२०७९/०६/१३
लेखन स्थान- गजुरी देखि बाग्लुङ रुकुमकोट जादै गरेको बसमा
लोभले लाभ, लाभले विलाप
काठमाडौं देखि पोखरा जाने क्रममा सिफलदेखि कलंकीसम्म संयुक्त यातायातमा चढी १:१५ तिर पुगे र पोखराको लागि गाडीको पर्खाइमा थिए। पोखरा जाने हायसमा चढे। बसमा चढ्ने बेलामा नै भाडा रु ८००/- भनेर भनेपछि मैले पोखरा जानको लागि गाडीमा चढेर सोच्नथाले भाडा त्यति होइन, किन बढी लिएको होला । चाडपर्वमा कहिले होला संस्कार बदलिने। व्यवशाय फाइदैका लागि हो तर त्यो व्यवशायमा सेवाको भाव कहिले जोडिने होला।यो सत्य होकि जव मानिस लोभ गर्न थाल्छ, किन कही विनास भैहाल्छ। मैंले सुमित बराल सानो १० वर्षको बच्चा साथमा लिएर पोखरा जादै थिएं। दुबै जनाको भाडा तिरेर मनमा कुरा खेलाउदै बसे। जहाँ गए पनि सार्वजनिक रूपमा परिवर्तन गर्नुपर्ने स्थान धेरै छन्। निति नियम ऐन कानून निर्धो र कमजोरलाई मात्र भएको छ। साचो क्रान्ति कहिले हुनेहोला नेपालमा। राजमार्ग रहेका खाजा घर र खानाघरले पनि निकै महंगो लिने गर्दछन्। उनीहरुलाई कसले सेवाको भाव जगाउने होला?
सामान्य रुपमा बोतलको पानी रू २० मा जहाँतही पाएपनि राजमार्ग रु ३० लिने गर्दछन्। त्यस्तै गरी चिया रु २०/२५ दिने चिया रु.३० देखि रु ८० सम्म तिर्नुपर्ने वाध्यता छ। काठमाडौंका विद्यालयका क्यान्टिनमा रु ८० मा खुवाउने भेज खाना राजमार्ग मा रु २५० भन्दा कममा पाइदैन। प्रत्येक प्याकेट वस्तुहरू पनि प्याकेटमा टाँसिएको मुल्यमा पाइदैन। यात्रामा निस्किएका मानिसहरूलाई सम्पूर्णले सेवामा सन्तुष्टि दिलाई सेवाको मुल्य लिनुपर्ने हो। तर त्यस्तो कहीँ पाइदैन। प्रत्येक स्थानमा स्थानीय सरकार छ। स्थानीय सरकारले यी कुरामा ध्यान दिनु पर्ने हो। तर दिइराखेको छैन।
प्रसंग फेरी हायसको। म चढेको हायसले यात्रुसँग बढी पैसा उठायो तर नागढुङ्गा चेकपोष्टमा ट्राफिकलाई जरिवाना तिरे। फेरी सुरुङमार्ग कटेपछि गाडि बिग्रियो। करिब ४५ मिनेट खर्चेपछी गाडि तयार भयो। सबै यात्रु चढ्यौं। आधा घण्टा कुदेपछि बस फेरी विग्रियो। केही सिप नलागेपछि सबै यात्रुहरुलाई पोखरा जाने बस र माइक्रो बसमा राखेर पठाउने काम भयो। मलाई लाग्यो हामी ले सुन्ने भनाई त्यतिकै चलनचल्तीमा आएका रहेनछन्। सुन्ने गरिन्छ - लोभले लाभ लाभले विलाप। पुरै भोगियो। तर त्यो हायसका चालक र सहचालकको विवेकको द्वार खोलियो वा खोलिएन।
त्यस्तै गरी लेखेको पाइन्छ देखेको पाइदैन। त्यो पनि आजै पुरा भयो। हायसमा आनन्दले यात्राना रहेको म पोखरा जानुनै थियो तर के गर्नु सिट त पाइएन। पोखरा हुँदै रुकुमकोट जाने बसमा सह चालकले चढाई दिनु भयो। तर के गर्नु बस्ने सिट थिएन। पि फर्म ओच्छ्याएको स्थानमा पलेटी कसेर बसे। यही समयको सदुपयोग गर्दै यही यात्रा विवरण प्रस्तुत गरेको छु।
काठमाडौं देखि पोखरा हुँदै बागलुङ कटेर रुकुमकोट जाने बसमा चढियो। यो बसको पनि चढेको आधा घण्टामा नै टाएर पङचर भयो। बसमा रहेकी एक बहिनीले मसँग रहेका बाबु सुमितलाई काखमा राखी उच्चकोटिको मानवता दर्शाउनुभयो र मैंले त्यसै क्षेणमा उहाँलाई हुर्काउने र ब्यबहारिक ग्यान दिने ती महान बाबु आमा र शिक्षा दिने गुरुलाई सम्झिए र मनैदेखि अपरिचित ती महान व्यक्तिलाई नमन् गरे। सोच्न वाध्य भए सबै नेपाली यी युवतीले झै Empthy मा डुब्न सकेमा त नेपालका द्वन्द्व समाप्त हुदै सम्वृद्धिको यात्रामा लाग्ने थियो।
जव दोस्रो बसको टायर पंङचर भयो, सबै यात्रु बसबाट बाहिर निस्कियौ। त्यहीसमयमा पिनाककल कलेजमा कक्षा १२ मा अध्ययनरत रसिली र बोलिवचनकि धनी पोशिस कुँवर बुर्तिवाङ बागलुङ स्थायी घर बताउने अंकल हजुरलाई अप्ठ्यारो भयो है भनी Sympathy देखाउनु भयो। फेरी अर्को यात्रु आकाश रसाइलीले आफु भिरमाा गइ भिरमौरीको मह काढ्न सवालको भिडियो, भोटे कुकुर , जंगली साग आदिको बारेमा जानकारी दिदै गर्दा निकै पुरानो पहिचान पृय भाइ भएको अनुभव गर्न पाँए। केही समय ढिला भएपनि आजको यात्रा अविस्मरणीय नै रह्यो। जीवन सिकाइको एक पाटो हो।
यदि म चढेको पहिलो बस नबिग्रको भए यी पृय र मिठासका धनी युवा, युवतीसंग भेट हुने थिएन। यो मेरो आलेख पनि तयार हुनेथिएन। मेरो रात्री बसको पिफर्ममा पलेटी कसेर गरिएको यात्रा पनि हुने थिएन्। त्यसैले केही नराम्रो कुराले पनि राम्रो पनि हुँदोरहेछ।
जसले जहाँ जसरी जे भने पनि जीवन भोगाइ नै हो। प्रत्येक राम्रा र नराम्रो क्षेणलाई पनि सकरात्मक रुपमा सोचियो भने जटिल जीवन पनि सरल नै हुन्छ। मलाई त यो अवसर जुटाइदिने हायस बसका चालक र सहचालक दुबैलाई धन्यवाद। तर याद गर्नुहोस् है जब गलत कार्य गर्नुहुन्छ - सजाय दिलाउन कोही अग्यात शक्ति आइपुग्दाेरहेछ।
त्यसैले बुझ्नुपर्छ - शक्ति, सम्पत्ति, र अवसर क्षेणिक हुन। यीनको पछि लाग्ने मानिस अर्थ भएर पनि अर्थहिन छ। गिताले भन्छ- प्रत्येक मानिस एक्लै र नाङ्गै जन्मन्छ र मृत्यु पनि एक्लै हुन्छ।
No comments:
Post a Comment