Saturday, July 16, 2022

कुहिएको आलु

 २०७९।०२।०४

कुहिएको आलु
त्यो सुनितालाई कुनै हालतमा विद्यालयमा राख्न हु्दैन । त्यो त छात्रा भएर पनि चुरोट पिउछे । नक्कली त्यत्तिकै छ । खाली केटाहरुको पछि लाग्छे । कक्षा कोठामा त्यत्तिकै हल्ला गर्छे । प्राय बोल्ने शिक्षकको आवाज एकै थियो । विद्यालयबाट हटाउनु पर्छ । कमसेकम पढ्न चाहने विद्यार्थीको अधिकारको सुरक्षाको लागि भएपनि त्यसलाई विद्यालयमा राख्न हु्दैन । भनिन्छ नि बोरामा राखेको आलुमध्ये एकवटा कुहिएको छ भने हटाइहाल्नुपर्छ । यसले अरु आलुलाई पनि कुहाउँछ । अरु आलुको संरक्षण गर्न मात्र भने पनि उसलाई निकाल्नै पर्छ । शिक्षकहरुको कुरो सुनिसकेपछि विद्यलायका प्र.अ.लाई आफ्नो विद्यार्थीलाई कुहिएको आलुसँग तौलिएको पटक्कै मन परेन ।
ठिकै छ तपाइँहरु सवैको विचार त्यही हो भने । के त्यो सुनितालाई विद्यालयबाट निस्काशन गरिदिदा अरु विद्यार्थीहरुको नतिजा उत्कृष्ट हुन्छ त ? त्यो त हुदैन । त्यसो भए किन निस्काशन गर्ने ? विद्यालय भनेको नै असल आचरण सिकाउने स्थलो हो । गुरु भनेकै प्रत्येक व्यक्तिमा भएको अन्धकारलाई उनीहरुसँग भएको प्रकाशले हटाउने हो । विद्यालयमा विद्यार्थी छैन भएको विद्यार्थीलाई निस्काशन गर्नु भनेको त शिक्षक र विद्यार्थी दुवै फेल हुनु हो । अरु राम्रा विद्यार्थीहरुलाई हजुरहरु ध्यान दिनोस त सुनिताको जिम्मा म लिनेछु भनेपछि शिक्षकहरु एकले अर्कोलाई हेराहेर गरे ।
अर्को दिनदेखि त्यस विद्यालयको प्र.अ.ले विद्यालयको सुरुवाती समयमा पनि सुनिता कतिखेर आउनेहुन भन्दै उनैको बाटो हेरेर वस्थे र विद्यालयबाट घर जाने वेलामा पनि उनीलाई विधाई गरिदिन थाले ।जव उनलाई देख्थे उनी गुड मर्निङ सुनिता भनिहाल्थे । अनि सन्चो विसन्चोको पनि कुरा गर्न थाल्थे । गृह कार्य गरे नगरेको पनि बुझिहाल्थे । उनी थप्थे । तिमी त कति ज्ञानी छौ नि। विद्यालयको पोशाकमा समयमा नै आउने गरेकि छौ । यसरी नै दिनदिनै उनीमाथि जिज्ञासा राखेपछि उनीको आचरणमा पविर्तन देखिन थाल्यो । कक्षा कोठामा पनि अनुशाषित भएर वस्न थालिन । प्रथम त्रैमासिक परीक्षामा उनी त तृतीय पो भइछन । उनीमा हौशाला बढ्यो आ्त्म विश्वास बढयो । अन्तिम परीक्षामा त उनी द्वितीय पो भैछन । विद्यालयमा वार्षिकोत्सव वेला आयो सवै शिक्षकको एकै स्वर - अनुशाषनको पुरस्कार त सुनितालाई दिनुपर्छ ।

No comments: