२०७९/०६/२२
मानिसमा सिर्जित तृष्णा नै उसको प्रबल शत्रु हो
अर्जुनले भगवान कृष्णलाई सोध्नुभएको थियो: मानिसलाई सुकर्म गर्न नदिने तत्व केहो र मानिसले नचाहँदा नचाहँदै पनि मानिसलाई गलत कदम चाल्नका लागि उत्प्रेरित गर्ने शक्ति के हो ?
मानिसमा रहेको तृष्णा नै त्यो शक्ति हो जसले उसलाई सही मार्गबाट अलग्याएर विचलित बनाइदिन्छ। तृष्णा मेटाउनको लागि उ लाग्ने मार्गमा अवरोध देखेपछि उसको मनमा क्रोध उत्पन्न हुन्छ। क्रोधको कारणले मनमा भ्रम सिर्जना हुन्छ।जव मनमा भ्रम सिर्जना हुन्छ, उसमा बुद्दी, विवेक हराउँछ। जव मानिसमा बुद्दी विवेक हराउँछ र तृष्णा मेटाउने इच्छा उत्पन्न हुन्छ तव मानिसहरु अपराधीक गतिविधिमा संलग्न हुन्छन्।
त्यसो हो भने तृष्णाबाट कसरी वाहिर निस्कन सकिन्छ?
योगको माध्यमबाट।
निरन्तर योग गरेमा यसबाट बाहिर निस्कन सकिन्छ। निरन्तर योगको माध्यमबाट तृष्णालाई वसमा राख्न सकिन्छ।
कृष्णले अर्जुनलाई भन्नुभएको थियो: इन्द्रीय, मन एवं बुद्दीलाई तह लगाइ अंहकार त्यागि भगवाननको चिन्तन मनन् गरी आफ्नो तन, मन वाणी र ह्रदय शुद्ध पार्दै स्वधर्म पालन गरेमा मात्रै तृष्णाबाट मुक्ति मिल्नेछ।
जव मानिस तृष्णाबाट मुक्त हुन्छ, उ लोभबाट पनि मुक्त हुन्छ। जव उ लोभबाट मुक्त हुन्छ, उ अध्यात्ममा लिहिन हुन्छ। जव उ अध्यात्ममा लिहिन हुन्छ, उसले आफ्नो जन्म के को लागि हो र यो नाश्वर शरीर पनि यस धरतीमा केही समयको लागि हो भन्ने तीतो सत्यको बोध हुन्छ। ठिक त्यसरी नै सामान्यतया प्रत्येक मानिस यस धरतीमा केही दिनको पाउना हुदै शिशु , वयस्क र वृद्द हुंदै विभिन्न रुपमा पहिचान बनाइ अन्तमा यो नाश्वर शरीर त्यागि अर्को देहमा प्रवेश गर्दछ वा स्वधर्म पालना गर्नसक्ने र भगवानमा भक्ति भाव अर्पण गर्न सक्ने व्यक्ति मोक्ष प्राप्ति गर्न सक्ने हुन्छ। आफ्नो जीवनकालमा ७० वर्ष नाघेको मानिस १० पटक मरिसकेको हुन्छ। यसको अर्थ उसको शरीरका सेलहरु मर्दै नयाँ सेलको उदय हुन्छ जसरी ३ महिनामा रगतका सेलहरु परिवर्तन हुन्छन्।
भगवान् सर्वव्यापी भएकोले प्रत्येक मानिसले आफ्नो दिमागमा आस्था, नजरमा निष्ठा र ह्रदयमा प्रेम हुनेका लागि भगवान प्राप्ति सहज छ भन्दछन् भूचन्द्र वैद्य। भूचन्द्र थप्नुहुन्छ: भक्ति र समर्पणले भगवान् कृष्णको कृपादृष्टी पश्चात भगवान कृष्णको दर्शन मिल्नसक्छ। भगवानको कृपा विना केही पनि सम्भव छैन। मानिस जन्मने दिनमा नै मृत्यु लिएर आएको हुन्छ। मर्नेबेलाको कठिनाइ भनेको शारीरिक पीडा र मानसिक भय हो।
त्यसैले भन्नै पर्छ आजको आवश्यकता नै मानिसमा सिर्जित तृष्णा त्याग्न सक्नु हो। जव तृष्णा त्यागिन्छ, अनि मानिस र मानव समाजमा भित्र देखिएका द्वन्द्व स्वतह अन्त्य हुनेछ जसले मानिसलाई मोक्ष दिलाउने छ।
No comments:
Post a Comment