२०७९।०१।१८
कृष्ण ,अर्जुन र सुदामा
मित्रताको आदर्शवादितामा कृष्ण र अर्जुनको प्रेम र कृष्ण र सुदामाको प््रेम मानव सभ्यताको लागि अनुपम उपहारको रुपमा लिन सकिन्छ । मित्रतामा केही कुराले बन्धन राख्दैन न जात, न धर्म, नरा सम्पति आदि । ती सबैको अनुपम उदाहरण हो कृष्ण र सुदामाको मित्रता । कति गाढा छ कृष्ण र सुदामाको आत्मियता । गरिब वाहुनको छोरा सुदामा द्वारका नरेश कृष्ण ।
कृष्णको लिला पनि अचम्मको छ । उनीलाई भगवान मान्छन सुदामा । उनको नाममा केही अर्पण नगरी केही खादैउनन । तर पनि उनका सन्तानले खाना माग्दै गर्दा खाना खुवाउने हैसियत राख्दैनन तर पनि उनमा कहिल्यै पनि लोभले स्थान लिन सकेन । भक्ति मार्गबाट उनी कहिल्यै पनि विचलित भएनन् । उनकै भाइ चक्रधरले तत्कालिन राजाको गुणगान गाइदिएमा मनग्य सम्पति दिन्छन भनेर दरवारमा लैजादै गर्दा उनीहरुको राजा सुरा र सुन्दरीमा डुवेको देख्दा लयात्मक रुपमा उनैको दरवारमा गितबाटै विरोध गरेका थिए जसको फलस्वरुप उनीलाई दरवारबाट अंगभंग पार्दै गलहत्याइएको थियो । उनी प्रलोभनमा परेको भए सबै कुरोको प्राप्ति हुने थियो तर उनले त्यसो गरेनन् ।
धेरै लामो समयको अन्तरआलमा उनी कृष्णलाई भेट्न जादा उनका चार भाइ छोराहरु आमा वसुन्धरासँग भोक लाग्यो खान देउ न आमा भनिरहेको वेलामा उनको देवर चक्रधर जो राजाको नजिक थिए र राजाको कृपाले धन आर्जन पनि गरेका थिए टोकरी भरी मिठाई, फलफूल लिएर आउदा छोराहरुले खाना पाइने भयो भन्दै गर्दा उनको छोराले भोक लाग्यो भन्दै गर्दा पानी पिउन देउ भनेर अर्को छोरालाई अराइन तर उनले लिएर आएका सवै कुराहरु उनीको पतिको आज्ञा विना कसैले उपलब्ध गरेको सहायता लिन सक्दिन माफ गर्नुहोस, पेट दिइसकेपछि पेटको व्यवस्थापन पनि भगवानले नै गर्नुहुन्छ देवर जी भनेर फिर्ता गरेको दृष्टान्त आजको एक्काइसौ शताब्दीको मानिसलाई काल्पनिक कथा लाग्न सक्छ । तर आज प्रत्येक मानवले बुझ्नुपर्ने गाथा यही हो । चक्रधर उनको कुटियाबाट बाहिर निस्किएपछि छोराहरुले आफ्नो आमासँग बुझ्न खोज्छन आमा किन काकाले लिएर आएको खानालाई स्वीकार नगर्नुभएको भनेर सोध्दा उनको जवाफ थियो म तिम्रो वावाको श्रीमती । श्रीमतीको कर्तव्य भनेको श्रीमानले भनेको कुरालाई मान्नु हो । तिमीहरुलाई थाह छ नि तिम्रो काकाले राजाबाट गलत तरिकाबाछ धन आर्जन गरेको कुरा । त्यो गलत तरिकाबाट आर्जित दान लिनु पनि पाप हो । त्यसैले त्यो ग्रहण नगरेको भनेर आफ्ना छोराहरुको कौतुहलता मेटाएकी थिइन ।
ठिक त्यही प्रकारको प्रसंगमा गुरुहरुको प्रवचनमा भनिएको थियो भगवानलाई चढाइएको प्रसाद पुरा रगतले ढाकिएको थियो । किन ? थाह छ ।
गुरुको भनाई अनुसार कुनै एक महिलाले वेश्यावृत्तिबाट आर्जेको धनबाट मन्दिरमा भेटी चढाइएको रहेछ । त्ये अपराधिक कार्य थियो । त्यो अपराधिक तरहबाट आर्जित धन कसैको लागि पनि योग्य हुन सक्दैन वसुन्धराको आफ्नै देवरले उपलब्ध गराएको खाना उनको चित्त नदुखाइकन फिर्ता गराउन सक्नु महान नारी ऐतिहासिक कार्य हो । यसको अनुसरण आजको लागि अनिवार्य छ ।
अचम्मको छ लिला कृष्णको ः सुदामा कृष्णलाई द्वारिकामा भेट्न जादा मुरलीमनोहरको रुपमा बाटोमा सहयात्री हुन्छन । उनलाई लक्ष्मीले वनाएको भोजन हो भोजन ग्रहणको लागि अनुरोध गर्दा यो त तिम्रो श्रीमतीले तिम्रो लागि बनाएको भोजनमा तिम्रो मात्र हक हुन्छ । यसमा मेरो केही हुदैन भनेपछि मुरलीमानोहरले भाउजुले बनाएको भोजनमा त तिम्रो पनि हक हुन्छनि भनेपछि उनी कृष्णलाई अर्पण गरिसकेपछि खानाको लागि तयार हुन्छन तर जव आफु खाना खाना थाल्छन घरबाट निस्कदै गर्दा आफ्ना छोराहरुले खाना मागेको सम्झन्छन र उनी खाना लागेको खाना पनि खाना सक्दैनन । कृष्णले भित्री रहस्य बुझेपछि श्यामलेशा नामको ठाकुरको रुपमा १० दिन लामो यज्ञ लगाइ १० कोष परसम्मका ब्राहमणलाई दिनको तीन पहर भोजनको व्यवस्था गरिदिन्छन् । यसै क्षणमा एक ब्रामणले उक्त कथा सुनाएपछि बृन्दापुरी गॉउमा एक जना सुदामा नाम गरेको ब्राहमण वाहेक सवैले तृप्त भोजन गरेको सुनाए । त्यसपछि उनीलाई पनि उनले लिएर आएको भोजन खानको लागि अनुरोध गर्दा उनी तयार भएको देखेपछि मुरलीमनोहरले आफुमाथि अन्याय गरेको भनेपछि सुदामाले माफि माग्दै मुरलीमोहनको भोजन ग्रहण गरिसकेपछि धेरै समय पछि तृप्त भोजन गरेका खुलेशा गर्दछन । आजको सभ्य समाजले यी कुराको अनुकरण गर्ने हो भने समाज विस्तारै आफै समृद्दिको बाटोलाई चुम्नेछ । इश्र्या र द्वयस आफै समाजबाट अन्ते हुने छ । आजको आवश्यकता नै लोभमुक्त समाजको कल्पना हो , त्यसमा लागि पर्नु सबैको कर्तव्य हो ।
मित्रता र भक्तिको कसीमा उत्रने सुदामा स्थानमा अरु कोही नहुन सक्छ । भगवान कृष्णले मानव समाजलाई भगवानको दृष्टीमा सबै समान छन । तर प्राप्ति त जो भक्तिमा लिन हुन्छ उसैले प्राप्ति गर्दछ । आज सवै सतमार्गमा हिड्नुपर्छ र बाटो विराएको समाज र नेतृत्वगणलाई पनि डोहर्याउन पर्छ । यसैमा सबैको कल्याण हुनेछ ।
No comments:
Post a Comment