२०७९/०५/०७
समानता कहाँ छ र के यो सम्भव छ त?
समानतालाई नेपालको संविधान २०७२ ले नेपालको संविधानको भाग ३ धारा १८ मा समानताको हकलाई मौलिक हकभित्र सुनिश्चित गरेको छ। झट्ट हेर्दा सुन्दर छ तर धारा भित्रका उपधाराले समानता पनि केही हदसम्म मात्र मान्ने हुने कुराको आसाय झल्कन्छ। समानता शव्द आफैंमा पृय छ तर व्यवहारमा व्यवहारिक देखिएको छैन।
कति सुन्दर छ। तर पनि राजनितिमा हेर्यो राजनितिमा एकै दलमा बसेर एकै झण्डा बोकेर हिड्ने एक कार्यकर्ता कुनै पनि चुनाबमाा न संसद वा सभासदको लागि टिकट पाउँछ तर अर्कोले बारम्बार चुनाबको टिकट पाउँछ, चुनाव जित्छ र संसद, मन्त्री र प्रधानमन्त्री बनेको छ । एक बाटोमा टुकुटुकु हिड्छ, अर्को सुरक्षाका गाडि अगाडि पछाडि सरर कुद्दछ। के यसलाई समानता भन्ने त?
अर्को फेरी फरक प्रसंग हेरौं है त?
यात्रामा निस्कदै गर्दा बस रोकेको स्थानमा होटलमा खाना खाने बेला एकजनाले थोरै खाना खान्छ, तर अर्कोले ४/५ पटक थपेर पनि खाना खाने व्यक्तिहरु पनि छन्। ती दुबै थरिका व्यक्ति १ प्लेट मात्र खाने हुन वा ३/४ पटक थपेर खाना खाने हुन दुवैले समान रकम तिर्छन। त्यहाँ समानता भयो कि भएन? कसरी बुझ्ने? यो प्रत्येक व्यक्तिको हेराइ र बुझाइ हो। हैन त?
असमान त हेरौँ त!
फेरी ज्यालामा हेरौं है त?
कार्यालय सहयोगी प्रथम स्तरको मासिक सुरु तलव रु २४७०३/-
कार्यालय सहयोगी पाँचौं स्तर मासिक सुरु तलव रु ३३१३३/-
हुँदै
मुख्य सचिवको मासिक सुरु तलव रु ७७२११/-
यसरी राष्ट्रसेवकहरुको मासिक सुरु तलवमा यति ठूलो असमान छ। बुझ्नुपर्छ कार्यालय सहयोगी प्रथम स्तरको कर्मचारी र मुख्य सचिवको परिवार सदस्य संख्या करिव समान रहन्छ। तर त्यही असमान आम्दानीले मासिक गुजारा गर्नु पर्छ। हैन र?
पक्कै पनि तह अनुसारको तलबमा फरक हुनु स्वाभाविक हो। यो भिन्नतालाई हेर्दा केही समानताको खोजी गर्ने होकि? समानतालाई संविधान भित्र राख्दै गर्दा कति धेरै असमानता छ , हैन र?
कहीं कतै केही मानिसहरू सबैले समान तरिकाको भत्ता पाउनुपर्छ भन्ने गरेको सुन्ने गरिन्छ। त्यो स्वभाविक हो कि अस्वभाविक हो आवाज निकाल्दै गर्दा आवाज निकाल्ने सम्बन्धितले आफ्नो अन्तरमनलाई सोध्नुपर्दैन? अरुले जे भने पनि प्रत्येक व्यक्तिको अन्तरमनले झुटो बोल्न सक्दैन यदि उसको अन्तस्करणमा कहीँ, कतै, कुनै पूर्वाग्रह राखेको छैन भने। त्यसैले प्रत्याडित भएर बस्दै गर्दा मनभित्र अनावश्यक रुपमा धेरै पूर्वाग्रहका आवाजहरु निस्कन थाल्छन्। ती पूर्वाग्रही भावनाले गर्दा बोल्दै गरेका शब्दले आफुलाई कमजोर बनाउँछ। हतियारले मानिसलाई एकैदिन समाप्त पार्न सक्छ तर शब्दले क्षण क्षणमा । त्यसैले भन्ने गरिन्छ धनुषबाट छुटेको वाण र मुखबाट निस्केको वाणी उस्तै हो। यसर्थ आफु कमजोर भएर बस्नुभन्दा आफ्नो स्तर कसरी वृद्धि गर्ने हो भनेर लाग्ने हो भने तड्पन पर्ने थिएन। संघै कुनै तहमा एकैपटक जागिरमा जोडिएको मानिस वा अर्को सहयात्री भन्दा धेरै पहिले सेवामा प्रवेश गरेको व्यक्ति आफ्नो स्तरोन्नति गर्न लाग्दैन भने उसलाई समयले कमजोर सावित गर्छ।
एक प्रसंग हेरौं त: वालक ध्रुवको सौतेनि आमाले उनी बाबाको काखमा गएर बस्दै गर्दा त्यो काखमा बस्नको लागि त कि त मेरो छोरो हुनुपर्थ्यो कि भगवान् विष्णुको तर ती मध्ये कुनैमा परिनस भनी काखबाट थुतेर बाहिर राखिदिन।
वालक ध्रुवले उनको भनाईलाई अवसरमा बदले र भगवान विष्णुको काखमा बसेरै छोडे। यदि त्यो ध्रुव मेरी सौतेनी आमाले यसो भनिन भनेर वसेको भए त्यो स्थान प्राप्त गर्थे त? अव बुझ्नुपर्दैन, कहीँ कतै पिडा भएको छ भने पिडादिने व्यक्ति भन्दा माथि रहने बाटो खोजी गरी अगाडि बढ्नको लागि त कसैले रोक्दैन। चाकडी र चाप्लुसीको पछि लाग्नुको साटो आफुलाई तिखार्दा नै वुद्दिमता हुनेछ। अर्थात् सत्यको बोधको मार्ग। सत्य पनि समय सापेक्ष हुन्छ। आजको सत्य हिजोको झुट हुनसक्छ। जस्तै दार्जलिङ नेपालमा थियो तर आज छैन।हैन त ? हिजो सँगै हुदाको आलोच्य पात्र फेरि पृय पनि हुनसक्छ र पृय चाँहि आलोच्य पनि।
राजनैतिक दृश्य र परिदृश्यहरु हेरौं त।
बुझ्नुपर्दैन जताततै असमानता छ। असमानतालाई कसरी न्यूनीकरण गर्न सकिन्छ। त्यसको खोजि र कार्यान्वयन नै आजको आवश्यकता हो।
लोकसेवाले परीक्षा सञ्चालन गर्छ केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक र सहयोगीको लागि फरक फरक भत्ता उपलब्ध गराउँछ।
SEE को परीक्षामा फरक फरक रकम विभिन्न तहगत रुपमा उपलब्ध गराउँछ।
१२ को परीक्षा सञ्चालनको लागि पनि फरक रकम फरक जिम्मेवारी लिएवापत उपलब्ध गराउँछ।
त्रिभुवन विश्वविद्यालयका परिक्षा सन्चालन पनि फरक भत्ता फरक जिम्मेवारी अनुसार उपलब्ध गराउँछ।
उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक पनि तहगत रुपमा नै फरक फरक रकम उपलब्ध गराउँछ।
त्यसैले प्रत्येक सम्बन्धित व्यक्ति जो जहाँ छ त्यो स्थानमा आफ्नै दक्षताको आधारमा रहेको हुन्छ। उ कसैको कृपापात्रको रुपमा उक्त स्थानमा रहेको हुदैँन।
कार्यालय सहयोगी प्रथम स्तरको कर्मचारीले लिने भत्ता र मुख्य सचिवको समान हुन्छ त?
हुनसक्छ
खाजा खर्चमा तर अन्य भत्तामा त पक्कै हुँदैन।कि हुन्छ?
त्यसैले कहीँ कतै मनलाइ साँगुराे वनाउनकाे साटाे खुला दिलले वर्तमानमा भएकाे यथार्थतालाइ अात्मसाथ गर्नै पर्छ । नत्र कुवाकाे भ्यागुताे कुवामा नै हुनेछ । संसार चिन्नकाे लागि कुवाबाट निस्कनु पर्छ वालक ध्रुव जसरी ।
No comments:
Post a Comment