Monday, October 10, 2022

नेपाल विद्यालय कर्मचारी परिषद माइतीघर मण्डलामा

 

शिक्षक महासंघ, संघ, संगठन र अन्य शैक्षिक संगठन कता छन्?
नेपाल विद्यालय कर्मचारी परिषद माइतीघर मण्डलामा धर्नामा बसीरहेका छन। नेपालका अधिराज्य भरिका सामुदायिक विद्यालयका केन्द्र नै उनीहरु हुन। उनीहरूको जमात कम छ, नेपाल सरकारले आफै बुझ्नुपर्ने हो । हो सरकारलाई थाह भएन होला किन कि सरकारमा राजनैतिक व्यक्तिहरु छन र विद्यालयमा को कसलाई राष्ट्रिय ढुकुटीबाट तलब खुवाउँछ होला भनेर । किनकि करिब करिब सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढ्न पठाउने नेता र विद्यालय अध्यापन गर्ने शिक्षकले समेत आफ्नै कर्मस्थलोलाई उपेक्षित गरेको अवस्था छ। जब उनीहरुको उपस्थित विद्यालय असल नियतमा हुँदैन यी कुराको ग्यान कसरी हुने? ल यो त उनीहरुलाई थाह भएन दिनदिनै खानापस्केर दिने भान्छे आमा के खादैछन, र सवैको वस्ने ठाउँ विद्यालयको सरसफाइ गरिदिने ती सबै सेवकको वारेमा त शिक्षकको नेतृत्वलाई त थाह हुनैपर्छ। र त्यसैले उनीहरूको बारेमा बोलिदिनै पर्छ।

किन शिक्षक महासंघ र अन्य शिक्षकका संघ संगठनहरु भन्न सक्दैन :
प्रत्येक सामुदायिक विद्यालयका भान्छेआमाहरु जसले सबैको हिसाब किताब दुरुस्त राखिदिने महिनामरेपछि सबैको तलब पठाइदिने र समग्र विद्यार्थीको नतिजा देखि अन्य प्रमाण पत्र तयार पारिदिने आमाहरु तपाईंहरु भोकै काम गर्दै हुनुहुन्छ र सेवकहरु सरसफाई देखि समयको बोध गराइ एक कक्षा देखि अर्को कक्षा सम्म घण्टी ठोकि पठाउने काम गर्नुहुन्छ चिन्ता नलिनुहोस हामी तपाईंको मुखपत्र बनिदिनेछौं भनेर?

उहाँहरुको लागि बोलिदिनुपर्दैन?
शिक्षकलाई त थाहा छ नि:
उनीहरुको न दरबन्दी छ, न इस्ताइतो छ ,
छत
एक चौथाई पेट भरेर सबै भन्दा धेरै काम गर्नुपरेको छ।
शिक्षकलाई इस्ताइतो चाँहिदाखेरी उनीहरूलाई चाँहिदैन?

आदरणीय शिक्षक नेतागणज्यू,

विद्यालय कर्मचारीको माग पूर्ति गराउने काम तपाईंको हो।
कर्मचारीलाई विद्यालयमा नै राखी उनीहरूका मागको सम्बोधन गर्नको लागि मुखपत्र बनिदिनोस। नेपालका पूर्व मेची देखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका १३५००/- रुपैयाँ मासिक तलब बुझ्ने र त्यसभन्दा पनि कम रकम बुझ्ने सहयात्री साथीहरु योद्धाको रुपमा माइतीघर मण्डलामा आउदै गर्दा कति खर्च भयो होला के खाए होलान बुझ्नुपर्दैन?

फेरि भन्नैपर्छ शिक्षक महासंघका केही पदाधिकारी त काजमा राजधानीमा रही विद्यालय नटेकिकन पन तलब पाउनुहुन्छ भने यो सरकारसँग पुर्याइ सेतुको काम गर्नुपर्दैन?

शिक्षक र विद्यालय कर्मचारीको सेवा सुबिधाको बारेमा शिक्षाको गुणस्तरको बारेमा र समग्र नेपालको शैक्षिक गुणस्तरको वारेमा खाका कोर्न सकिदैन भने शिक्षक महासंघको नेता बनेर हिड्ने हैसियत पनि रहदैन, हैन र?
त्यसैले भन्नै पर्छ:
नेपाल शिक्षक महासंघ तुरुन्तै यसै क्षेण देखि नेपाल कर्माचारी परिषदका माग पुरा गराउनको लागि माइतीघर मण्डलामा मात्र हैन शिहंदरबारमा शिंहको गर्जन निकाली समग्र माग पुरागराउनको लागि हनुमानको हुँकार बोकेर शिंहदरबार छिर्नको लागि अपिल गर्दछु।

कर्मचारीका मात्र होइन वाल शिक्षक देखि मावि सम्मका सबै तह र तप्काका शिक्षकको मागको पनि सुनुवाई हुनैपर्छ।

महासंघ बुझ्नुहोस्:
केही पदाधिकारीसँग खिचाइएका फोटोको केही अर्थ छैन, अर्थ हुने कार्य गर्नुहोस।
शिक्षक र विद्यालय कर्मचारीको अधिकारको लागि अनुनय होइन दबाब दिनुहोस्।
शिक्षक नेताको बोलिमा त शस्त्रको भन्दा धेरै गुणा बल हुनुपर्छ। माग पुरा गराउन मैन गौतमको जस्तो मुस्कान वा क्रोध रौद्र रुपमा पुग्नोस। जसरी भएपनि शिक्षक र कर्मचारी सडकमा रोदन गरेको राम्रो हुदै होइन । बुझ्नुहोस् !
रोदन र विलापले तपाईंहरुको कार्यकाल स्थानीय तहको समिति पनि गठन गर्न नसकेकाे दाग यसैबाट मेटाउदै आवश्यक परे शिक्षक बोलाउनुहोस र समग्रको माग अध्यक्ष र महासचिवको मात्र होइन सबै को लागि दबाब बन्नुहोस्।
नेपाल सरकारले बुझ्नुपर्दैन :

देशमा प्रजातन्त्र र गणतन्त्र आएको छ भनेर?
गणतन्त्र र प्रजातन्त्रमा समानता पनि हुन्छ भनेर?
कोही पनि अन्यायमा परेका छन भने उनीहरुको अप्ठ्यारोलाई उनीहरूका जनप्रतिनिधिले सम्बोधन गरिदिनुपर्छ भन्ने कुरा?
तीनै जनप्रतिनिधिले नै सरकार बनाउने हो भने उनीहरुको कुरो सुनिदिनु पर्दैन?

अन्तमा समग्र नेपाल कर्माचारी परिषदका माग पुरा गराइ समग्र विद्यालय कर्मचारीलाई सडकमा होइन विद्यालय पठाउ।

सरकार अन्धो र बहिरोको रुपमा नरही नेपालको संविधानले प्रदान गरेको समानताको हकलाई समग्र रुपमा अनुभुति गर्ने अवसर सामुदायिक विद्यालयमा कार्यरत सबैले गर्न पाउन। उनीहरुको माग तुरुन्तै पूरा गरिदिनको लागि एक शिक्षकको हैसियतमा नेपाल सरकारसँग जोडदार रुपमा माग गर्दछु।

गल्तिमा क्षेमा
चन्द्र कान्त पण्डित
पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल
९८५११४८३७९

No comments: