Saturday, July 16, 2022

जसले विवेकको सही रुपमा प्रयोग गर्दछ उसले त्यस्तै पहिचान बनाउँछ ,ब्रिलियन्ट क्याम्पस, सिफल सफलताको मार्गमा

 २०७९।०३।२५

जसले विवेकको सही रुपमा प्रयोग गर्दछ उसले त्यस्तै पहिचान बनाउँछ ,ब्रिलियन्ट क्याम्पस, सिफल सफलताको मार्गमा
आज शनिवारको दिन, फुर्सदको दिन भन्ने गरिन्छ । तर पनि ब्रिलियन्ट क्याम्पस, सिफलले आफुलाई अन्य क्याम्पस भन्दा फरक तरिकाले पस्किदै गरेको छ । क्याम्पस आफै केही गर्न सक्दैन । क्याम्पस सञ्चालन गर्ने व्यक्ति सही र संस्था प्रति अलि सजग र संस्थालाई केही गरौं भन्ने सोचाइ राख्ने व्यक्तिहरुको लागि के विदाको दिन, के कार्य गर्ने दिन केही वादा पर्दैन वा राख्दैन । केवल उसको मन मस्तिस्कमा संस्था नै वरिपरि घुमिरहेको हुन्छ । यस संस्थालाई सञ्चालन गर्ने क्याम्पस प्रमुख दुर्गा प्नसाद नेपाललाई अरु भन्दा केही फरक पाएको छु । उहॉले संस्थालाई अगाडि बढाउनको लागि आफ्नै संस्थाको रकम खर्च गरी कहिले आफ्नो वरिपरीका संस्थागत विद्यालय र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आफ्नै क्याम्पसको हलमा विभिद क्रियाकलाप सञ्चालन गरी विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरी विद्यार्थीमा हौसला बढाउने कार्य गरेको प्रत्यक्ष रुपमा आफै सामेल भएर पनि भोगेको छु भने कहिले विद्यार्थीहरुलाई मात्र हैन विद्यालयका शिक्षक तथा प्राध्यानाध्यापकहरुको लागि पनि केह्री न केही कार्य गरेको देखेको छु आज मिति २०७९।०३।२५ गते शनिवारका दिन विहान ७ः२० बजे आफ्नो क्याम्पसको वरिपरी रहेका विद्यालयका करिव ६० जना प्रध्यानाध्यापकहरुलाई आमन्त्रित गरी 'Educational leadership Learning and Pedagogy' शिर्षकमा चुुच्चेपाटी अवस्थित स्मार्ट पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम राख्नुभयो । जसमा तीन जना व्यक्ति ः क्रमश श्री शान्ता दिक्षित रातो बंगला विद्यालयकी संस्थापक , श्री दिनेश चन्द्र देबकोटाः गण्डकी विश्वविद्यालका
Chairman, Board of Trusttee and Vice Chairman of National Planning Commission र रमनमणी भट्टराईले प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रमको प्रस्तोताको रूपमा तुलसी घिमिरेले मधुर स्वरमा पस्किइ कार्यक्रमलाई रोचक बनाउन सफल हुनुभएको थियो।
शान्ता दिक्षितले रातो बंगला विद्यालय १६ जना विद्यार्थीबाट सुरु गरेको विद्यालय आज कसरी यो स्थानसम्म आइपुग्यो भनी विगत र वर्तमानलाई औंलाउँदै प्रत्येक विद्यालयका अभिभावकलाई इज्जत गर्नसक्नुपर्छ र साथै उनीहरुका बालबच्चालाई पनि । अभिभावक र विद्यार्थी विनाको विद्यालय विद्यालय रहन सक्दैन । उहॉको भनाई थियो जुनसुकै विद्यालय तथा शिक्षक वा प्रधानाध्यापकले विद्यार्थी र उनीहरुका अभिभावकलाई मान दिनै पर्दछ । किनकि उनीहरु नै विद्यालयका प्राणदाता हुन । उनीहरुलाई हरतहले खुशी वनाउनै पर्छ भनी जोड दिनुभएको थियो । उहॉले विद्यालय स्थापना गर्नुभन्दा पहिले नै काठमाडौंका नाम चलेका विद्यालयमा छिरी राम्रा पक्षकाे अनुसरण गरेको र नराम्रा कुराहरुलाई छाडेर अगाडि बढेको छ भनी त्यस कार्यक्रममा सामेल हुने प्रध्यानाध्यापकहरुलाई हौसला पर्दान गर्नुभएको थियो । साथै विद्यार्थीहरुलाई कसरी सिपसँग जोड्न सकिन्छ भन्दै त्यसै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको सिर्जनालाई पावर पोइन्ट मार्फत पस्कनु भएको थियो ।
दोस्रो प्रशिक्षक गण्डकी विश्वविद्यालका -Chairman, Board of Trusttee and Vice Chairman of National Planning Commission ) श्री दिनेश चन्द्र देबकोटाले अहिले नेपाल काे शिक्षालाई सुधार गर्नुपर्ने छ र वर्षेनी विदेशीने अरवौ नेपाली पैसालाई नेपालमा नै रोक्न सक्नुपर्छ भनी सहभागीहरुलाई दिक्षीत गर्नुभएको थियो । उहॉले Theory of Change परिवर्तको सिदान्तलाई अगाली अगाडी बढ्नुपर्छ भनी प्रष्ट पार्नुभएको थियो ।यदी उच्च अध्ययनका लागि विदेसिने विद्यार्थीहरुलाई नेपालमा नै राख्नसक्ने र विदेशी विद्यार्थीहरुलाई आकर्षण गरी नेपालमा भित्राउन सकेको अवस्था नेपालको अथैतन्त्र पनि बलियो हुने थियो भनी सवै विद्यालयका प्रधानाध्यापकलाई त्यतातर्फ लाग्नको लागि जोडदिनुभएको थियो । एकजना लिडरमा हुने गुणको वारेका पनि प्रष्टाउनुभएको थियो । आजको आवश्यकता भनेको नै नेपाली विद्यार्थीहरुलाई नेपालमा नै रोकी उनीहरुको भविष्य यही देखाउन सक्नुपर्छ । यसको लागि सवै ठाउमा असल नेतृत्वको खाचो रहेको वताउनुभयो । अहिले शिक्ष्ाँ सम्बन्धि २२ वटा अधिकार स्थानीय तहमा नै रहेकोले स्थानीय सरकारसग हातेमालो गरी अगाडि बढ्नुपर्छ भन्दै बुझेकोले प्रष्टाउन सकेमा मात्र शिक्ष्ाँले गति लिन सक्छ भनी सबैमा सकरात्मक सोच राखी अगाडि बढेमा लक्ष हासिल गर्न सकिन्छ भन िआफ्नो विचारको विट मार्नुभएको थियो ।
तेस्रो प्रशिक्षक रुपमा श्री रमन भट्टराई उभिनुभएको थियो । उहॉले आफ्नो प्रशिक्षण खेलबाट सुरु गराउनुभयो त्यो रोमान्चक थियो । मानिसको देब्रे र दाहिने दिमागलाई कसरी चलाउन सकिन्छ भनी खेलको माध्यमबाट पस्कनुभएको थियो । सबै सहभागीहरुलाई अण्डाकारमा उभिन लगाइ एकले अर्काको हात समाइ भित्र बाहिर भन्दै उफार्नु भयो । फेरी भित्र भन्ने तर बाहिर उफ्रने , बाहिर भन्ने अनि भित्रतर्फ उफ्रने भनी गर्न लगाएको अभ्यासमा अलमल भएको थियो। ीकनकि त्यसमा अभ्यस्त हुन नसकेर नै हो । उहॉको पनि जोड थियो आफ्नो जीवनलाई सधैं खुशी राखेमा मात्र चाहेका कुरा प्राप्ति गर्न सकिन्छ । करिव करिव उहॉले आफ्नो विगत र गर्तमान वताउदै जीवनलाई कसरी खुशी पार्न सकिन्छ भनी सवैमा हासोको फोहोरा फुटाउन सफल हुनुभएको थियो ।
अन्तमा क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले सहभागी सवैलाई प्रमाणपत्र प्रदान गर्नुभयो । मलाई पनि व्यक्तिगत रुपमा निम्ताइ त्यस कार्यक्रममा सहभागी हुने अवसर जुटाइदिएकोमा मुरी मुरी धन्यवाद व्यक्त गर्दछु । यस क्याम्पसको आफ्नै शैली विकास गरी अरु सम्बन्धित संस्थालाई पनि राम्रो कुराको सिको गर्नपर्ने बनाउदिनुभएको छ । यतिको कार्यक्रम गर्दा खर्च राम्रै लागेको छ । त्यसको सबै खर्च क्याम्पसले नै बेहोर्छ । बाहिरी विज्ञानपनमा गर्ने खर्च सरोकारवालालाई नै वोलाइ केही ज्ञान प्रदान गरेकोमा आफ्ना विद्यालयमा अध्ययन गरीरेहका विद्यार्थीहरुलाई आफ्नो विद्यँलयमा भएका कक्षाहरु समाप्त भएपछि उच्च शिक्षाको लागि ब्रिलीयन्ट क्याम्पस पनि ठिक छ है । त्यहाको नेतृत्व ठीक छ भनेर जो कोहीले पनि भन्ने सक्ने वनाएको छ । त्यसेले समस्त ब्रिलियन्ट क्याम्पस परिवारलाई मुरी मुरी पुन धन्यवाद । शिक्षा वा प्रमाणपत्र प्राप्ति ठूलो कुरो होइन त्यसको उपयोग तथा प्रयोगमा उतार्नु नै उपलब्धि मान्नुपर्छ । विवेकले मात्र काम गर्दैन । विवेकलाई वुद्दीको हैसियतमा पुर्याउनु पर्छ । अर्थात चुरोट पिउन हुदैन भन्ने तर आफै चुरोट तानिन्छ भने उसमा रहेको विवेक अर्थहिन हुन पुग्छ । तान्न हुदैन भनिन्छ भने तुरुन्तै छोडुन सक्नुपर्छ । भ्रष्टचार गर्नहुदैन भन्यो तर मौका पर्दा सम्लग्न भैहाल्छभने त्यो गलत बाटो । य ीगलत बाटोहरु त्याग्नै पर्छ । अर्थात मानिसमा रहने लोभलाई त्याग्दाको दिनमा उ खुशी पनि हुन्छ र सफल पनि । आजको आवश्यकता यही हो र यसैको अनुरकरण सबैले गर्नैपर्छ ।

No comments: