२०७९/०४/२९
जिउनेले भन्दा मोरेर जिउनेले जितेका हुन्छन्
आज हिजोको दिनमा आन्दोलनमा लाग्नेहरू, समाज परिवर्तन गर्छु भन्नेहरु, बाचेर पनि पल पलमा मरिरहेका छन तर मरेर जानेहरु मरेर पनि बाचिरहेका छन। किनकि मरेर जानेले त सपना मात्रै बाडेका थिए, आफ्नो मात्रै खाएका थिए, पसिनाको मुल्य तिर्नुपर्छ नत्र नर्कको बास हुन्छ भन्ने भएमा जिएका थिए तर अहिले वाचिहिड्नेहरु सबै कुरा सक्नेले खा, नसक्नेले डाहले मर भन्ने अवस्था आएको छ किनकि आज अदालत बिक्री भएको छ, प्रहरीले निर्मला जस्ताको खोजी गर्दैन तर भुपु VIP को संरक्षणमा खटिनु पर्छ। शिक्षामा निति नियम हराएको छ, प्राविको शिक्षक माविको प्रअ भएको छ। आफ्ना सन्तानलाई संस्थागत विद्यालयमा पठाउँदै शिक्षक हुँ भन्दै विद्यालय र शिक्षकको नेता उही भएको छ। सहयात्री साथी परीक्षामा भिड्यो , नाम निकाल्यो उ केही मुट्ठीभरका गलत निर्णय गर्ने मानिसको समुहको आडमा बलियो छु लागेको छ तर उ कति कमजोर छ आफ्नो लागि उ बारम्बार जिएर नि मर्नु परेको छ। जिएर मर्नु भन्दा त मरेर जिएको राम्रो हो कि?
सबैले सबैको इज्जत गर्नैपर्छ देशका ऐन नियम मान्नैपर्छ। ऐन नियम ठिक नभए तिनको परिवर्तन गर्नुपर्छ, हैन र?
No comments:
Post a Comment