Monday, October 10, 2022

खोइ गणतन्त्र?

 २०७९/०५/१७

खोइ गणतन्त्र?
नेपाली जनतालाई राजनैतिक दलले सधैं पिडामा राखे। पिडामा सबै भन्दा घातक विश्वास घात । आज राजनैतिक दलले नेपाली जनतालाई विश्वास घात गरेका छन्। उनीहरूले ठूला सपना देखाए जनतालाई तर आफ्नो मात्रै सपना पुरा गरे। आफ्ना आफन्तहरुलाई सबै कुरा दिए। तर पनि नेपाली जनमा निरासा भरिदिए। सामान्य मानिस कसैले गरेको विश्वास घातमा तड्पिन सक्छ, आकाशै खसेजस्तो लाग्न सक्छ तर जव त्यही मानिस लोभ, मोह, क्रोध र अंहकाारबाट निस्कन्छ उसलाई त्यही सामान्य लाग्दछ। किनकि उ जिएकै कर्मको लागि हो, उसलाई यसको आभाष हुन पुग्दछ।तर पनि नेपाली नेतृत्वमा यो किन पुरा हुन सकेको छैन?
वचन दिनेहरुसँग हैन कर्म गर्नेसँग हात फिजाउनु ठिक छ। हातेमालो पनि उसैसँग गर्नुपर्छ। कृष्ण भगवान भन्नुहुन्छ पापको घडा नभिरिन्जेलसम्म मानिस कुकर्म गर्दै जान्छ, जव पापको घडा भरिन्छ त्यसको अन्त हुन अनिवार्य हुन्छ। चाहे त्यो कंस बधको वेला होस वा कालयवनको अन्त्यको बेलाहोस भगवान् कृष्णले भन्ने गर्नुहुन्थ्यो। नेपालका प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको वयानले करिब यीनै कुराको पुष्टि गर्दछ।
आज करिब ठिक त्यही भएको छ: मानव समाजमा जव अधर्मीहरुको राज चल्दछ, अत्यचार बढ्दछ। जब अत्याचार बढ्दछ, भगवान् कुनै न कुनै रुपमा उपस्थित भइ अत्याचारको ठेगान लगाइदिनुहुन्छ। अति अन्याय बढेपछि George Orwell को Animal Farm का Animals ले त विद्रोह गरेका थिए भने मानिस त किन चुप लाग्छ र?
आज कहीँ कतै पापको घडा भरिनलागेको जस्तो अनुभुति हुन्छ। त्यसैले दिनानुदिन नेपाल उदोगतिमा छ। देशको उधोग धन्दाहरु रुग्णगतिमा छन् भने जताततै अराजकता नै अराजकता मौलाएको छ। ३ वर्षमा ३०० दिन त्रिभुवन विश्वविद्यालयमा ताला लाग्छ भने त्यहाँ के हुदैछ? किन हुदैछ यस्तो? समाधान खोज्नुपर्दैन?
सामुदायिक विद्यालय पनि त्यस्तै अवस्थामा देखिएकाे छ। SEE को ग्रेड वृद्धि परीक्षामा उत्तरपुस्तिका परीक्षण गर्दैगर्दा सामुदायिक विद्यालयमा त गरिब बालबच्चा मात्र पढ्न आँउछन् अनि कसरी नतिजा राम्रो आँउछ? सामुदायिक विद्यालयमा पढाउने शिक्षकको भनाइ रह्यो। कति बिडम्बना छ? खोइ ती शिक्षकहरुले आफ्नो क्षमतालाई बुझेको। आफुमाथि विश्वास भएको भए त यस्तो भन्दैनथिए होलानि? बोल्दैगर्दा आफ्नो शब्दले आफैंलाई जिस्काएको अनुभुति त गर्नुपर्नेहो नि , हैन र?
आखिर गणतन्त्रको बन्दाम गर्नको लागि किन अगाडि बढ्दै छ राजनैतिक दलहरु। नेपाली जनले कहिले अनुभूति गर्ने हो त असलि गणतन्त्रको? हे नेतागणहरु मानिस मर्नैपर्दछ। धन थुपारिएमा आफ्नो सन्ततिहरु कर्मशील बन्न सक्दैनन्। करिब पैंसाको मुल्य थाह पाउनु पर्ने अवसर त देउ। चोलेन्द्र शमशेरको वयानले धेरै ठूलो प्रश्न उठाइरहेकाे छ। अव त साबधान हुनेहोकि?
Surya Kanta Pandit, Rajesh Adhikari and 8 others

No comments: