२०७९/०४/१९
सामुदायिक विद्यालयमा शिक्षकले सामुदायिक विद्यार्थीलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पर्छ। किनकि भन्ने गरिन्छ:
१. सामुदायिक विद्यालयमा गरिब परिवारका विद्यार्थीको उपस्थित मजबुद छ भन्ने गरिन्छ र उनीहरूलाई गरिबको चस्माबाट हेर्ने गरियो। झट्ट हेर्दा सत्य हो तर गहिराइमा हेर्ने हो भने त्यसो भन्न मिल्दैन र पाइदैन किनकि प्रत्येक सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको लागि तीनै विद्यार्थी अन्न दाता हुन। ती विद्यार्थीको उपस्थित छ र विद्यालय छ, विद्यालय छ र सरकारले शिक्षकको नियुक्ति गरी त्यहाँ पठाँउछ। अनि उनीहरुमा कपि , कलम नभएको कारणमा गरीब भन्न पाइदैन। उनीहरूको लागि केही विकल्पको बाटो खोज्नुपर्छ।
२. शिक्षक आफ्नो क्षमता माथि विश्वास नगर्ने आफ्नो बच्चालाई संस्थागत विद्यालयमा पठाउने र उनीहरू माथि प्रश्न उठाउनको साटो कसरी कपि कलमबाट बन्चित विद्यार्थीलाई सो को उपलब्ध विद्यालयमा नै कसरी गराउन सकिन्छ। त्यतातर्फ सोच्नुपर्दैन र?
३. जो शिक्षक आफ्नो क्षमता माथि विश्वास गरिरहेको छैन, उही फेरी विद्यालयमा कसैलाई उक्साहटमा लगाई विद्यालयको प्र. अ बन्नको लागि जमर्को गर्छ। आफै माथि विश्वास नभएको शिक्षकले समग्रमा विद्यालय र विद्यार्थीको हित कसरी गर्न सक्छ? सोच्नु पर्दैन?
४. शिक्षकको नेता हुँ भन्दै योग्यता नै नभएको व्यक्ति दबाब दिन खोज्छ। त्यो शैक्षिक अपराध होइन र?
५. अव प्रत्येक शिक्षकले भन्न र सम्झाउन कोशिस गर्नुपर्दैन न त: बाबु / नानि हेर न तिम्रो अक्षर राम्रो छ नमिलेको उत्तर हो , यसरी लेखन भनेर मायाको भावले हेरौं त परिवर्तन कति हुँदोरहेछ।
६. बच्चाको बानी अन्जानमा नै खराब हुन सक्छ; जस्तै घरमा बाबा आमाले चुरोट पिएको देख्छ , कहीँ कतै शिक्षकले पनि तानेको देख्छ। बच्चाको दिमागमा चुरोट तान्नु भनेको पुज्य व्यक्तिले गर्ने हो भन्ने लागेको हुनसक्छ। उनीहरूलाई शिक्षकले बुझाउन पर्दैन, चुरोट पिउनहुदैन भनेर? अनि विद्यार्थीलाई गलत तरिकाले मुल्याङ्कन गर्ने अधिकार छ र?
७. शिक्षकलाई विद्यार्थीले बोलेका केही शब्द अपाच्य हुनसक्छन्। र उसलाई गाली गर्नको सट्टा यसरी बोल्नु नराम्रो हो भनेर सम्झाउने कोसिस गरेमा परिवर्तन हुदैन र? विद्यालय भनेको नै गलत आचरण लाई त्याग्न लगाई असल वानि विकास गराउने स्थलको हो नि हैन र? विद्यार्थीलाई सत्मार्गमा हिडाउने कार्य चाहिँ शिक्षकको हो नि , हैन र?
८. धेरै समस्याको समाधान शिक्षकसँग हुँदाहुँदै दोष अरु माथि थुपारिएको छ, हैन र?
९. विद्यालयमा शिक्षक उपस्थित हुँदाहुँदै कक्षा कोठामा अध्यापन गर्न नपाठाई प्र. अ. को कार्य , कक्षा सञ्चालन भैरहेको बेलामा शिक्षकलाई गर्न लगाउनु कत्तिको न्यायोचित हो, सोच्नुपर्दैन?
१०. कक्षा कोठामा शिक्षक ढिलो पुग्दा केही नहुने तर विद्यार्थी शौचालय गइ कक्षामा प्रवेश नदिनु, विद्यार्थीलाई कक्षा वाहिर राख्नु असल शिक्षक भित्र पर्छ कि पर्दैन?
११. एक्काइसौं शताब्दीमा शिक्षक दण्डबाट विद्यार्थीलाई सुधार गर्छु भन्दै गर्दा उ गलत मार्गमा छ कि छैन, सोच्नुपर्दैन?
१२. विद्यालयमा पद खोज्ने विद्यार्थीको पठनपाठनमा वास्ता नगर्ने विद्यालय नेतृत्वलाई के भन्ने?
१३. विद्यालयमा गुटबन्दी गरी आफ्नो काम हत्याउन खोज्ने शिक्षकलाई के भन्ने?
१३. विद्यालय शिक्षा ऐन तथा नियमावलीनो आधारमा चल्ने कि निति , नियमलाई लत्याइ बल मिचाइ गर्न खोज्ने?
१४. माद्यमिक विद्यालयको नेतृत्व लिनको लागि मावि स्थायी शिक्षक हुन पर्दैन?
१५ . जुन माद्यमिक विद्यालयमा स्थायी मावि शिक्षकको छैनन, ती विद्यालयमा शिक्षक को का. स.मुमा अंक दिने अधिकार छैन। जसले गर्दा शिक्षकहरु पदोन्नति हुने अवसरबाट समेत बन्चित हुन्छन्, सम्बन्धित सबैले बुझ्नुपर्दैन?
१६. शिक्षक मित्रहरू पुज्य हुनको लागि हामी मालिक होइनौ र १० देखि ४ बजेको समयमा हामी स्वतन्त्र छैनौ। हामीले त्यो समय बेचेका छौं। जसको लागि बेचेका छौं, त्यसैको लागि सदुपयोग गर्नुपर्दैन?
१७. विद्यालयको प्रधानाध्यापकले कक्षा सञ्चालन विद्यार्थीले जानकारी गराउँदा समेत वास्ता गरिदैन भने त्यस्तो नेतृत्व विद्यालयको लागि उचित हुन्छ वा हुँदैन, सम्बन्धित सवैले बुझ्नुपर्दैन?
१८. सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सर , म्याम हजुरको बाबु नानी कहाँ पढ्छन् भनी सोधे र संस्थागत विद्यालयमा जवाफ दिदा किन नि भनेर जबाफ के दिने? सोचेका छौँ त? फेरी भन्दिन सक्छन्: हजुरले राम्रो पढाउनुहुदैन ?
ए त्यसो भने तपाईले पढाउने कक्षामा नपढ्ने भनिदिएमा विद्यार्थीलाई के जवाफ दिने?
१९. यो पेशा पैसा कमाउने स्थान होइन। यो त आत्म सन्तुष्टिको लागि सधैं कलिला विद्यार्थीको रोदन र मुस्कानमा हराउने स्थान हो।
त्यसैले प्रत्येक शिक्षकले आफुलाई तिखार्नुपर्छ, र नेतृत्वमा रहँदा पनि त्यस स्थानको लागि योग्य हो कि होइन, योग्यता क्रममा नभएको व्यक्तिले अनयासै रुपमा आफुलाई उतार्न खोज्छ भने, अनुशासन र कर्तव्यको शिक्षा दिने शिक्षक र शिक्षक र विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउने प्र. अ. समग्र विद्यालय, विद्यार्थी र शिक्षक प्रति उत्तरदायी हुनसक्दैन भने त्यसको विरोधमा आवाज उठाउनु विद्यार्थी, शिक्षक, अभिभावक सबैको नैसर्गिक अधिकार भित्र पर्दछ। सबैले सबैको अधिकार सहीरुपमा प्रयोग गर्नु पर्छ। अन्यथा शैक्षिक क्षेत्रमा धान्नै नसकिने भुइँचालो आउँछ।
नेपाल बिग्रिएको शिक्षाले नै बाटो बिराएर हो। शिक्षामा सुधार आजको आवश्यकता हो। मलाई महशुस भएको छ - यहाँ लेखिएका केही शब्दले मानवीय तथा शैक्षिक समाजमा देखिएका विकृतिलाई कोट्याउँदै गर्दा कोही कसैलाई इंकित गरिएको छैन। यदि तपाईंलाई यस्तो लाग्छ भने संयोग मात्र हो है। संयोगकाे दृष्टान्तमा छटपटीने अवस्था आएको छ भने तपाईले आफैंलाई सोध्नुहोस - के तपाईं स्वस्थ्य हुनुहुन्छ त?
No comments:
Post a Comment