Saturday, July 16, 2022

विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई कसरी जोड्ने

 २०७७ ।०२। ०९

विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई कसरी जोड्ने
२०७६ को शैक्षिक सत्र करिव करिव अन्तिम अवस्थमा परीक्षा लिएर नतिजा प्रकाशन मात्र वाकि रहेता पनि करिव करिव आजको दिनसम्म आइपुग्दा प्राय प्रत्यक विद्यालयले नतिजा प्रकाशन गरीसकेको अवस्था छ । एक शैक्षिक सत्र पुरा गरीसकेका विद्यार्थीलाई अहिलेको विषम परीवेशमा स्वतह कक्षोन्नती गरीदिदा पनि कुनै अन्याय हुनेछैन । वरु अन्याय यस अर्थमा भैरहेको छ कि आजका दिनमा अनलाइन कक्षा भनिरहेको अवस्था छ । कति शिक्षक र कति विद्यार्थी यस्ता सेवाद्वारा लाभान्वित छन त ? यसले समाजमा के सन्देश दिइरहेको छ । यतातर्फ सम्वन्धित निकायले सोच पुऱ्याउन पर्छ ।
विद्यालयका शिक्षकहरु आफ्ना प्रिय भाइवहिनीहरुसँग साक्षातकार गर्ने अवसरबाट वञ्चित भैरहेका छन ।अभिभावकको आफ्नै प्रकारको छटपटावट छ । ससाना वावुनानीहरु न खेल्न नै पाएका छन न आफ्ना साथी संगतसँग नै भेट हुन पाएका छन । सवैभन्दा पिडित तिनै वालवालिकाहरु छन । के हामी यत्तीकै वस्ने कि नया विकल्पको खोजी गर्ने । कोरानाको प्रकोप वढ्दै गएमा आजको दिनसम्म महामारीसँग त्रसित हुन परेको छ भन े भोलिको दिनमा भोकमारी सम्भावना त्यतिकै छ । किषानलाई खेत वारीमा पुगी आफ्नो माटोमा खेली खेतिपातिमा लाग्नको लागि उत्प्रेरित गर्नुपर्दछ । विकास एक वर्ष रोकिदैमा केही फरक पर्दैन तर खाद्यान्नको अभाव भयो भने मानिस जिउनको लागि जे गर्न पनि तयार हुन्छ । जीवन जिउनको लागि गरिएका जुनसुकै क्रियाकलाप पनि वैध हुनेछन किनकि वाच्न पाउनु कुनै पनि मानवको नैसर्गिक अधिकार हो ।
विद्यालय, शिक्षक, विद्यार्थी, र अभिभावकको विचमा हामी कसरी पुग्न सक्छौ । सवैले वुझ्नै पर्छ कि कोही पनि मानिस सर्व सम्पन्न हुदैन । आज फेल भएको मानिस भोली महाविद्वान पनि वन्न सक्छन । वाल्मिकि नै सुरुमा डाकु थिए पछाडि विद्वान भए । अलवर्ट आइन्सटाइन सुस्त मनस्थितिका जस्ता थिए भनेर पढिन्छ तर पछि उनै वैज्ञानिक भए । त्यसैले २०७६ सालको शैक्षिक सत्र पुरा गरेका विद्यार्थीलाई स्वतह एक कक्षा माथिको कक्षामा पढ्न दिएमा अन्याय हुनेछैन । हुनसक्छ केही विद्यार्थी शिक्षकको नियन्त्रणभन्दा वाहिर होलान तिनलाई तपाई हाम्रो प्रयासले, प्रेम र सदभावले उनीहरुलाई परिवर्तन गर्न सक्ने छौ ।
अहिले हामी के गर्न सक्छौ त ? प्रत्यक विद्यार्थीको हातमा हामीले उनीहरुले पढ्ने पाठ्यपुस्तक पुऱ्याऔ । प्रत्यक विद्यार्थीलाई २०७६ मा कक्षा १ मा पढेका विद्यार्थीलाई कक्षा २ पाठ्यपुस्तक र त्यसरी नै अरुलाई पनि एक तह माथिको पुस्तक पुऱ्याऔ । भाषाका पुस्तकहरु वालवच्चाहरु आफै पनि पढ्न सक्छन । पुस्तक पाएपछि त्यसैमा भुल्छन । विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्रमा ६ महिनासम्म विद्यालय वन्द भए पनि शिक्षकहरु मन वचन र कर्मले समर्पित भएमा तोकिएका विषयवस्तुहरु हामी पठन पाठन गराउन सक्ने छौ । कमसेकम एक पटक विद्यार्थीलाई पुस्तक र उनीहरुको सम्पर्क भएमा हामी त्यसलाई व्यवस्थापन गर्न सक्ने छौ । हामी शिक्षकहरु निस्कृय हुन चाहदैनौ । सरकार विद्यार्थीलाई पाठ्यपुस्तक विद्यालय र स्थानीय सरकारको समन्वयमा पुऱ्याऔ । हामी शिक्षक आफ्नो पेशाप्रति इमान्दर भै तोकिएको कार्यहरु गर्ने छौ ।
म आफै कक्षा १० को अंग्रेजी पाठ्यपुस्तकको लेखक र शिक्षक भएकोले म भन्न सक्छु शिक्षकलाई विना रोकतक ६ महिना लगातार कक्षामा उपस्थित हुन पाएमा पढ्न चाहने विद्यार्थीले प्राप्त गर्नुपर्ने उपलव्धीसाथ शैक्षिकसत्र पुरा गराउन सकिने छ र अहिलेको शैक्षिक सत्रमा शनिवारसमेत पढाऔ र महामारीबाट छुटकराको साथै विद्यार्थी भाइवहिनीसँग साक्षातकार हुने अवसर मिलाऔ । पुस्तक दिलाऔ, उनीहरुको सम्पर्क नम्वर लिऔ र शिक्षकले उनीहरुलाई केही न केही गृह कार्य दिऔ र गृहकार्य गरे नगरेको जानकारी अभिभावकसँग वुझौ । सवैभन्दा सरल उपाय यही हुने छ । अनलाइन कक्षाहरु अहिलेको समयमा विद्यालय तहमा करिव असम्भव छ । कपि ,कलम, गासको अभावमा रहेका हाम्रा विद्यार्थीलाई अनलाइन कक्षाहरु अहिले तुरुन्त सन्चालन गर्न सकिदैन । गणित र विज्ञान विषयको लागि टेलिभिजनको माध्यमबाट कक्षा दिन सकिन्छ तर टेलिभिजन पनि त्यति सहज नहुन सक्छ । यी विषयको लागि विद्यालयसम्म आउने वातावरण मिलेपछि अतिरिक्त कक्षाहरु सञ्चालन गरीदिऔ ।
मलाइ विश्वास छ हामी नेपालका शिक्षकहरु जागिरको लागि मात्र शिक्षक भएका होइनौ । यो आयआर्जनको श्रोत मात्र नभएर हामीहरुको सोख पनि हो । हामी विद्यालय, विद्यार्थी र समाजलाई सतमार्गमा डोऱ्याउनको लागि दिइएका प्रत्यक जिम्मेवारी इमान्दारीकासाथ पुरा गर्ने छौ । आजको दिनमा आएर नेपालको राजनीति, कर्मचारी, प्रहरी, सेना, व्यापारी, शिक्षकले कही न कही बाटो विराएको अवस्था छ । यही समय सवैले आफुलाई सुधार्ने । भ्रष्टचारबाट मुक्त र आफ्नो जिम्मेवारीको जिम्मेवारी लिन सक्ने वनौ, हिजोका गल्ति अव नदोहोरियोस , साथै परजिवी मानसिकताबाट टाढा रही, सभ्य र सम्वृद्ध नेपाल जो आफैमा आत्मनिर्भर वनोस ।यो सम्भव छ । नेपालीको आफ्नै पसिना, मेहनत र सम्पतिबाट । आजको दिनमा नेपालका शिक्षकहरुले वालवालिकालाई आत्मनिर्भर, देशभक्ति, इमान्दारीता, उत्तरदायी, जवाफदेयी, नेपाली नागरिक वनाउन सकोस जसको सपना नेपाल वनोस । यदि विद्यालय तहमा पढ्दै गरेका वालवालिकाहरु नेपाललाई आफ्नो गौरव ठान्छन, आफैमा आत्मनिर्भरताको सपना देख्न थाल्छन, यहीको माटोलाई सिगार्ने सपना देख्छन, आफुभन्दा सानालाई माया र ठूलोलाई आदर गर्न थाल्छन अनि नेपाल सम्वृद्धीको बाटोमा लम्कने छ ।
चन्द्र कान्त पण्डित
Razendra Deula, Subas Adhikari and 8 others

No comments: