न्यूनीकरण हुने छ ।
लक्ष्मी माताको अभाव सधैं भैराखेको छ । सायद मैले उहॉको आरधानामा कमी गर हांलो । कतिको चित्त पनि दुखेको छ होला । कतिले बुझ्न सक्नुभएको छैन होला । कतिले गलत शंका पनि उत्पन्न पनि भएको होला । कतिलाई बुझाउन सकेको छैन होला । तर पनि समयले नै सवै कुराको निर्क्र्यौल गर्नेछ र भविष्यले नै यसको उत्तर दिने छ ।
समग्रमा सवैको लागि २०७९ शुभ रहोस, लक्ष्मी मातााको वास, मुखमा सरस्वतीकोे वास, सुस्वास्थ्य र मनमा निर्णय गर्न सक्ने क्षमता वृद्दी भओस, सतमार्गमा हिड्नको लागि प्रेरणा मिलिरहोस, सत मार्गमा हिड्दै गर्दा मनले सोचेका सबै कुराको प्राप्ति मिलोस , जसरी वसन्तमा नयॉ पातहरु देखिन्छन् , फूलहरु फक्रन्छन, चराचुरुङ्गीहरु पनि आफ्नो वासका जोगो गर्छन र वच्चा उत्पादनमा लाग्दछन र रमणीय अवसरको रुपमा अगाडि बढ्दछ ठिक त्यसरी नै सकरात्मक सोचका साथ आफ्नो मानवचोलालाई सफल पारी मुख्यतया देशको नेतृत्व वर्गमा पद, धनको लोगबाट वाहिर निस्की गितामा लेखिएको सन्देश मानिस नाङ्गै जन्मन्छ र मृत्युपश्चात पनि नाङ्गै जाने हो तेरो मेरो कोही छैन घर, परिवार र सन्तान त समाज चलाउने एक माध्यम हो भन्ने सत्यतालाई मनन गर्नसक्ने क्षमता प्राप्ति होओस , यदि यति गरिदिएका समाजमा देखिएको भ्रष्टाचार पनि आफै हराएर जाने छ र नेपाल एक सुन्दर वगैचाको रुपमा अगाडि बढ्ने छ र नेपाली युवाको मात्र नभएर सन्सारका मानिसका सपनाको मुलुक बन्नको लागि सवैमा सकरात्मक सोचको वृद्दीहोआोस । यही रह्यो सबैमा नव वर्ष २०७९ को मंगलमय शुभकाना ।
No comments:
Post a Comment