Saturday, July 16, 2022

गाइको गउत र पञ्चामृतले नेपाल वचाउला होलिवाइनले त नेपाल डुवाउने मात्र हो ।

 २०७८ ।०२ ।१२

गाइको गउत र पञ्चामृतले नेपाल वचाउला होलिवाइनले त नेपाल डुवाउने मात्र हो ।
एक दिन युधिष्ठर लगायत पाँच पाण्डवले द्वापर युगकोअन्ते हुदै छ र कलि युगमा मानिसहरु कस्ता हुनेछन र के गर्ने छन भनी भगवान श्रीकृष्णसँग सोधेका थिए । भगवान श्री कृष्णले तिमीहरु आज जंगलमा जाउ के देख्छौ त्यो मलाई वताउ अनि मात्र म तिमीहरुको प्रश्नको जवाफ दिनेछु भन्नुभएछ । पाँच दाजुभाई पाँच क्षेत्रतिर लागेछन र फरक फरक वस्तु वा जनावर देखेका रहेछन । जव उनीहरु फर्किएर श्री कृष्ण भएको ठाँउमा आइपुग्छन र देखेका वस्तुको वारेमा जानकारी दिन्छन र तीनीहरुको अर्थ लगाइदिनुहुन्छ ।
सवैभन्दा पहिले यूधिष्ठिले एक हात्ती तर दुई सुँढ भएको देखेका रहेछन र आश्चार्य मान्दै श्री कृष्णलाई सोधेछन किन हात्ती पनि यस्तो भएको ? । श्री कृष्णको जवाफ थियो कलियुगका शाषकहरु हात्तीजस्तै हुनेछन । देखिन्छन एक तर काम दुई । जनताको लागि भनेर चुनिन्छन तर जनताको काम नगरी आफ्नो मात्र काम गर्दछन । अहिले चाहे सत्तामा रहेका सत्ताधारी वा सत्तावाहिर रहेर सत्ताका रस चुस्न नपाएकाहरु अहिले कोरोनाले देशलाई करिव गतिहिन वनाएको अवस्थामा सत्ताको खेल खेल्दै रहेका छन र भन्नेवेलामा संसदीय व्यवस्था भन्ने अरु दलको सदस्य गनेर सत्तामा पुग्छु भन्ने सपना देख्ने हुन वा म मात्र ठिक अरु वेठिक भन्ने अंहकारी सत्ताशिनहरु किन नहुन । यूधिष्ठरले देखेको हात्ती र श्रीकृष्णको व्याख्या जीवन्त छ ।
त्यसपछि अर्जुनले पंक्षीको प्वाँखमा वेदका रिचा लेखिएको थियो तर मरेको जीवको मासु खाइरहेको देखेको कुरो वताएपछि श्रीकृष्णले वताउनुभयो कलियुगका मानिस देख्दा एकथरी तर गर्छन मनपरी । आज त्यही भैरहेको छ । व्राहमण भएर अमृतपान गर्नुपर्नेहरु आज होलिवाइनमा डुवेका छन । गाइदुध पिउनेवाला मधिरापानमा लिन छन ।
त्यसपछि भिमले भर्खर गाइले आफ्नो जन्माएको वच्चालाई मायाले चाट्दा चाट्दै पुरा रक्ताम्यै भएको देखेछन । श्री कुष्ण भन्नुहुन्छ कलियुगका आमाहरु आफ्ना सन्तानको मोहमा वढी डुव्ने गर्छन र उनीहरुको व्यक्तित्व विकासमा समेत रोक लगाइरेका हुन्छन । सानामा सानो काम पनि अरुलाई गराउने तर आफ्नो सन्तालनलाई नगराउने जसको कारणले पराधिनता वढेने छ । आजका वाउ आमा सन्तानको लागि गलत तरिकाले धन आर्जन गरी आफ्ना सन्तानलाई निकम्मा वनाइरहेका छन जसरी ती गाइले आफ्नो वच्चालाई चाट्दा रगतै वगाएको समेत पत्तो भएन ।
अनि सहदेवले ६ वा ७ वटाको कुवाको विचमा रहेको सवैभन्दा गहिरो कुवामा पानी थिएन भनपछि श्री कृष्णले वताउनुभयो कलियुगमा मानिसहरु खाद्यान्नको अभावमा मर्नेछन । जहाँअनाज हुनुपर्ने हो त्यहाँ अनाज हुदैन । अनाज हुँदाहुँदै पनि मानिसहरु वितरणको अभावमा भोकभोकै मर्नुपर्ने छ । आज अक्सिजन ग्यासको अभावमा मानिस मरेका छन, ठीक त्यसरी नै खाद्यान्नको अभावको कारणले पनि आत्मदाह गरेको समाचार सुनिएको छ ।
अन्तमा नकुलले पहाडको टाकुुराबाट ठूलो चट्टान गिरेपनि कुनै रुख तथा अन्य केहीले पनि रोक्न सकेनछ तर सानो विरुवामा गएर रोकिएको घटना वताए पछि श्री कृष्णले वताउनु भयो मानिसहरु धर्म कर्म विर्षन्छन । उनीहरु जव धर्म कर्म विर्षन्छन कसैले पनि उनीहरु माथि आउने विपत्तीलाई रोक्न सक्दैन तर सानो विरुवाले ठूलो चट्टानलाई रोके झैं गरी हरिको नाम लिएमा मात्र यस्ता विपत्तीबाट उन्मुक्ति प्राप्ती गर्न सकिन्छ भनी वताएको कथाहरु आज पनि हामी श्रवण गर्न सक्छौ ।
नेपाल वनाउनको लागि वर्ग सर्घषको कुरो चाहिदैन, माक्सको कुरो पनि चाहिदैन, माओको,हिटलर, स्टालिन, मुसोलिनी कोही कसैको सिदान्त चाहिदैन । वास हिमालको भोटे, पहाडिया र तराइको मधेशीको दिनचर्यालाई वुझेहुन्छ र ती झुपडीमा कसरी धुवाउने हो, र त्यहाँसम्म कसरी पुग्ने हो त्यति सोचे पुग्छ । अक्सफोर्ड र क्याम्व्रिज के गर्छ भन्नु पर्दैन त्रिवि, काठमाडौै, पोखरा वा संस्कृत विश्वविद्यालयलाई के चाहिन्छ त्यता सोचे पुग्छ ।
नेपालको जनशक्ति, हावा, पानी र माटोको सही व्यवस्थापन गरिदिए पुग्छ । विदेषीले दिएको अनुदानमा पनि स्वार्थ जोडिएको हुन्छ । वरु विकासको गति ढिलो होस तर चिरस्थायीको हुनुपर्छ । आयतित राजनिती भन्दा स्वदेशी विचार नै फलदायीहुने छ ।
वर्तमान शाषकहरु यूधिष्ठिरले द्वापरयुगमा देखिएको हात्ती नवन । त्यसबाट पाठ सिक्नु छ र नेपाललाई तपोभुमिकै रुपमा सृजित गनुपर्ने छ । आजको विज्ञानको अाविस्कारले विकास भन्दा विनास निम्ताएको छ । दुइ वर्ष वित्न लागिसक्दा पनि एक सामान्य भाइरस सन्सारलाई सुताइदिएको छ । करिव अर्धचेतनमा पुर्याएको छ । उपचार खोइ त ? अन्तमा मानिसको मनोवल नै यसको निराकरण हो । प्रकृतिसँगको सामिप्यता नै यस्ता महामारीबाट उन्मुक्तिको मार्ग हो । जसले जे भन्यो त्यसैको पछि लाग्नुपर्ने । थाह छैन । त्यसैले विश्व भातृत्वको भावनाका् जगेर्नातिर लाग्दा ठीक हुने छ । प्रधानमन्त्रीको लागि खाली तीनै पुराना अनुहार कति देखाउनु केही चमत्कार गरेका थिए, पुज्जनीय थिए भन्नु पनि छैन । वारम्वार शक्ति हत्याउन र देशलाई पछौटे पार्न मात्र सिपालु तीनै अनुहारलाई प्रजातन्त्रको नाममा सर्वसाधरणलाई के को लागि सडकमा उतार्ने । आखिर के पाए जनताले । न राणा, हँदा पाए, न राजा हुँदा, न प्रजातन्त्रवादी हँदा न गणतन्त्रवादी हँुदा । ओलिको ठाँउमा शेरवहादुर पुग्दा हिजो के भएको थियो र भोलि के हुन्छ भन्ने आशा गर्नु । कमसेकम प्रधानमन्त्री नै परिवर्तन गर्नु थियो भने रुकुमको वा हुम्लाको वा अन्य कहिको एक दलित सभासदलाई सारेको भए पनि केही हुनथियो । केही नभए पनि त्यो एक विपन्नतामा जिएको सभासद प्रधानमन्त्रीहुन्थ्यो होला अर्थात उसले पनि केही कमाउथ्यो होला । एक अर्को परिवार सम्पन्न हुन्थ्यो । सम्पन्न हुने तरिका यो पनि हो । जहाँ ताल त्यही पानी पार्नुहुदैन मानिसले आफैले गर्न पाउन अवस्थामा । कमसेकम सुख्खा भुमिमा पानी पारदिए पनि हरियाली छाउने थियो नि । एक परिवारबाट, दुई र दुइबाट चार परिवार सम्पन्न हुँदै गएमा वल्ल समाज अगाहि वढ्ने छ ।
कति विडम्वना छ जनताको लागि राजनिति भनिन्छ, आरक्षण राखिन्छ, नेताका परिवारको लागि दिइने आरक्षण किन राख्नुपर्यो । सभासदै नभएको व्यक्तिलाई मन्त्री किन वनाउने । कहाँ छ प्रजातन्त्र , कहाँ छ गणतन्त्र ? हिजोका राणा र अहिलेका राज्यसत्तामाथि के परिवर्तन छ ? अझै विग्रीएको छ । हिजो त कमसेकम आफ्नै दलको नेता छ सभासद छ भन्ने त हुन्थ्यो नि त्यो पनि रहेन । अर्काको गोठ भत्काएर आफ्नो वनाउँछु भन्ने होइन । याे दरिद्र साेचाइ हाे । अरुको पनि सम्रक्षण गरेपछि अरुको भन्दा आफ्नो सुन्दर वनाउँछु भन्नु हो । यसैलाई भन्छन अग्रगमन ।
Surya Kanta Pandit, Subas Adhikari and 4 others
Like
Comment

No comments: