२०७९/०६/१९
२०७९ को दशैं टिका बिना नै सम्पन्न। मानिसको भोगाइ समय अनुसार फरक-फरक हुँदोरहेछ। चाडपर्व र सामाजिकिकरण गाँउमा नै वढी देखिन्छ। शहर त करिव करिव संस्कार र संस्कृति मेटाउने स्थलको रूपमा पहिचान बनाउँदै छ। एकले अर्कालाई चिन्दैन। चिन्नु पनि कसरी। ने खेल्ने आँगन वा चौर न छन जहाँ सानो वाला उमेरदेखी भेला भएर खेल खेल्न सक्छन्। न आफ्ना आफन्तसँग भेटघाट नै हुनेगर्छ।
वाल बालबच्चाहरुलाई चराचुरुङ्गी को चिरचिरावट, पानीको कलकलावट आदिको पहिचानको लागि सुन्दरीजलसँगको पहिलो भेट। गाउँको परिवेश बालबालिका राम्रो देखिन्छ। धेरै कुराहरु उनीहरू देखेर, सुनेर र भोगेर सिक्न सक्छन्। धेरै चराचुरुङ्गी, जनावर, फलफूल, अन्नपात, खेतीपाती, पर्म, घरायसी औजार आदिको पहिचान सहजै पाउनसक्छन्। जातजाति, खोलानाला, जंगल, भिरपाखा, विभिन्न प्रकारका घाँस आदिको पहिचान हुन्छ। दहीमोथ्दा प्रयोग हुने साधन, हलो जोत्दा चाहिने सामग्री, भारी बोक्दा प्रयोग हुने सामग्री आदिको ग्यान सजिलै लिन सक्छन्।शहर आधुनिक सामग्रीको उपयोग गर्ने स्थानको रुपमा चिनिन्छ भने गाउँले जीवन सरल र प्रकृति प्रेमी, र सामाजिक भावनामा बेजोडको साथ लागि आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन्। त्यसैले पनि समय मिल्दा बालबालिकालाई वैज्ञानिक उपकरण र घरायसी औजारहरूको पहिचान गराइदिनु पर्छ। त्यस्तै प्रसंगमा हाम्रा बच्चाहरू उकाली ओराली हिडाइको अनुभव गर्दै।
No comments:
Post a Comment