Saturday, July 16, 2022

झुण्ड केन्द्रित सोच, दुर्घटनाको आधार

 २०७९/०२/१४

झुण्ड केन्द्रित सोच, दुर्घटनाको आधार
कुनै पनि संस्था वा संगठन झुण्ड केन्द्रित हुँदै झुण्डको स्वार्थको लागि काम गर्छ भने एक दिन ती दुबै संस्था र संगठन ठूलो दुर्घटनामा पर्दछन। विद्यार्थी विनाको विद्यालय, सदस्य विनाको संगठन , श्रोता विनाको प्रवचन अर्थहिन हुन्छन। त्यसैले त भनिन्छ सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला । यसको तात्पर्य दर्शक छैन भने कुनै सभा , सम्मेलन र अन्य कुनै प्रकारको भेलाको औचित्य छैन।
गुरु शब्द आफैंमा पवित्र छ, बन्दनीय छ, पुज्जनीय छ। गु को अर्थ अग्यान अर्थात अन्धकार र रु को आध्यात्मिक अग्यानतालाई नास गर्नु। त्यसैले गुरु शब्दले मानवतामा भएको अन्धकारलाई हटाइ शिक्षार्थीमा आध्यात्मिक अनुभव र ग्यान प्रदान गर्नु हो। जव एक शिक्षक वा प्र.अ असल बन्न सक्दैन र दोष जति विद्यार्थीमा देख्न थाल्छ अनि शैक्षिक संस्थामा द्वन्द उत्पन्न हुन्छ। जव कुरा सुनिदैन द्वन्द सुरु हुन्छ। द्वन्दको कारण पत्ता लगाई समाधानको मार्ग खोज्नु नै सर्वोत्कृष्ट मार्ग हुनेछ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आफ्ना बालबच्चालाई संस्थागत विध्यालयमा पठाउने, आफ्नो क्षमता माथि नै आफैँले प्रश्न उठाउने र संस्थाको नेतृत्व गलत तरिकाबाट हत्याउन खोज्ने प्रवृत्तिले पनि विद्यालयमा दुर्घटना निम्त्याउन सक्छ। यसमा सम्बन्धित सबै समयमा नै सचेत हुनुपर्छ।जुन दिन ती अवोध बालबालिकाको मनमस्तिष्कमा कुनै कुराले ठक्कर दिनथाल्छ, उसले गरेको गल्तीको महशुस गरी सम्बन्धितसँग माफी माग्नपुग्छ भने यदि गल्तिको महशुस गरेको छैन र ठिक छु जस्तो लाग्छ भने उसले विद्रोहको मार्ग रोज्छ।
सामुदायिक विद्यालयमा नक्कली अभिभावक विद्यालय व्यवस्थापन समितिमा उपस्थित भै अनाधिकृत रुपमा अधिकार जमाई केही शिक्षकको कुरो सुनि शिक्षा ऐन तथा नियमावली भन्दा वाहिर पुगि विध्यालयमा हालिमुहाली गर्न खोज्छ भने पनि शैक्षिक संस्थाहरू कृणास्थल बन्न पुग्छन्। यसको निराकरणको लागि सम्बन्धित सबैले बेलामा वुद्दिपु्रयाउनु पर्छ।
विद्यार्थीहरु असफल हुनुमा विद्यार्थी आफैंमा दोषि हुँदाहुँदै पनि सवै कारण उनिहरुको मात्र होइन। प्रत्येक शिक्षकले बुझ्नैपर्छ अगिल्लो वर्षमा राम्रो अंक प्राप्त गरेको विद्यार्थी अर्को वर्ष कम अंक प्राप्त गर्यो भने त्यस्ता विद्यार्थीहरुमा शिक्षकले अद्ययनको लागि भोक जगाउन सकेन वा वुबा आमाले पनि कर्तव्य वोध गराउन सकेन र विद्यालय नेतृत्वले पनि विद्यार्थीलाई कर्तव्य पुरा गरेपछि मात्र अधिकारको खोजि गर्न सक्ने हैसियत राख्छ भन्ने शिक्षा दिन सकेन। एक परीक्षामा असफल हुनु अर्को परीक्षामा उत्कृष्ट हुने अवसर हो भनी चित्त बुझाउन सकेमा द्वन्द्व आफै अन्त्य हुनेछ। कुरो नसुन्ने प्रवृत्तिले नै संस्थामा द्वन्द बढ्ने हो। यसको निराकरण समयमा नै गर्नुपर्छ।
विद्यार्थी असफल हुनु भनेको शिक्षक पनि असफल हुनु हो भन्ने दर्शन अंकुरित भएको अवस्थामा प्रत्येक विद्यालयमा कार्यरत शिक्षकले आफुले अद्यापन गराउने विद्यार्थीहरुलाई सही मार्गमा गुडाउन सक्नुपर्छ। विद्यार्थीमा धेरै अवगुण होलान तर उनीहरूसँग रहेका सिमित गुणको वारेमा कुरा गर्दै जाने हो र३२ लक्षणमा ३१ दुर्गुण भएपनि उनीहरुमा निहित एक गुण मात्र छ भने त्यसैबाट हेर्न थालियो र मुल्याङ्कन गर्न थालियो भने जतिसुकै उदण्ड बच्चा पनि सहि मार्गमा आउन कर लाग्छ। विद्यार्थी मात्र गलत छन भन्ने सोच आफैंमा गलत छ। यस सोचमा परिवर्तन ल्याउनै पर्छ। विद्यालयका विद्यार्थी त्यस विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको अन्नदाता पनि हुन्। त्यसैले उनीहरूलाई गालि होइन, माया, ममता र स्नेहले भरिदिनुपर्छ। माया, ममता र स्नेह सबै विद्यार्थीलाई शिक्षकले प्रदान गर्नसक्छ , कर्तव्य पालनाको ढोका खोलिदिनसक्छ भने कुन विद्यार्थी गलत बाटोमा हिड्छ त? शिक्षकले बुझ्नै पर्छ विद्यार्थी उदण्ड हुनुमा उसको मात्र एकल दोष हुदैँन। त्यसमा उनिहरुका अभिभावक, वसेको समाज, अनि शिक्षक र विद्यालय नेतृत्व सवैले त्यसको जिम्मा लिन सक्नुपर्छ।
कुनै पनि नेतृत्वमा नेतृत्वको लोभ छैन, आफ्नो स्वार्थ केन्द्रित कार्य गर्दैन र आफ्नो पुरा समय विद्यालयलाई नै दिन्छ र संस्थाप्रति लगाव छ भने उसले कुनै झुण्डले झुण्डको स्वार्थ पुरा गर्नको लागि दिइएको नालायक सुझावलाई लत्याइ विद्यालय र विद्यार्थी केन्द्रित कार्य गरेमा उ आफैमा सन्तुष्ट रहन सक्छ र समयले त्यसको मुल्यांकन गरेर छाड्छ। समय बलवान छ, मानिस कर्मशील बन्नुपर्छ र कर्मशील व्यक्तिले समस्या झेल्छ र समाधान पनि निकाल्छ।

No comments: