२०७९/०१/०३
चुनावमा दलीय गठबन्धन हुँदै जानु भनेको राजनैतिक दलका नेताले आफ्ना मान्छेलाई चुनाव जिताउने रणनिती हो र अन्तमा यसले दलीय राजनीति अन्त्य गर्नेछ। नेपाल देउवा, प्रचण्ड, ओली, माकुने, भट्टराई आदिको पेवा होइन। प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने संसदमा बहसै नगरिकन संसदिय अधिवेशन टुङ्ग्याउन संसदीय व्यवस्थाको खिलापमा छ। आज जति बलियो आफुलाई ठाने पनि भोलि शक्तिबाट स्खलित भएका व्यक्तिहरू सडकैमा, वा जेलका छिडिमा देख्न सकिन्छ। सुदामा लाई गलहत्याइ अंगभङ्ग गर्ने राजा अन्तमा उनकै शरणमा पुगि श्रीपेचको रक्षा गर्नु परेको थियो। नेपालका राजनैतिक दलका नेता, तथा कर्मचारीहरुले आफ्नो अन्तरमनलाई सोध्नुहोस् - के तपाईं बस्दै गरेको आलशिन महल र महंगा गाडीहरू तपाई का पशिनाको उपज हो कि कहीं कतै दुई नम्बरीबाट आर्जेको र भोकाएको पेट कटाइ अझै भोको पारी आर्जित धन हो। आज न्यायाधीश, गभर्नर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को प्रमुख आयुक्त लाई महाअभियोग लगाइ उम्कनुहोस, तर तपाई कहिल्यै पनि उम्कन सक्नुहुन्न किनकि तपाई को मन र तपाई को हिसाब कसैले राखेको छ।
नेपालका मतदाता र राजनैतिक दलका कार्यकर्ता यदि नेताहरुले अप्राकृतिक गठबन्धन गर्छन भने सबै नेपाली उमेर पुगेका नागरिक चुनावी मैदानमा उत्री उमेदवारी दिने मत दिने कार्य गर्नसक्नु हुन्छ। कार्यकर्ता दलका नेताका दास होइनन। शिर्षस्थ नेताले बुझ्नै पर्छ।
अहिलेको दलीय गठबन्धन अप्राकृतिक हो। यसको विरोध गर्नैपर्छ।
जय होस नेपाल, नेपाली र समग्रमा सम्पूर्ण मानव लगायत चराचरहरुको।
No comments:
Post a Comment