सत्यको मार्ग सधैं जटिल हुन्छ। त्यसमा पनि कलियुग। कलियुगमा प्राय मानिसहरुको दिमागमा दैत्यगुरु शुक्रचार्यद्वारा सृजित कुवुध्दिले मानिसलाई प्रभावमा पारेको हुन्छ। जव आसुरी पनले मानिसलाई प्रभावमा पार्दछ, उ गलत मार्ग अपनाउनु पुग्दछ। जब मानिसमा कुवुध्दिको वास हुन्छ, उसले असल कुरोलाई ग्रहण गर्नै सक्दैन र आफ्नो कार्य बाहेक अरु सबैको काम गलत हुन्छ। सधैं अरुलाई खराव देख्छ, उ आफुभित्र खोतलिन सक्दैन र उ पिडाको जिन्दगी जिइराखेको हुन्छ।
असल मानिसमा देवगुरु द्वारा सृजित सुविध्दिले सधैं मार्ग निर्देशन गरिरहेकि हुन्छिन। जव कसैलाई यो मार्ग धर्मको मार्ग हो सतको मार्ग हो, समाजको लागि असल मार्ग हो भन्ने लाग्छ उसलाई आफ्नो जीवनको प्रवाह हुदैँन उ त्यसैको लागि मरिहत्ते गर्छ र अन्तमा प्राप्त गरेरै छाड्छु भन्ने सोचमा हुन्छ। उ मार्नको लागि तयार हुन्छ। उसले बुझेको छ कि उ प्रति मिनेटमा मरेको हुन्छ र जीएको पनि। योग विग्यहरु विश्वास गर्नुहुन्छ कि मानिस जव स्वास लिन्छ उ जीइरहेको हुन्छ त्यही मानिस जव स्वास छोडिरहेको हुन्छ, उ मरिरहेको हुन्छ। त्यसैले सबैले बुझ्नैपर्छ मानिस जन्मेको नै मर्नको लागि हो भने जिएको कर्मको लागि हो, धर्मको लागि हो, सत कर्मको लागि हो तर पनि भ्रममा बाचिरहेके हुन्छ: पद र पैसालाई अपार ठान्दछ र नर्कको बाटो खोजिरहेको हुन्छ।
सबैले मनन गर्नैपर्छ जति उ वाचेको हुन्छ उसले आफ्नो जिउने समय घटाइरहेको हुन्छ। कसैलाई खुशी पार्नको लागि कहीँ कतै गएर संस्थाको अहित गर्ने कार्य गर्नुहुदैन। जव अहित हुने कार्य गरिन्छ मानव समाजले धिक्कारी रहन्छ। हे कलियुगका सोघिषत नायकहरू तपाईं कुन स्थानमा हुनुहुन्छ याद गर्नुहोस्। कहीँकतै तपाईंलाई एकान्तमा तपाईंले निर्माण गरेको ऐेन कानूनले त जिस्काएको छैन। तपाईं जहाँ हुनुहुन्छ नि त्यो तपाईंको कारणले नै हो। र एकान्तमा तपाईंको मनले धिक्कारी राखेको छ: पढ्ने बेलामा पढेको भए प्रतिष्पर्धामा अब्बल भएको भए आज जिएर त मर्नुपर्ने थिएन नि। त्यसैले पनि सत्यलाई स्वीकार्न सकिएन भने फेरी उ mental disorder मा पुगिहाल्छ। जव मानिस मानसिक रोगी हुनपुग्छ, उ मात्रै नभएर सिंगो समाजलाई प्रत्याडित पार्छ। हुन त मनोविज्ञानको अद्ययन गर्ने मानिस भन्ने गर्छन कोही पनि मानिस पूर्ण रुपमा मानसिक रुपमा स्वस्थ रहनै सक्दैन।
ठिकै लाग्छ यो पनि। किनकि केही शब्द बोल्यो एकले भन्छ क्या गजब, अर्को भन्छ ओइयातको कुरो। त्यो त सबैको लागि ठिक हुनुपर्ने हो नि। जस्तै एक सुन्दर गाइलाई देख्दै गर्दा हिन्दु ढोग्नपुग्छ लक्ष्मी माताको रुपमा हेर्ने गर्छ तर अर्कोले यसलाई मासुको रुपमा बुझ्ने गर्छ। आखिर गाई त गाई नै हो नि। एक वस्तु भिन्न दृष्टिकोण।
त्यसैले मानिस असल र खराब उसको सोच , स्थान र समयले अनि कार्यान्वयनको पाटोले दर्शाउँछ।
योग्य हुनको लागि:
१. मानवीय अधिकतम गुणहरू प्राप्ति गर्नु
२. तीनको सही सदुपयोग गर्नु
३. अवसर प्राप्तिमा सदुपयोग गर्ने
४. सम्बन्धित स्थानको न्यूनतम योग्यता कायम गर्नु
५. आफ्नाे हैसियत बु्झ्ने र त्यसलाई स्वीकार्ने
६.अरुको राय लिइ स्वविवेको प्रयोग गर्ने
७. लोभले लाभ, लाभले विलाप बनाउँछ भनी लोभलाई त्याग्ने
८. अरुको आलोचनामा खर्चने समय सदुपयोग गरेमा मात्रै पनि आज कमजोर र निरिह भएको मानिस भोलि विद्वान र शक्तिशाली बन्न सक्छ
९. जे हुन्छ समयले गर्छ। समय बलवान छ। सबै मानिस समयका दास हुन। समयले मानिसलाई मान, प्रतिष्ठा,र धन सबै दिन्छ जव मानिस धनमा लिप्त हुन्छ उ मानिस भएर जिउने सामर्थ्य राख्दैन किनकि उ मुस्कुराउन सक्दैन। जव मुस्कुराउन सक्दैन ङिच्च हाँसोले पिडा मात्र थप्छ।
हिजोको दिनमा गरेको गल्तीले उसलाई पछुताउन वाहेक केही रहदैन। आजको आवश्यकता पछुताउनुको साटो सही समयमा उचित प्रयोग गर्नुपर्छ। साथमा भगवान् भएर पनि केही हुदैन गर्ने मानिस नै हो- भगवान् कृष्ण बताउनुहुन्छ।हेरौं न सुदामा सधैंको पृय तर उनकोे धेरै जीवन अभावमा वित्यो तर जव समय आयो धन ,दौलत मान प्रतिष्ठा र लक्ष्मीको पाइला समेत आफ्नै निवासमा। भ्रममा जिउन छोड्नु र सत्यतालाई सत्यको रुपमा पहिचान गर्नसक्नु नै ब्रह्म ग्यान हो भनेर बुझिन्छ। गोडा आफ्नो दरो छन भने यात्रा सफल हुनेछ, र बुझ्नुपर्छ उचालेको कुकुरले मृर्ग मार्दैन। अर्ध ग्यानको मार्ग बिनासको मार्ग हो, अपमानको मार्ग हो, विचलनको मार्ग हो। सबैले बुझ्नुपर्छ कसैले कसैको भाग खोसेर खान सक्दैन। निदारमा लगाइने टिका भन्दा मनलाई सिद्द पार्नसके कुजी त सुन्दरी भएको दृष्टान्त छन। तपाईं हाम्रो निदारमा रहेको टिकाले हिन्दू रहेछ भन्ने त बनाउला तर उ सही हिन्दु भएको छ कि छैन, बुर्का पहिरिएर मात्रै हुदैँन र अर्थात् केश मुण्डनले मात्र भिक्षु हुदैँन। ती भित्रका गुणहरू सिंचित गर्न सकेमात्र अर्थ रहने छ। नत्र रुपलाई चाट्ने होइन क्यारे।
फेरि बुझ्नुपर्छ हिजो ठिक भएको व्यक्ति आज अयोग्य भैसकेको हुन्छ किनकि आज गुन्द्री र पिर्का , पुवा, मकै, भटमास, मनभउ,कालोपाटी, सुकुल, सन्दुस , बा, आमा आदि परिवर्तन भैसकेका छन्। भिन्नै स्वर र ध्वनिमा गुन्जन्छन। हिजो कलमले लेख्ने गर्थ्यो तर आजको लेखाइ पनि फरक भयो।
आजको बुझाइ कालोपत्रे लागेको सडकलाई सडकको रुपमा नै देख्नु पर्छ र दृष्टि भ्रम मेटाउन पर्छ। वास यति भयो भने समाज सतमार्गमा लाग्ने छ।
No comments:
Post a Comment