२०७९/०५/१५
हर्क, वालेन र हमाल धैर्यताकासाथ अगाडि बढ्नुपर्छ
हर्क, वालेन र हमालले जितेको मनलाई हार्न दिनुहुदैन। एकले अर्काको टिकाटिप्पणी भन्दा पनि एकले गरेको राम्रो कार्यको अर्कोले अनुकरण र आफ्नो स्थानमा ठिक नहुने उदेश्य अर्कोमा सही हुनसक्छ। त्यसैले पनि अहिलेको अराजक राजनितिमा देखिएको खेललाई अन्त्य गर्नको लागि यी तीन युवाको सपनामा प्रत्येक सम्बन्धित स्थानीयको सपना बन्न सकोस र सोही अनुसार सबैको भलो हुने न्यायोचित कार्यमा पाइलाहरू अगाडि बढुन।
राजनैतिक वाद देश विकासकाे लागि वादक होइन। व्यक्ति र व्यक्तिको सोच नै वाधक हो। सन्सारमा आँखा घुमाउने हो भने प्रजातान्त्रिक मुलुक, राजतन्त्र वादी मुलुक र कम्निस्ट मुलुक सबै प्रकारका मुलुकहरुले विकासको स्वाद चाखेका छन । त्यसैले मै खाउँ मै लाँउ सुख सयल वा मोज मै गरौ भन्ने भावनाबाट वाहिर निस्किएर देश र देशभित्रका जनताको लागि भलो चिताउने व्यक्ति देशको सरकारमा पुगेमा देश अगाडि बढ्ने छ। सधैं व्यक्तिगत रुपमा विजयी तर देशको नजरमा हेर्दा हारेका व्यक्तिहरु पुन जितेर आउने सम्भावना देखिन्छ। यस्ता खेलको अन्त्य गर्नैपर्छ।
हिजोको दिनमा सडकबाट सत्तामा रहेकालाई सामन्ती भन्नेहरु सत्तामा रहदै गर्दा आज सडकबाट सत्तामा रहनेलाई उनीहरूकै दलका कृयाशिल सदस्यहरु सामन्ती भन्न थालेका छन भने नेपालको राजनिती कता पुगेको छ, कसले चलाएको छ बुझ्नुपर्दैन?
चुनावी तालमेल अन्त्य गरी आ-आफ्नाे दलको हैसियत मा चुनाव लडेमा मात्र दलिय व्यवस्था फष्टाउने छ, अन्यथा जसरी अरु संविधानले वामे नसर्दै संविधान खारेजी भए, त्यही अवस्थामा अहिले को संविधान नेताको गलत निर्णयको कारण नपुगोस। यही शुभकामना।
No comments:
Post a Comment