Saturday, July 16, 2022

फोरिएको झ्याल

 २०७९।०२।०५

फोरिएको झ्याल
नेपालको कुनै विद्यालमा अगिल्लो दिनसम्म सबै झ्यालढोका ठिकठाक थियो । भोलिपल्ट विद्यालयमा त्यस विद्यलायको प्र.अ. पुग्दा त एउटा कोठाको बत्तीका चिम छैन, झ्याल फोरिएको छ । प्रधानाध्यापकलाई पर्नु पिर पर्यो । कसले गर्यो त यो बदमासी । बुझ्न त पर्यो । प्रधानाध्यापकले बुझ्ने जमर्को गरे । उनले विद्यालयको समयमा नै कक्षा सुरु हुनु अगावै शिक्षकहरुको बैठक बोलाए । अनि घटनाको जानकारी गराउदै शिक्षकहरुलाई अगिल्लो दिन कुनै विद्यार्थीले कुनै शिक्षक साथीलाई दुख दिएको थियो र ? त्यसपछि एक जना शिक्षकले कक्षा ९ मा अध्ययनरत विद्यार्थी हर्केले गृह कार्य पनि नगरेको र कक्ष्ाँमा हल्ला गरेको थियो । मैले उसलाई हल्ला नगर्न भनेको थिए । मलाई ठूला ऑखा पारेर हेर्दै थियो तर त्यसपछि मैले ज्ञानी भएर वस भनेपछि चुप भएर बसेको थियो ।
प्र.अ.ले हर्केलाई अफिसमा ल्याउनुभयो । वाबु तिमी त ज्ञानी थियो । तर पनि तिमीसँग ती बत्ती र झ्यालको के दुश्मनी थियो । केही चित्त नबुझेको कुरो केही थियो भने त मसँग होला । केही गर्नुथियो भने मलाई कारवाही गरेको भए भैहाल्थ्यो नि । किन त्यसो गरेको ? यति भनेपछि उसले ऑखाभरी ऑसु पारी गल्ति भयो सर । मलाई माफ गरिदिनुहोस भने ।
ठिकै छ न ति त्यसो भए । म तिमीलाई माफी गरिदिन्छु । अव सधै ज्ञानी बन्नु नी । हस सर । फेरी प्र.अले बाबु हर्के त्यो फुटालेका झ्याल र चिमहरु के गर्ने । विद्यालयले त गर्ने कुरो भएन । म प्र.अ. भएको नाताले विद्यालयको सम्पती संरक्षण गर्न नसकेकोमा त मैले बनाउन पर्यो नि हैन त ? यसको खर्च मैले भर्नु पर्यो हैन त ? हर्केलाई फसाद पर्यो । केही क्षण घोरिएर भन्न थाले म मेरो बाबा आमालाई भनेर वनाउन लगाउँछु नी ।
स्याव्वास हर्के कति राम्रो विवेकको प्रयोग गर्ने जमर्को गर्यौ । तिमाी महान छाै । म तिम्रो शिक्षक हुन पाउँदा गौरभान्वित छु ।

No comments: