२०७९।०३।०९
पठाओ ड्राभरको सोच मेरो देशको प्रधानमन्त्री र राजनितिज्ञमा भैइदिएको भए...
हिजो भान्जा दिक्षान्तको विहेको भोजमा जाने क्रममा आफ्नो मोटरसाइकलमा परिवारका सवै सदस्य जान नसकिने भएकोले मेरो जेठो छोरीलाई पठाओ ट्याक्सीलाई बोलाउन लगाए । एकै क्षेणमा ट्याक्सी ड्राभर आइपुग्नुभयो । हाम्रो यात्रा कुटुबहालदेखि कार्की व्याङ्केट बबरमहल सम्मको रह्यो । ड्राभरले विजुली बजार भएर जानको लागि भन्नुभयो । मैले सहमति जनाए । कालोपुल काटेपछि भाइ हजुरको घर कता हो नि ? सोधे । प्रतिउत्तरमा जवाफ रहयो । दोलखा । मैले त्यसभन्दा बढी केही भनिन । त्यसपछि काठमाडौं महानगरपालिकाको मेयर बालेनको कुरो उठ्यो ।
त्यसपछि ती ड्राभर भाइले आफ्नो व्यवसायको कुरो थाल्नुभयो र भन्नुभयो । मेयरले पनि हाम्े व्यवसायलाई व्यवस्थित गरिदिए हुनेथियो । भाइले भन्नुभयो ः मैले यसै ट्याक्सीबाट रु ५०००००। (रुपैंया पॉच लाख ) कमाए । मैले १५ प्रतिसत ट्याक्स तिर्दा रु ७५०००। (पचहत्तर हजार) कर तिरेको छ्ु पठाओ उपयोग गरेवापत । तर के गर्ने त्यो पैसा त बंगलादेशमा जान्छ । पठाओको याप्स नेपालमा नै भएको भए त त्यो मैले तिरेको पैसा नेपालमा नै रहन्थ्यो । मलाई त पठाओको याप्स नेपालको हैन भन्ने मलाई थाह थिएन । भाइप्रति आभारी रहें । हेरौ त हामी सर्वसाधारणको सोच कस्तो छ ड्राभर प्रति । ती ड्राभर भाइको सोच कति महान छ । अव देशको लागि कसले सोचिदिने ? ड्राभर भाइले त सोच्नुभयो नि । एकवटा मार्ग देखाइदिनुभयो । अव त सम्बन्धित सवैले ध्यान पुर्याउने होकि ?
फेरी भाइले थप्नुभयो नेपालमा काम गर्ने स्थान नै छैन । नेपालका वैंकहरु त्यत्तिकै असहज पनि छन । व्याजदर मंहगो र ऋण लिन पनि असहज । कमसेकम नेपालमा वसेर केही गर्छु भन्ने युवालाई त केही न केही अवसर त दिनुपर्ने हो । काम गर्ने स्थान त प्रशस्त छन तर व्यवसाय वा उद्यमको लागि पैसा छैन । कसले सोचिदिने ? अनि फेरी भन्नुभयो कर्मचारीहरुले पनि ठिक्क खाएर काम गरेको भए हुनथियो । तर अचाक्लि गर्छन नि भन्नुभयो । पेट्रोल र डिजेल वा अ्रन्य इ्रन्धनको भाउ पनि दिनदिनै बढेको छ । यो पनि नेता र भिआपीहरुलाई सित्तैमा इन्धन दिएर होला है ? उहॉले थप्दै भन्नुभयो ः ती भिआपीहरुलाई पेन्सन वा अन्य सुविधा पनि प्राप्त हु्रन्छ होला । जनतालाई मार्न खोजेर के गर्दै छ होला नेपाल सरकार । नत्र यति धेरै महंगो त हुन नपर्ने हो ? हैन र ?
हाम्रो आँखाले ड्राइभरलाई कसरी मुल्यांकन गर्ने गछौं तर हेरौ त त्यो १० मिनेटको समयमा करिव २५ वर्षे युवाले देशप्रति बोकेको चासो र जिज्ञासा , देशमा देखिएको समस्या र समस्याको समाधानको उपाय नेपालका दलका नेता, नेपाल सरकार र नेपालका कर्मचारीहरुले तीनै दशप्रेमी कर्मठ भाइले भनेझैं गर्ने हो भने समस्या रहला त ? नेपाल कसरी पछाडि पर्छ होला ? हिजोका १० मिनेटका यात्राबाट धेरै कुरो सिक्नपाइयो । सायद म पनि दौरासुरुवालमा सजिएकोले होला । तपाईं त उच्च पदस्थ कर्मचारी जस्तो लाग्छ । चित्त नदुखाउनुहोला है ।, मैले देखे र भोगेको कुरा मात्र गरेको हो । गल्ति गरेका भए माफ पाउ‘ । सवै नेपालीमा ती भाइको जस्तै सोच भैदिएको भए आज भष्ट्रचारको पनि हुनेथिएन र देश समृद्दीको मार्गमा लाग्ने थियो । ती ड्राभर भाइमा देखिएको चासोको कुरो भष्ट्रचार र ढिला सुस्ती कहीं कतै उठिदिदा पनि कुण्ठामा रहेकालाई पिडा दिदो रहेछ । तर आज कसैको वेग्लै पर्सङ्गमा भष्ट्रचारको कुरा कहीं कतै गर्दैगर्दा पनि उनीहरुलाई ती शव्दले बाड हानेजस्ताे लाग्दो रहेछ । लक्षीत व्यक्ति नहुँदा पनि किन उ उसैलाई भनेको हो भनेर सोच्ने गर्छ ?
आजको आवश्यकता भ्रष्ट्रचार मुक्त समाज, जिम्मेवारीको वोध भएको मानिस रहेको समाज, प्रगतिको मार्गमा लम्कदै गरेको समाज । हैन त । सलाम छ भाइ तपाईंको त्यो महान सोचलाई ।
No comments:
Post a Comment