Saturday, July 16, 2022

मातृदेवो भव । पितृदेवो भव ।

 २०७९।०१।१७

आमाको मुख हेर्ने दिन / मातातिर्थ औंशी
मातृदेवो भव ।
पितृदेवो भव ।
माथिको संस्कृत श्लोकले आमा र बुबा भगवान हुन भन्ने जनाउछ‘ । भगवानलाई हामी श्रदा गर्दछौ । सन्मान गर्दछौ र पुज्जदछौ पनि । त्यसैले पनि ती भगवान रुपी बाबा आमाको इज्जत गर्नु प्रत्येक सन्तानको कर्तव्य पनि हो ।
आजको दिन विशेष दिन , आमाको मुख हेर्ने दिन । आमालाई खुशी पार्ने दिन । एक दिनको मीठो खुवाइ र केही वस्त्रहरु दिदैमा आमाहरु खुशी हुनुहुन्छ भन्ने भ्रमबाट आजका एक्काइसौ शताव्दीका मानिसहरु बाहिर निस्कन सक्नुपर्छ । आमा बुबालाई वृदाश्रममा राखी हिडी ती बाबा आमाको सम्पति हडप्ने सन्तानहरु पनि देखिन्छन यस कली समाजमा । आमाले जसरी आफु भोकै रहेर पनि सन्तानको पेट भराउनको लागि जे गर्न पनि तयार भएकाे देख्छौ ठीक त्यसरी नै प्रत्येक सन्तानले उनीहरूकाे भावनामा उर्जा दिने मागर्काे खाेजी गनुपर्छ र उहा । ती महान आमाहरुलाई केही दिनुपर्दैन तर मीठो उहाँहरूका चाहना पूर्ति गरिदिनुपर्छ । उनीहरूकाे अगाडी मीठाे अामा भिनदए दिए लाख हुन्छ । तर यस युगका केही मानिसहरु समाजलाई देखाउनको लागि घरमा पुग्ने, आमाको साथमा पुग्ने फोटो खिचाउने गरेको हामी देख्र सक्छौ । एक दिन मात्र नभएर प्रत्येक सन्तानले प्रत्येक दिन आफ्नो आमालाई सदैव खुशी राख्ने जमर्को गर्नुपर्छ । बुढेसकालमा धेरैजसो व्यक्तिहरु विर्िक्तएको अवस्थामा हुनसक्छ तर पनि यो समयको खेल हो भनी आफैले समाल्न सक्नुपर्छ । यति मात्र गरियो भने मानव समाज सुसंस्कृतिले भरिपूर्ण समाजको रुपमा पाउने छौ ।
केही आमाहरु आफ्नै सन्तानलाई नजिक र टाढा राखेर हेरेको हामी देख्न सक्छौ । लिंग र आम्दानीको आधारमा पनि आमाको आफ्नो सन्तानप्रति हुनुपर्ने माया नदेखाएको हामी देख्न सक्छौ । हुन त आज आमाको मुख हेर्ने दिन सवै राम्रो कुरा मात्र लेख्नुपर्ने जस्तो लाग्छ तर त्यो चाहि‘ हुदैन । सदैव साचो र समाजको यथार्थ चित्रण गर्न सकिदैन भने पनि कुनै लेख लेख्नु र नलेख्नुमा कुनै तात्विक भिन्नता राख्दैन । त्यसैले आजको दिनमा सम्पूर्ण आमाहरु जसले सन्तान जन्माउनु भयो, हुर्काउनुभयो , पालनपोषण गर्नुभयो ती तमाम आमाहरुलाई मनमस्तिस्कदेखि ढोग छ । केही आमाहरु आफ्नै सन्तानलाई अविश्वास गरी उनीहरुको बाटोमा तगारो बनिदिने आमाहरुको मन परिवतर्न भइ आजकै दिनबाट सवैमा सकरात्मक सोचको अभिवृद्दी होओस भनी श्री पशुपतिनाथस‘ग प्राथना गर्दछु । सबै सन्तानमा सकरात्मक सोचको विकास हुदै आमा र ती आमाका सन्तानको चेहरामा सदै खुशी छाओस यही रह्यो मेरोतर्फबाट आमाको मुख हेर्ने दिनको मंगलमय शुभकामना । शुभ रहोस आगामी सबै दिनहरु ।

No comments: