२०७९/०५/३१
नेपालमा के हुँदैछ?
प्राय मानिसहरु सबै जाने झै कुरा गर्ने गरेको सुनिन्छ। किन ? देखिन्छ उनीहरू आफूले गर्नुपर्ने काम बाहेक अरु सबै जान्दछन्। आफ्नो भुमिकाको काम अर्थात कर्तव्य बाहेक अरु सबै कुरा जानेको झै कुरा गरेको सुनिन्छ। र सोही अनुसार गरेको पाइन्छ। किन यस्तो हुनेगर्छ? किनकि उसँग चेतना त छ तर उसैसँग भएको चेतनाले काम गर्दैन। आफुलाई अब्बल सम्झिरहेको हुन्छ तर उसको ग्यान हराएको पत्तो हुँदैन । दुइ शब्द knowledge ग्यान र बुद्दी wisdom को बारेमा भेद छुट्याउने सामर्थ्य हुदैँन।
Bertrand Russel ले ग्यान र बुद्दीको फरक छुट्याउनु भएको छ। He says- Knowledge is defined as the acquisition of data and information, whereas wisdom is the practical application and use of the knowledge to create value. Wisdom is achieved through learning and practical experience. His lamentation is that though vast knowledge has been acquired, there has been no corresponding increase in wisdom.
अर्थात्
कुनै पनि विषय वस्तुको वारेमा जानकारी लिनु ग्यान हो भने उक्त ग्यानलाई ब्यवहारमा उतार्नु बुद्दी हो। तर पनि हामी मानव समाजमा बुद्दीको सही सदुपयोग हुने गरेको देखिदैन।
कुनै व्यक्तिले अत्यधिक रक्सी सेवन गर्नुहुँदैन भन्ने गर्छ ।यो स्वास्थ्यको लागि हानिकारक छ भन्छभने उसँग ग्यान त भयोे। तर त्यही व्यक्ति अत्यधिक रूपमा रक्सी सेवन गर्दै पुरा सडक नै आफ्नो ठानी हिड्छ भने उ संग ग्यान त भयो तर बुद्दी भएन। ठिक आज त्यही भएको छ केही मानिसको बुझाइमा।
हिजो आफुले उपयोग गर्दा त्यसलाई न्यायिक मान्यो तर त्यही अर्कोले उपयोग गर्दा विभेद भयो। यदि कोही व्यक्ति भिन्न समयमा केही कार्य गर्छ भने उसले पारिश्रमिक स्वभाविक रुपमा पाउने गर्छ। यदि फरक समयमा गरिएको कामको ज्यालालाई यदि कसैले उसको दैनिक ज्यालासम्म जोड्छभने, त्योभन्दा ठूलो अग्यानता केही हुदैन।
त्यसैले त Stephen Hawking भन्छन-
The greatest enemy of knowledge is not ignorance, it is the illusion of knowledge.
अर्थात्
ग्यानको सबैभन्दा ठूलो दुस्मन अग्यानता होइन, ग्यानको भ्रम मात्र हो। ग्यान त छ भन्ने तर त्यसलाई व्यवहारमा उतार्न नसक्नु नै मानिसको दुर्भाग्य हो वा दुर्बल पक्ष हो।
यदि सबै मानिसहरु आ-आफ्नो कार्यमा व्यस्त हुने, आफ्नो जिम्मेवारी सहजरुपमा पुरा गर्ने र मनबाट लोभ त्याग्न सक्नेहो भने कहीँ कतै द्वन्द्व रहदैन। आर्जेको ग्यानको सही सदुपयोग हुनसकेमा मानवीय द्वन्द आफै हराएर जान्छ। जव मानिस भ्रममा जिइरहेको हुन्छ तव द्वन्द्व सुरु हुन्छ। द्वन्द्व भनेको नै एकले भनेको कुरो अर्कोले कि कम बुझ्छ, कि बढी बुझ्छ, कि बुझ्न पर्ने कुरा बुझ्दै बुझ्दैन। यो मानिसको दिमाग पनि विचित्रको छ। त्यसैले Sigmund Freud ले मानिसको मनलाई चेतन, अर्द्ध चेतन र अचेतन मनको रुपमा व्याख्या गरेका छन।
Sigmund Freud talks about the mind: Conscience, sub-conscious and unconscious.
Freud describes the human mind as interaction of id, ego, super-ego. The ego, and to some extent the super-ego, is conscious or on the surface. The id remains unconscious. Together they make up the personality.
According to this model of the psyche, the id is the set of uncoordinated instinctual trends; the ego is the organized realistic part; and the super-ego plays the critical and moralising role.
The id, ego and super-ego are functions of the mind, not parts of the brain. They do not correspond one-to-one with actual structures of the kind dealt with by neuroscience.
Id, Ego र Super -ego लाई टिपी पौडेलको गितासँग जोडेर गरिएको विश्लेषण सही लाग्यो र पढ्दा आनन्द भएकोले यहाँ केही अनुच्छेद साभार गरेको छु।
टिपी पौडेल लेख्नुहुन्छ -
वादे वादे जायते तत्व बोध’ नै हो।
अभिव्यक्तिलाई समग्ररुपमा यसरी बुझ्न सकिन्छ। मुट्ठी कस्नु भनेको कुरुक्षेत्रको निर्माण गर्नु हो र जीवनमा बिषाद निम्त्याउनु हो। हात र औलालाई खुल्ला राख्नु धर्मक्षेत्रको प्रतीक हो। यसको जानकारी हुन् ज्ञानको मार्गमा हिँड्नु हो, यसलाई हरबखत स्मरणमा राख्नु भक्तिको बाटो अबलम्वन गर्नु हो र धर्मक्षेत्रमा अडीग रही निष्काम कर्म गर्नु कर्मवीर हुनु हो। यिनै मार्गलाई प्रयोगमा ल्याई जीवनलाई शान्त,शिब र सुन्दर बनाउनु योग हो। यहि प्रयोग विज्ञान हो र यसलाई प्रयोग गर्ने ऋषिहरु, आजको भाषामा भन्दा बैज्ञानिक हुन् । ज्ञात रहोस, जीवनलाई शिव बनाउनु भनेको यसको इश्वरीय तत्व बुझ्नु हो। शिव (शव +ई ) बाट जब इश्वरीय तत्व हट्छ, तब त्यो शव (लाश) बन्छ।
गीताले भन्छ, मान्छेको व्यक्तित्व सत्व, रज र तम गरि तिन गुणले बनेको हुन्छ र उसले गर्ने कर्म यिनै गुणमा आधारित हुन्छ।कर्म वा कुनै पनि कार्य गर्दा गुणहरु सन्तुलनमा राख्नु भनेको धर्मक्षेत्रमा अड्नु हो र यसमा आउने असन्तुलन भनेको कुरूक्षेत्र हो। फ्रायडियन मनोविश्लेषणमा कुरू भनेको मानसिक द्वन्दको स्थिति हो जसले मान्छेमा विभिन्न मानसिक रोगहरु निम्त्याउछ र धर्म भनेको मानसिक स्वस्थता हो । गीतामा उल्लेखित तम, रज र सत्वलाई फ्रायडले व्यक्तित्व निर्माणका तीन तत्वहरु इद, इगो र सुपरइगो भनि ब्याख्या गर्दछन् ।
- तमले मान्छेमा काम, क्रोध, लोभ र मोह उत्पन्न गर्दछ जसलाई फ्रायडको भाषामा इद भनिन्छ।
- रज कर्मप्रधान हुन्छ र यसले कर्तालाई फलको आशक्तिमा कर्म गर्न उत्साहित गर्छ, जुन फ्रायडियन मनोविश्लेषणमा इगोको रुपमा बुझिन्छ। यसरी ‘म नै सबथोक हूँ;’ भन्ने आडम्बर रज वा इगो हो।
-सत्व गुणले व्यक्तिलाई सामाजिक मूल्य-मान्यतामा सजग बन्दै असल चरित्र निर्माणमा सहयोग पुर्याउँछ, जसलाई फ्रायड सुपरइगो भनी नामाकरण गर्छन् ।
तसर्थ हात फैलाउनु तम वा इद हो। मुट्ठी कस्नु रज हो । मुट्ठी कस्दा हामीले एक सीमाको सिर्जना गर्छौ र त्यहाँ घर्षण उत्पन्न हुन्छ। यसले जीवनको स्वतन्त्र प्रवाह प्रतिबन्ध गर्दछ। अर्थात् जीवनको स्वाभाविक गतिमा प्रतिरोध उत्पन्न हुन्छ, जुन रज वा इगो हो र यसले मान्छेलाई तनावमय बनाइदिन्छ। खुल्ला हात भनेको सत्त्व वा सुपरइगो हो , जसले जीवनलाई धेरै हदसम्म सरल र सहज बनाउँछ।
गीतामा लेखिएका कुराहरु ज्ञान हुन् भने यसलाई व्यवहारमा उतारेर जीवनलाई सरल र सहज बनाउनु विज्ञान हो। उहिलेका ऋषिमुनिले ज्ञानको उत्पादन मात्र गर्दैनथे; त्यसलाई बिज्ञानमा ढाल्थे। त्यसैले उनीहरु परमानन्दको अनुभूति गरिरहन्थे। दुर्भाग्य त के भयो भने आज आएर हामीले ज्ञानकोको निर्माण त गरेनौँ, गरेनौँ, भएको ज्ञानलाई पनि अन्धविश्वास र रुढिवादीको संज्ञा दिएर भड्खालोमा जाकिदियौँ । केही ज्ञानीहरुले पनि यसलाई व्यवहारमा उतार्नु र उतार्न लगाउनुको सट्टा प्रवचनरुपी गफमा ढालिदिए।
अब विस्तारमा अभिव्यक्तिलाई चिन्तन र मनन गरौँ । अभिव्यक्तिको पहिलो लाइन छ: एउटा हातलाई सिधा अगाडि फैलाउनुस् । मान्छेले हात केहि पाउनको लागी फैलाउने गर्छ। हात फैलाउनु भनेको लामो हात गर्नु हो र लामो हात गर्नु भनेको अनुचित फाइदाको लागि तयार हुनु हो। हात माग्नको लागि पनि फैलाउने गरिन्छ। मानवजीवन सकेसम्म दिनको लागि हो, दानको लागि हो, लिनको लागि होइन। हात फैलाउनु भनेको लोभ, मोह र कामको फैलावट हो।
अभिव्यक्तिको दोस्रो लाइन भन्छ: बेस्सरी मुट्ठी कस्नुस्। मुट्ठी कस्नु भनेको क्रोधित हुनु हो। अरुमाथि जाइलाग्न गरिने तयारी हो। असन्तुष्टिको पराकष्ठा हो। मुट्ठी कस्नु भनेको कर्ताभाव जागृत हुनु हो। कर्ताभाव जागृत हुनु भनेको ‘मै जान्ने’, ‘मै सुन्ने’ र सम्पूर्ण संसार मेरो नियन्त्रणमा छ भन्ने आडम्बरले छोपिनु हो। दुर्योधनले हस्तिनापुरलाई पूर्ण नियन्त्रणमा राख्न खोज्दा आउने परिणामलाई भोग्नु हो।
क्रोधको मनोविज्ञानलाई गीताले राम्रोसँग प्रस्ट्याएको छ। गीता भन्छ, “क्रोधाद्भवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: । स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति” (२-६३)। अर्थात् रिसले चरम मूर्खता निम्त्याउँछ, मूर्खताले स्मृतिमा भ्रम निम्त्याउँदछ, स्मृति भ्रमले बुद्धिको विनाश गराउँछ, र बुद्धिको विनाशले मानिसलाई सर्वनाशको बाटोमा पुर्याउँछ। सरल भाषामा भन्दा मुट्ठी कस्नु भनेको सर्वनाशलाई जीवनमा निम्तो दिनु हो।
अभिव्यक्तिको पहिलो र दोस्रो लाइनबाट हामी के थाहा पाउँछौ भने काम, लोभ र क्रोधलेले मान्छेलाई नर्कमा धकेलिदिन्छ। कृष्ण भन्छन्, “त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन: । काम: क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ” ( १६-२१) । अर्थात् काम, क्रोध र लोभ – यी तीन नरकका ढोकाहरू हुन् जसले मनुष्यको बिनाश गर्दछ। तसर्थ, यी सबैलाई त्याग्नु पर्छ। यसबाट के बुझिन्छ भने नर्क भनेको कुनै भौगोलिक स्थान होइन, यो मानसिक अवस्थाको उपज हो।नर्कका यी तीन अवस्थालाई त्याग्नुनै स्वर्गको प्राप्ति हो।
अभिव्यक्तिको तेस्रो लाइन छ : मुट्ठीले हातको विभिन्न भागमा तनाव पैदा गर्छ। मान्छेले केही पाउने लोभ र केहि गुम्ने डरमा मुट्ठी कसेको हुन्छ, जसको परिणामस्वरुप तनावको सृजना हुनपुग्छ। मुट्ठीबाट प्राप्त बस्तुलाई मान्छेले बेस्सरी मुट्ठी कसेर संसार भोग्न चाहन्छ। यसको अर्थ उसमा भोक्ताभावको मनोविज्ञान पैदा हुन्छ। गीताले सहज तरिकाले भनेको छ: कर्ताभाव र भोक्ताभावनै तनावका लक्षण हुन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” (२- ४७) । यी भावहरु मनमा बढ्दै गएपछि अहिलेको भाषामा भनिने डिप्रेसन शुरु हुन्छ। गीताको शुरुवातनै अर्जुनको डिप्रेसन अर्थात् बिषादबाट हुन्छ। कृष्णले कर्म, ज्ञान, भक्ति, योग र ध्यानजस्ता बिधिले अर्जुनको डिप्रेसनको उपचार गरेको मनोवैज्ञानिक चर्चानै गीता हो। यस अर्थमा जसले कर्मफलको आशा राख्दैन, त्यो नै सहि अर्थमा सन्यासी हो जसको मननै शान्तिको घर हो । घर, परिवार र समाज छोडेर जंगलमा गएर एक्लो जीवन व्यतित गर्नु मात्र सन्यास होइन। सन्यास भनेको कर्म नगर्नु भन्ने पनि होइन, बरु कर्मफलको आशा नगर्नु हो।
गीतामा लेखिएका कुराहरु ज्ञान हुन् भने यसलाई व्यवहारमा उतारेर जीवनलाई सरल र सहज बनाउनु विज्ञान हो। उहिलेका ऋषिमुनिले ज्ञानको उत्पादन मात्र गर्दैनथे; त्यसलाई बिज्ञानमा ढाल्थे। त्यसैले उनीहरु परमानन्दको अनुभूति गरिरहन्थे।
अब अभिव्यक्तिको चौथो लाइनमाथि चिन्तन गरौँ: कस्सिएको मुट्ठीलाई बिस्तारै छोडिदिनुस्। भन्नुको अर्थ कुनै पनि चरमताको बिन्दुबाट नरमताको बिन्दुमा रुपान्तरण क्रमिक र बिस्तारै हुनुपर्छ किनकि यो दीगो हुन्छ। मुट्ठी बिस्स्तारै खोल्दै जाँदा शरीरभरि आनन्दको भाव संचारित हुन्छ किनकि यो बिन्दुमा हामीले कर्ताभाव र भोक्ताभावलाई छोडेका हुन्छौँ । क्रोध, मोह, लोभ, अहंकार छोडेका हुन्छौँ । यहाँनेर हामी मुट्ठीरुपी सानो चित्तबाट विराट चैतन्यमा पुगेका हुन्छौँ । यसको प्राप्तिनै परमात्माको प्राप्ति हो।
अभिव्यक्तिको अन्तिम लाइन भन्छ: यो (हात खुला राख्नु) नै समर्पण हो, यो नै सरेन्डर हो। म थप्छु, यो नै जीवनमा आवश्यक भक्तियोग हो। गीताको एक महत्वपूर्ण जग भनेको भक्तिको मार्ग अर्थात् भक्तियोग हो। मेरो विचारमा भक्ति भनेको राम वा कृष्णको नाममा भजन गाउनु मात्र होइन। यसको प्राथमिक पक्ष भनेको स्मरण गर्नु हो। ‘म को हूँ’ भनेर स्मरण गर्नु। स्मरणले खोजीको बाटोलाई चाक्लो बनाउदै लैजान्छ र एक समय त्यस्तो आउछ कि मान्छेले आफु ‘को हूँ’ भनेर चिन्दछ । यहि ‘स्व’ को प्राप्तिनै परमात्माको प्राप्ति हो। कृष्ण भन्छन्, “स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह:” (३-३५)। अर्थात् अरुको बाटो पछ्याएर जिउँनुभन्दा आफ्नो स्वधर्मको बाटोमा मर्नुनै श्रेष्ठ हुन्छ।गीताको शुरुवात ‘धर्म’ र अन्त्य ‘मम’ शब्दबाट हुन्छ। यसको अर्थ ‘मेरो धर्म’ अर्थात् स्वधर्म भन्ने बुझ्न सकिन्छ।
स्मरणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मौनता, शान्ति वा शून्यता हो। जस्तै तपाईँले कुनै कुरा भुल्नु भएको छ भने त्यसलाई सम्झनको लागि शान्त रहनु पर्छ र मन शान्त भएपछि बिस्तारै सम्झँदै जानुपर्छ। यस्तो गरिएमा भुलेका कुरा बिस्तारै स्मृतिमा आउँछन् । यहि स्मरण वा भक्तिलाइ कृष्णले अकर्म भनेका छन्।
खुल्ला हातका औंलाहरुले आफ्नै गतिमा गर्ने कर्म भनेको बिकर्म हो। यहाँ न त कर्ताभाव हुन्छ, न त भोक्ताभाव नै। यही ज्ञान प्राप्त गर्नु भनेको ज्ञानयोगको ढोकामा प्रवेश गर्नु हो। अर्थात् मुट्ठी कस्नु अज्ञानता हो र औलाहरु सहज स्थितिमा छोडिदिनु ज्ञान हो। गीता भन्छ, अज्ञानता नै पाप हो र ज्ञान नै धर्म। त्यसैले कर्म गर्दा मुट्ठी कस्नु भनेको कर्मफलको आशक्ति प्रदर्शन गर्नु हो भने हात र औंलाहरु खुल्ला राख्नु निष्काम कर्म हो जसलाई अकर्म भनिन्छ। त्यसैले हात खुल्ला राखौँ; आउने-जाने भइनैरहन्छ। आउनु-जानुले जीवन जीवन्त छ भन्ने अर्थ बोकेको हुन्छ। मुट्ठी कस्नु भनेको ‘आते -जाते’को गति बन्द हुनु हो र गति बन्द हुन् मृत्यु हो।
यी माथिका गितासँग सम्बन्धित केही अनुच्छेदहरु ग्यानवर्दक पाएकोले टिपी पौडेलको लेखबाट जस्तातस्तै उहाँकै भाषामा साभार गरेको छु। यो सबैको लागि ग्यान वर्षको भएकोले एक पटक हेर्नुहोला र फ्राइडेनियन मनोविश्लेषणलाई गिताको आधारमा बुझ्ने कोशिस गर्नुहोला।
अव तपाई हामी मुट्ठी कस्ने भनेको कर्म गर्दा कर्मफलको आशक्ति प्रदशन गर्नु हो अर्थात् आतेजातेको बन्द गर्नु हो । आतेजातेको गति बन्द गर्नु भनेको मृत्यु वरण नै हो।
मुट्ठी खोल्नु भनेकाे हात र औंलाहरू खुला राख्नु भनेको निष्काम कर्म हो। यसले जिवन जीवन्त रहेको संकेत गर्छ।
त्यसैले नेपाली जनले आफुले पाउँदा ठिक र अरुले पाउँदा बेठीक भन्ने पनबाट बाहिर निस्कन पर्यो। हिजोको दिनमा सामन्ति भन्ने क्रान्तिकारी नेताहरु आजको दिनमा आएर उनीहरुलाई नै सामन्ती भनिएको छ। किन?
No comments:
Post a Comment