Monday, October 10, 2022

बोल्नु भन्दा अगाडि सोच्ने गरौं

 २०७९/०५/०८

बोल्नु भन्दा अगाडि सोच्ने गरौं
व्यक्तिगत स्वार्थ त्यागि सामाजिक भावनामा केन्द्रीत हुँदै अगाडि बढ्दै गर्दा केही झुण्डको स्वार्थ पुरा नहुँदा बाधा, व्यवधान र कठिनाई त आउने गर्दछन्। तर पनि समय बलवान छ र सबैले बुझ्नैपर्छ समुन्द्र र महासागर वा अन्य कहीं रहेको पानी कहिले वाफ, कहिले वादल र कहिले वर्षाको रुप धारणा गर्दछ। मानिस पनि आज महलमा रहने भोलि सडकमा र सडकमा रहने महलमा देख्न सकिन्छ। पदलाई ठूलो मान्ने मानिस पद प्राप्ति गर्दा पनि निकम्मा हुन्छ यदि उसमा आफ्नो सोच छैन भने।
त्यसैले त भन्ने गरिन्छ - न खानु नबिराउनु के को डर?
अर्धग्यानी मानिस आवेगमा रिसाउँछ र फुर्सदमा जव उ भित्र रहेको कालो बादल हड्छ, आफैंले आफैंलाई घृणा गर्न थाल्दछ। सवैले आफ्नो धरातलको पहिचान गर्नुपर्छ र सोही अनुसार गोडा टेकाउनुपर्छ। अन्यथा अनर्थ अनाहकमा अल्झाइरहन्छ।
यसर्थ पनि कसैको बहकाउमा लाग्नु, आफ्नो धरातलको पहिचान गर्न नसक्नु, आफ्नो समय सम्बन्धित बेचिएको स्थानमा भन्दा बाहिर प्रयोग गर्नु, आफ्नो पेशामा भक्ति भाव देखाउन नसक्नु मानवीय अवगुणहरु हुन। विना अद्ययन र विना सोच रौद्र रुप देखाउनु पाखण्डीपन वाहेक अन्य केही हुन सक्दैन। कहिलेकाहीँ त मानिस वस्त्र लगाउदा लगाउँदै उ निर्वस्त्र जस्तै हुन्छ किनकि उ भित्र अंहकारले वास गरेको हुन्छ। कहीं कतै उ मोहमा फसेको हुन्छ। जब मानिस मोहमा फस्छ उसको विनास गुरु द्रोणाचार्यको जस्तै हुनेछ। शास्त्र र शस्त्र ग्याता गुरु पनि पुत्र मोहमा फसेकोले उनी र उनको छोरा असोस्थामा अधर्मको मार्ग रोज्नु वाध्य भए जसको फलस्वरूप महाभारतको युद्धमा उनी मारिनु पर्यो भने उनको छोरा श्री विनाको असोस्थामा भएर कलियुगका अन्त्यसम्म जिउन पर्ने वाद्यता छ। त्यसैले मुखको वाणी र बन्दुकको गोली अलिक समाल्नु पर्छ। अन्यथा पुस्तक पढ्ने र शैक्षिक योग्यतालाई आवेगमा प्रयोग गर्दछ भने पनि उ ग्यानी कहिल्यै हुनसक्दैन। ग्यानको प्रयोग गर्न नसक्ने मानिस उ आफुभित्र ग्यान छ भन्दै गर्दा समय आएपछि माकुरीको जालमा परेझैं पर्छ। वास उ जिउदै भएर पनि भड्किएकाे आत्माको रुपमा रहने छ। त्यसैले पनि दुई कान मानिससँग छ धेरै सुन तर बोल्ने मुख एक छ कम बोल। अर्थात् अदुवा खाएझैं गरेर गमेर बस्न सक्नु नै श्रेयस्कर मानिन्छ। अनि मात्र धर्मको बाटोमा मानिस कुद्ने छ । जव मानिस धर्मको बाटो अंगिकार गर्छ, परिवार, समाज , संगठन र देशको अस्मिता नै उच्च हुनेछ।

No comments: