२०७९/०१/२२
नेपालको राजनीति र शिक्षा कता?
नेपालको राजनीतिले देशलाई आत्मनिर्भरताको बाटो खोजेको छैनन। नेपालमा कलकारखाना, उद्योगधन्दा विना नेपाली युवालाई रोजगारीको अवसर मिल्दैन। युवालाई रोजगारी नभएपछि नेपालमा बस्ने कुरो नै भएन। अहिलेको समयमा आएर स्थानीय तहको निर्वाचन हेर्दै गर्दा करिब करिब देशमा दलिय व्यवस्थाको अन्त्य भै केही मुट्ठीभरका मानिसको स्वार्थ पूर्तिमा लागेको देखिएको छ। यस्तो अभ्यासले राजनैतिक विचारधाराको अन्त्य भै कुनै क्षणमा गएर राजनैतिक दुर्घटना हुनेछ।
ठिक त्यसरी नै नेपालका विद्यालय र महाविद्यालय त्यसमा पनि सामुदायिक विद्यालयहरु लक्ष्य विहिन यात्रामा कुदिरहेका छन। नेपालका शिक्षक संघ , संगठनका कैंयौं प्रा. वि निमाबि तहका शिक्षकहरु मावि तहको विद्यालयको नेतृत्व गरिरहेको अवस्था। स्थानीय शिक्षा विभाग र शिक्षा विकास तथा समन्वय इकाई चुपचाप बसेको छ। शिक्षा ऐन तथा नियमको पालना गराउनुपर्ने निकाय पनि आवाज विहिन भएको छ। शैक्षिक योग्यताले मात्रै कुनै पनि व्यक्ति कुनै पनि शैक्षिक पदमा बस्न पाउने हैसियत राख्दैनन् तर पनि अन्यत्र जानुपर्दैन काठमाडौँमा नै धन्नै ४०प्रतिशत मावि विद्यालयहरु तल्लो तहका शिक्षकहरुबाट सन्चालित छन। शिक्षक महासंघ, संघ र संगठन बोल्नुपर्दैन। पर्दैन किनकि उनीहरु शिक्षाको गुणस्तरको लागि आवाज बन्नै सक्दैनन्। किन थाह छ?
किन नहुनु। आफ्नो क्षमता माथि विश्वास छैन। आफ्ना सन्तानलाई संस्थागत विद्यालयमा राख्ने र सामुदायिक विद्यालयमा पढाउँदै गर्दा शैक्षिक हैसियत खस्किएको लाग्छ। आँखा घुमाउनुहोस। तपाईं शिक्षक साथिहरु शिक्षक सेवा आयोगबाट आधिकारीक व्यक्ति बन्नोस र पदमा बस्नोस तपाईं सगाैरभ त्यस ठाउँको इज्जत रहने छ र स्वाभिमानको कुरा गर्दा अन्यथा तपाईंलाई जिस्काइरहेको हुनेछ। पहिला योग्य बन्नुहोस् अनि स्थानको खोजी गर्नोस।
किन नेपालका मावि तहमा अद्ययनरत विद्यार्थीहरुले उच्च शिक्षाको लागि नेपालका विश्वविद्यालय चुनिराखेका छैनन। किन विदेशी विश्वविद्यालयमा तानिरहेका छन। नेपालका महाविद्यालयले खोजि गर्नुपर्दैन। नेपाल सरकारले पनि पूर्ण छात्रवृत्तिमा अद्ययनको अवसर पाउने विद्यार्थीलाई अद्ययनको लागि अनुमति देउ आफ्नो खर्चमा अद्ययनको लागि विदेशीने विद्यार्थीलाई रोक। किन? किनकि भोलि गयर नेपाल वृदाश्रम मात्र हुनेछ। न नव युवक हुनेछ न कुनै रोजगारी। आज विदेशीएको विद्यार्थी भोलि देशमा फर्किए पनि वृद भएर मात्र फर्कने छ।
जहाँ आकर्षण हुनुपर्ने हो त्यहाँ केही छैन। अब्बल युवाको रोजाइ कि राजनीति कि शिक्षा हुनुपर्ने हो नेपालमा। यी दुवै स्थानमा राम्रो शैक्षिक योग्यता चाँहिदैन। शिक्षा पढ्नको लागि अन्यत्र भर्ना नपाउने विद्यार्थी भित्रिएको छ। देशको प्रधानमन्त्री हुनको लागि पनि जेल , नेल भए पुग्छ शिक्षा चाहिदैन। जेल र नेल कसले भोग्ने हो? जसले तत्कालीन देशको कानूनको उल्लघंन गर्छ। राजनीति मा त पैसो भए पुग्यो। ए शिक्षक महासंघ, संघ र संगठन केही त बोल। किन निशब्द छौ। यी महासंघ, संघ र संगठन त आवाज नहुनेको पनि आवाज हुनुपर्दैन। गुरु भनेको के हो ? बुझ्नुपर्दैन? प्रत्येकले आफ्नो मनलाई सोध्नुहोस् र त्यस ठाउँको लागि आफु योग्य भएमा बस्नुहोस् र योग्यता छैन भने छोडिहाल्नुस। किन थाह छ? किनकि तपाई जसलाई आफ्नो भनिरहनुभएको छ नि त्यो पनि तपाईंको हैन्।
तपाईंको स्थुल शरिर त तपाईंको होइन। एकदिन म भनिरहेको आत्माले चटक्क छोडीदिन्छ नि त्यो तपाईंको शरीर त दुर्गन्धित लास बन्नेछ। त्यसैले आफु पखालिन्छु भन्दै कुनै पनि संस्थालाई दुर्घटनामा तिर घचेट्ने जमर्को नगर्नुहोस्। समय बलवान छ समयले सवैको हैसियत देखाइदिन्छ। रावण वलवान र बुद्दिमान दुवै थिए तर उनी पनि नासिनुपर्यो। त्यागमा शक्ति छ लोभमा विनास। सुदामालाई हेर्नुहोस् त। बृन्दापुरीको राजाले दरबारमा उनले गरेको गलत कुरो औंलाइदिदा दरबारबाट गलहत्याइए तर तिनै राजाले पछि आफ्नो श्रीपेच लगाइदिन खोजे तर उनले स्वीकारेनन्। किन थाह छ?
किनकि उनी त ब्राह्मण थिए। ब्राह्मणको काम ग्यान बाड्नुथियो। शिक्षकको पनि त्यही हो।
No comments:
Post a Comment