Saturday, July 16, 2022

दल प्रतिको वितृष्णाले जन्माएको पात्रहरू

 २०७९/०२/०९

दल प्रतिको वितृष्णाले जन्माएको पात्रहरू
हर्क साम्पङ, बालेन्द्र र गोपाल हमालको उदय दलिय राजनितिमा दलका नेताहरुले देखाएको राजनैतिक दम्भको प्रतिकारको रुपमा निस्किएको झिल्का हुन। २०४६ मा प्रजातन्त्रको पुनर्वहाली पश्चात एकै व्यक्ति र उनैको आफ्ना आफन्तको हालिमुहाली र कार्यकर्तालाई दाषको रुपमा हेरिएको र हेपिएकोले George Orwell को novella Animal Farm को रुपमा देखा परेको छ। अव पनि नेताहरुले आफुलाई सेवकको रुपमा नउतारेमा मालिकहरूले ब्यालेटको रुपमा बिना हिंसा, विना रक्तपात सडकमा पुर्याइ उनीहरुले गरेको राष्ट्रिय ढुकुटीको दहनको खोजि गर्ने छन र त्यही राष्ट्रिय ढुकुटीको खोजी गरी अहिले देखापरेको आर्थिक असहजतालाई सहजतामा परिवर्तन गर्नेछन।
बधाई
छ ती महान नेपाली सपुतहरु: हर्क साम्पाङ्ग, बालेन्द्र र गोपाल हमाल र आभारी छु ती विवेकशील सम्पूर्ण मतदाताहरु जसले आफ्नो क्षेत्रका स्वतन्त्र उमेदवारलाई विश्वास गरी मत प्रदान गरी राजनैतिक दलको दम्भलाई चकनाचुर पारिदिएकोमा। आगामी दिनमा जनपक्षीय कार्य गरी आफ्नो क्षेत्रलाई सुन्दर र समृद्ध पारी अरु क्रान्तिकारीको जन्महुने अवसर प्रदान गर्नुहुनेछ। भित्री आत्मा देखि नमन छ ती शाहसी र कर्मशील नेतृत्व जो जनको मनमा विना स्वार्थ वस्न सफल हुनुभएको छ।
Shreedhar Paudel, Surya Kanta Pandit and 19 others
1 Comment
Like
Comment
Share

No comments: