Monday, October 10, 2022

चोलेन्द्र ठिक , बेठिक

 २०७९/०६/०५

खोइ आफ्नै डम्फु मात्र बज्छ किन?
आफु बन्नको लागि त विभिन्न रुपमा विभिन्न भेषमा र विभिन्न सिदान्त बोकि आए, बाजा बजाए सबैलाई नचाए र चेत नभएकोलाई सपना बाडिदिए तर आफ्नो मात्रै सपना पुरा गरे नेपाल र नेपालीलाई त सधैं अरुको पिच्छुलग्गु बनाइदिए। विग्यले लेख्नुपर्ने संविधान संविधान सभाको नाममा खर्च गरी लेखिएको भएतापनि पनि केही बन्दकोठामा तयार पारिएको खाकालाई एकदिन तालिपिट्न लगाई लेखिएको थियो। जारी गर्दाको दिनमा नै जलाइएको थियो। यो अपुरो छ। जहाँ समस्या छ , त्यसलाई हेरिएन । केही जातका मानिसहरुलाई दलित बनाइयो। हिजोको दिनमा विश्वकर्मा, मिजार, परियार जस्ता सुन्दर शव्दले सम्बोधन गरिने व्यक्तिहरु आज दलित बनाएको छ। सोच र संस्कारमा परिवर्तन चाहिएको थियो तर आरक्षणको नाममा दलित बनाइयो। यो एक, दुई, तीन गलत नै हो।
देशको नागरिकलाई दलित भनिन्छ दलित शब्दले हेपिएको जनाउँछ। जव जन्मेर बुझ्ने भएदेखि नै उ आफुलाई अरुभन्दा भिन्न पाउँछ, फरक पाउँछ उ कसरी माथि उठ्न सक्छ? उसलाई सम्मान चाहिएको छ, शिक्षा चाहिएको छ,र सम्पन्नता चाहिएको छ।
मानव समाजका दुश्मन नै: अशिक्षा अर्थात् अग्यानता र गरीबि नै हो। अशिक्षा र गरिबिबाट उन्मुक्ति नै आजको आवश्यकता हो। तर अहिलेको संविधानले समस्या मात्रै देखाएको छ।
प्रधानन्यायाधीशलाई महाअभियोग लगाइसकेपछि त्यसको छिनोफानो गर्न नसक्नु सिगाें संस्सद बन्दाम भयो। त्यसपछि सरकार अनि राष्ट्रपति। देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रमुख विवादमा मुच्छिन हुदैन थियो, मुच्छियो; दुर्भाग्य यही भयोे।
संविधानमा जे लेखिए पनि केही अर्थ छैन यदि सही पात्रको हातमा देश जादैन भने। आफुले गरे ठिक अरुले गरे बेठिक। चोलेन्द्र वर्तमान सरकारका पृय पात्र भए तर आज उनै गलत। , चोलेन्द्र गलत कि चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाउने गलत। खोज्नुपर्दैन? भागबन्डाको संस्कृति गलत संस्कृति हो। बाबुबाजेको सम्पति बाडे झै मन्त्री पद बाडिएको छ, राजनैतिक नियुक्तिका पद बाढिएको छ। यो गलत छ। जुनसुकै पदमा पनि खुला प्रतिस्पर्धाको आधारमा नेपाली नागरिकलाई भिड्न दिए त भैहाल्छ नि।
चोलेन्द्रको स्पष्टीकरणले त वर्तमान राजनैतिक दलका नेता नेताको रुपमा रहन नसकेको स्पष्टाएका छन्। सत्य केहो बुझ्न जटिल छ र?
आज रावणले रामलाई दिएको शिक्षाको याद दिलायो। रावणले रामलाई कुनै काम गर्नु छ भने तुरुन्तै गर्नु अन्यथा त्यो असम्भब हुनेछ। चोलेन्द्रको स्पष्टीकरण समयमा लिएको भए आजको दिनमा राष्ट्रपति प्रति गरिएको व्यवहारको समाधानको लागि निर्णय लिने स्थलको संसद छैन।
चोलेन्द्र ठिक , चोलेन्द्र बेठिक कठै हाम्रा शाषक र नेता किन?
किनकि त्यहाँ लोभले वास गरेको छ। छलले वास गरेको छ।
हिजो जहानियाँ निरकुंश र सामन्ति शाषक थिए , आजका शाषकलाई त्यही दोषारोपण सुनिन्छ।
समस्या वादमा छैन हेराइमा हो है।
राष्ट्रपतिको कदम एक समुह भन्छ संविधान संगत छ, अर्को भन्छ संविधान विपरित छ। कसरी भयो यस्तो? संविधानमा लेखिएका कुरा त नबाझिएमा राम्रो। राष्ट्रपति पद नेपालको संविधानले आलाकांरिक रुपमा लिएको छ। त्यसैले नेपाल सरकारले पनि विवादरहित तरिकाले लानुपर्ने कुरा राष्ट्रपति समक्ष लानुपर्छ र राष्ट्रपतिले पनि त्यसलाई प्रमाणिकरण गरिदिनुपर्छ भन्ने मान्यता हो। तर यहाँ सरकार र राष्ट्रपतिमा इगो विजारोपण भएको देखिन्छ।
हेराइ फरक हैन र?
जति सम्पत्ति जोरे पनि ६ फिट जमिन भएपुग्यो यदि गाडिने संस्कार छ भने तर पोलिनेको लागि त त्यो पनि चाहिएन। किन सधैं आफ्नो पक्षमा भए राम्रो र अरुको पक्षमा भए गलत?
अति भएन र ? सबैले बुझ्ने डम्फु बजाउने होकि अव त!

No comments: