२०७९/०३/०३
नेपाल र नेपाली कहिलेसम्म जुम्रा बनिरहने?
सोच खोइ नेपाल बनाउने?
शिक्षा खोइ युवा देशमा नै टिकाउने?
विश्वास खोइ आफ्नो पेशामा रमाउने?
नेता खोइ सिदान्तको व्याख्यान गर्ने?
उद्योग खोइ उत्पादन गराउने?
नेपाल बनाउन माओ, लेनिन , मार्क्स कोही चाहिदैन। चाहिन्छ त केवल सोच।
सगरमाथालाई चुम्ने सोच।
लुम्बिनी, जनकपुर, पशुपति र मुक्तिनाथलाई चुम्नेपन।
वेद उपनिषद् पुराण आदिको ग्यान ग्रहण गर्ने मन।
नदिमा बगेको पानिलाई खेत बारीमा पटाउने सोच।
बाँझो बारीमा अनाज उब्जाउने सोच।
आफ्नै कला र संस्कृतिको जगेर्ना गर्ने सोच। आफ्नै जडिबुटीको उपयोग गर्ने सोच।
आफ्नै दाैरा सुरुवालमा रमाउने सोच।
गुन्यु चोलोलाई पहिरिने सोच।
ढिडो र गुन्द्रुकमा रमाउने सोच। आदि आदि...
No comments:
Post a Comment