Monday, October 10, 2022

सम्बन्धित सबैलाई बधाई!

 २०७९/०४/२६

सम्बन्धित सबैलाई
बधाई
!
तपाईं मान्नोस वा नमान्नोस!
पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल, काठमाडौंका विद्यालयका बीचमा गरिएका प्रतिस्पर्धामा कुनै न कुनै रुपमा पुरस्कृत भैरहेको अवस्था छ। शान्ति विद्यागृह लैनचौरले आफ्नो हिरक जयन्ती मनाउने क्रममा काठमाडौं महानगरपालिका स्तरीय कक्षा ९र १० विद्यार्थीहरुको बिचमा गरिएको प्रतिस्पर्धामा नेपाली र अंग्रेजी विषयको निबन्ध लेखन प्रतियोगितामा पशुपति मित्र माध्यमिक विद्यालयका कक्षा ९ का छात्राहरु:
प्राचि ठाकुर नेपालीमा र
प्रगुण पण्डित अंग्रेजी
निबन्ध लेखन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएका छन। ती दुबै छात्रालाई आत्मैदेखि मुरी मुरी
बधाई
र आउँदा प्रतिस्पर्धामा अब्बल हुनसक्ने क्षमता माता सरस्वतीले प्रदान गर्नुहुनेछ भनि पुकार गर्दछु।
प्रतिस्पर्धामा सामेल भइ विभिन्न स्थान प्राप्त गर्ने विद्यालय र तीनका मेधावी छात्र तथा छात्रालाई
बधाई
र सहभागी भइ कुनै स्थान प्राप्त गर्न नसकेका छात्र छात्रालाई पनि आगामी दिनमा सफलताले चुम्नसकोस भनी मंगलमय शुभकामना व्यक्त गर्दछु।
विशेषत शान्ति विद्यागृह मावि लैनचौरलाई ह्रदयदेखि नै धन्यवाद यस अर्थमा व्यक्त गर्दछु कि काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयका विद्यालय र विद्यार्थीहरुलाई बोलाइ निबन्ध लेखन प्रतियोगिता गराइ विद्यार्थीहरुलाई आफ्नो सामर्थ्यको पहिचान गर्ने अवसर दिलाइदिनुभएकोमा। एक शिक्षकको नाताले आभारी छु।
पुन सम्बन्धित सबैमा
बधाई
तथा धन्यवाद र आगामी प्रतिस्पर्धामा सफलताको शुभकामना।

No comments: