Monday, October 10, 2022

Blood donation

 २०७९/०६/०८

आजको दिन पनि फलदायी रह्यो।

धन्यवाद श्वेता श्रेष्ठ तपाईंको रक्तदान कार्यक्रममा मलाई पनि एक अतिथिको रुपमा निम्तनुभयो जसको फलस्वरुप आज काठमाडौं महानगरपालिकाका नगर उप प्रमुख सुनिता डंगोलसंग भेट हुने अवसर मिल्यो। त्यही क्षणमा काठमाडौं महानगरपालिका र समग्र नेपालको शैक्षिक समस्याको वारेमा जिग्यासा राख्नु थियो। समय मिलाएर भेट्ने अवसर जुटाइदिनुहोस भनी अनुरोध गर्ने अवसर प्राप्त भयो। आशा छ , उहाँले समय दिनुहुनेछ र नगरप्रमुख र नगरउपप्रमुखको साथमा रही शैक्षिक गतिविधिको बारेमा छलफलको लागि प्रर्खाइमा रहने छु।
यसरी नै जीवन बुझ्ने क्रममा जीवन रमाइलो माने रमाइलो छ दिग्दार माने दिग्दार नै छ। तर तपाईंको कुरो के हो मलाई थाहा छैन तर वस यति थाहा छ कि राम्रो र जटिल कार्यको नतिजा राम्रो नै हुन्छ। आजको केही क्षण बसन्तपुर डबलीमा रक्तदानका अभियन्ता स्वयता श्रेष्ठले Mega Blood Donation कार्यक्रममा मुख्य अतिथीको रुपमा १५८ पटक Blood Donation गर्ने एक रक्तदाता निता घिरैया, रेडक्रसका Director उमेश ढकाल, १०१ पटक रक्तदान गर्ने राजकुमार श्रेष्ठ अनि अर्को रक्तदाता सानुकुमार प्रजापति लगायत अन्य समाजसेवीको बीचमा आफुलाई उभ्याउन पाउँदा खुशी लाग्यो। कोही कसैले रक्तदानको कुरा गर्दा मैले पनि १९ पटक रक्तदान गरेको छु भन्दा दंग परेको मानिस १५७ पटक रक्तदान गरिसकेकि एक अभियन्ता आजको रक्तदानको उदघाटन नै उहाँबाट रक्तदान गरी १५८ औ पटक पुर्याउनु भएको रक्तदाता अगाडि भने म २० औं पटक रक्तदान गर्नेले भन्न केही हुदैन। रक्तदान जीवनदान।
आजको दिन धेरै समय पश्चात हामी दुई शान्ति र म पनि रातको वास सँगै भएपनि दिनभरी सँगै रहने अवसर दुर्लभ छ। त्यही दुर्लभ दिनमध्येको एक दिन आज रह्यो। अति व्यस्तताका साथ आजको दिन विताइ जिउने दिनको यात्रा कम गरियो।

No comments: