२०७८।०२ ।०४
श्री मान महानगरपालिका प्रमुख तथा उपप्रमुख ज्यू ,
काठमाडौं महानगरपालिका, काठमाडौं ।
विषय ः काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा नर्स उपलव्ध गराउने सम्वन्धमा ।
म पशुपति मित्र माध्यमिक विद्यालय चावहिलको निमित्त प्रधानाध्यापक चन्द्र कान्त पण्डित अहिले सन्सारभरी कोरोनाले आक्रँन्त पारिरहको समयमा काठमाडौं महानगरपालिका पनि यसको प्रभावाट अछुतो रहन नसकेको अवस्थामा पठनपाठनमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने सोचतिर केन्द्रित हुनु छ भने अर्को तर्फ विद्यालयमा शिक्षक तथा विद्यार्थीको सामान्य उपचारको लागि पनि एक नर्सको पनि व्यवस्था नभएको अवस्थामा काठमाडौं महानगरपालिकाले नेपाल भाषा र संस्कृतिको जगेर्ना गर्ने भन्दै जसरी यस जटिल समयमा पनि प्रत्यक विद्यालयमा नेपाल भाषा अध्यापनको लागि १७२ जना शिक्षकहरु विद्यालयमा पुर्याई एक युगको सुरुवात गरेको छ ठीक त्यसरी नै ती विद्यार्थी भाइवहिनीहरुलाई स्वच्छ रही वाच्न पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सामान्य उपचार गराउन सक्ने नर्सको व्यवस्था प्रत्यक विद्यालयमा गराउन सकेमा यहाँहरुको कार्यकालको उत्कृष्ट कार्य रहने छ भनी पुन प्रत्यक सामुदायिक विद्यालयमा अविलम्व नर्सको व्यवस्था गरिदिनुहुको लागि जोडदार माग गर्दर्छु । भुलचुकमा माफ ।
निवेदकः
चन्द्र कान्त पण्डित
९८५११४८३७९
पशुपति मित्र मावि चाबहिल काठमाडौं।
नोटः प्रत्यक विद्यालयका प्रधानध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षकका संगठनहरु, राजनैतिक दलहरु, काठमाडांै शिक्षा विभाग तथा सम्वन्धित सवैले यो आवश्यकता तपाइहरुको पनि हो जस्तो लाग्छ छ भने तपाइहरुको तर्फबाट पनि सहयोग सियर तथा विचार व्यक्त गरी गरिदिनुहुनको लागि अनुरोध गर्दछु ।
No comments:
Post a Comment