२०७९/०४/२७
शान्त र मधुर बोली, क्रोध र हुँकारकाे खेल विचित्र
क्रोध कदावी राम्रो लाग्दैन र हुँदैन पनि। तर कहिलेकाहीँ क्रोधले पनि अधर्मीहरुलाई अधर्मको बाटो अँगाल्नबाट रोक्दोरहेछ।
भन्ने गरिन्छ माया, मोह, क्रोधबाट सदैव टाढा रहनुपर्छ तर अभाव चाँहि प्राप्ति को माध्यम हो। जीवनमा प्रत्येक मानिसले अप्ठ्यारोमा कहिले शान्त र मधुर बोली, कहिले हुँकार र त कहिले रुद्ररुप पनि आवश्यक पर्दोरहेछ।
बालक ध्रुवलाई सौतेनी आमाले बाबाको कोखबाट हटाइदिदा उनले त्यसलाई अवसरको रुपमा लिएर र भगवान विष्णुको प्राप्तितिर लागे र आज अजर र अम्मर बनेका छन्। कहिलेकाहीँ कुनै व्यक्तिलाई अरुको कृपाको लागि अन्यायमा परेको छु भन्ने लाग्दालाग्दै पनि पदमा मरिहत्ते गरेको जस्तो सोच पनि देखिने हुँदा सर्हश रुपमा उसैलाई छोडिदिदा पनि कहीँ, कतै कुनै परिवेशमा ठूलो रुपमा दण्डित भएको देख्दा दया जाग्दोरहेछ र छोडिदिनेलाई लाग्दोरहेछ यदि त्यसै समयमा न्यायको लागि आवाज उठाइदिएको भए उ कहिल्यै नमेटिने अधर्मको मार्गको शिकार बन्ने थिएन्। कृष्ण भगवानले गुरु द्रोणाचार्यलाई भन्नुभएको थियो: गुरु यदि तपाईंले आफ्नो छोरा असोस्थामालाई सुरु देखि नै धर्मको मार्गमा अंगाल्ने बनाएको भए तपाईले अधर्मको मार्गमा हिड्नुपर्दैनथ्यो। त्यसैले कोही रिसाउँछ भने पनि कोही अधर्मको मार्ग रोज्दै छ भने उसलाई सत्यताको लागि सचेत गराउनै पर्दोरहेछ। भन्ने वा सुन्ने गरिन्छ: अन्याय गर्ने र सहन गर्ने दुवै दोषी हुन्। आज कसैको कल्याणको लागि भनेर अन्याय सहिदिदा मानिस अन्धो हुँदै जादोरहेछ। विगत बिर्सेर झन बढी गल्ति गर्दोरहेछ। यो यत्रतत्र सर्वत्र अनुभव गरिएको हुन्छ।
राक्षसहरु सधैं धन र शक्ति प्राप्तिको लागि उपासना गर्ने गर्दछन्।विध्धुतमाली राक्षसले तपको बलमा महादेवको त्रिशुल प्राप्त गरी त्यही त्रिशुल हनुमान र वाँदरसेना अन्त्य गर्नको रुद्को रुद्रांसमाथि नै प्रहार गरेका थिए। महादेवलाई उक्त राक्षसले छल गरिस भन्दा: महादेवले भन्नुभयो मेरै अंशलाई कसरी मेरै हतियारले अन्त गर्छ। त्यसैले भन्न सक्नुपर्छ सत्यलाई सत्यकै रुपमा बुझ्न सकेमा त्यो निराकारको खोजिको मार्ग हो, अथार्त प्रकृतिको मार्ग हो वा ब्रह्मग्यानको मार्ग हो वा सत्यको खोजीको मार्ग हो। त्यसैले पनि एक्लै हुँदा हुँदै पनि सत्यको मार्ग खोज्नुपर्छ, रोज्नुपर्छ र त्यही मार्ग नै हारेर पनि जित्ने मार्ग हो। हनुमानको रामभक्तिको कारण विध्धुतमालि राक्षसको अभेद्द महादेवबाट प्राप्त त्रिशुल पनि हनुमानकाे अगाडि अर्थहिन भएको थियो।
हुँकार र क्रोध कदापि राम्रो लाग्दैन। तर पनि विध्धुतमाली राक्षसको अन्त्य पछि निकुम्भले रामको योग्य र उनको अश्वोमेध यग्यको घोडालाई मार्नको लागि आमन्त्रित गर्दा हनुमानको हुँकार सहन गर्न नसकी फर्केका त कोहीले मृत्युवरण समेत गरेका थिए। धर्मको अर्थात् न्यायको रक्षाको लागि हुँकार पनि आवश्यक रहेछ। प्रल्हादलाई उनकै बाबा हिरण्यकशेपुले मार्नलाग्दा भगवान् विष्णुले नरशिंह अवतार लिनु भयो। जुन रुप अत्यन्त क्रोधले भरिएको थियो। कहिलेकाहीँ सरकार वा सम्बन्धित निकायको व्यक्तिसँग मधुर वाणीमा केही माग गर्दा सुन्दैन अनि क्रोध देखाएपछि तुरुन्तै पुरा गरिहाल्छ।
हो नि विषलाई विषबाट वचाउन विष नै चाहिदोरहेछ। यद्यपि क्रोध, मोह, हुँकार मानव सभ्यताका लागि सौम्य नभएतापनि कहिलेकाहीँ चोरीलाई आवश्यकताको पूर्ति भनी घटोत्कच र कर्णले पुष्टाएका थिए नि ठिक त्यही अवस्थामा बुझिदिदा हुन्छ। युधिष्ठिरले विश्व शान्तिको लागि अश्वोमेध यग्य गर्नको लागि सेतो घोडा एक जना राजासँग भएको र राजाले दिन नचाहेकोले आवश्यकताको पूर्ति भन्दै जबरजस्ती गरी लान खोजेका थिए र पछि सेनापति र स्वयं राजा नै हारेकोले युधिष्ठिरलाई दिन वाद्य भएर खुशी मनका साथ उपलब्ध गराएका थिए। त्यसैले मरेको कसैलाई तितो लाग्छ, हेर्न नै चाहदैन तर अर्कोलाई मरेको नभै खानै रुच्दैन। कहिले काँही त सृष्टिको संरक्षण र न्यायको लागि पनि क्रोध र हुकार आवश्यक रहेछ चाहे त हनुमानको हुँकार वा रुद्रको रौद्र रुप। अव तपाईको पालो: तपाईंमा दानवीय कुविद्दीले राज गरेको छ कि दैवी सुबुद्दीले।
No comments:
Post a Comment