Monday, October 10, 2022

पितृदेवो भव्!

 २०७९/०५/११

पितृदेवो भव्!
कुशे औंशी, बुवाको मुख हेर्ने दिन। समग्र सबैमा कुंशे औंशीको मंगलमय शुभकामना।
पुज्जनीय पिताको साथ छोडेको पनि आज धन्नै २२वर्ष पुग्न लागेछ। बाले भन्ने गरेका धेरै कुराहरु अनुसरण गर्न नसके पनि केही कुराहरु त सदैव याद आउँछ। जे मुख्य सन्देश थियो त्यसलाई अनुसरण गरेको नै छु। तीनै समाज प्रतिको दैनिक समर्पण र लगावले गर्दा आजको दिनसम्म मेरो विवेकले राम्रो भनेको कुरालाई भिडमा एक्लै किन नहुनपरोस् त्यसलाई अंगिकार गरेको छु। आज जुन स्थानमा म छु त्यो सबै बा लगायत अन्य पितृहरुको आशिर्वादले नै हो। म त केबल निमित्त मात्र हो। जे भएको छ र हुनेछ ती सदैव पितृ प्रसादको रुपमा पाएको छु।
मेरा पुज्य बा लगायत सम्पूर्ण बाहरु प्रति आजको दिन विशेष ढोग ।प्राथना पनि गर्दछु:
हे बाहरु आफ्ना सम्पूर्ण सन्तानहरूलाई लोभ, मोह, क्रोध, अंहकारबाट टाढा राखि सतमार्गमा हिड्न सक्ने क्षमता प्रदान गरी यस धरतीलाई पुन्य आत्माको रोजाइको स्थलको रूपमा विकास गर्न सकियोस्। यसमा जिवित बाहरु सदैव आफ्ना सन्तानलाई सतमार्ग प्रदान गर्न सक्नु होस र जो स्वर्गे भैसक्नुभएको छ उहाँहरुको आशिर्वाद सदा आफ्ना सन्तानलाई सतमार्ग हिड्न सक्ने उध्यमी बन्न सक्ने र आत्मनिर्भर सन्तानको रुपमा दिएर खान सक्ने शान्त मानवीय गुणले सम्पन्न सन्तान भएको असल मानिसको सुन्दर वस्तीको रुपमा नेपाल रहोस।
मेरो बा हामीलाई भन्ने गर्नुहुन्थ्यो:
जे खान मन लाग्छ त्यो खानु तर मधिरापान कहिल्यै नगर्नु। आज समाजमा जे विकृत रुपमा फैलिएको छ त्यो मधिराको कारणले फैलिएको छ। त्यसैले पनि कति सरल तर कति गहन सन्देश र अर्ति रहेछ त्यो।
कहिलेकाहीँ देख्ने गर्छु :
प्रवचनमा केही व्यक्तिहरु तर पार्टीमा होस गुम्ने गरी मधिरापान गर्नेहरु। हिजोसम्म ठिक लागेको व्यक्ति तुरुन्तै धारणा परिवर्तन हुँदोरहेछ। कमेसकम खाए पनि घरमा खाएको भए हुन्थ्यो। किन यसरी नाङ्गिएको होला जस्तो लाग्ने?
मधिरापान मात्र त्याग्न सक्यो भने पनि प्रत्येक घर समाज, संगठन, संस्था र देशमा नै धेरै विकृतिको अन्त्य हुनेथियो र मानव समाज सदभाव र ऋषि मुनित्वको भावले अगाडि बढ्ने। सुदामाको वस्ती जस्तै। एक पुन्य आत्मामात्र समाजमा भैदिदा मधिरापानम लट्ठ भड्किएका श्रीपेचधारी पनि पुन्य व्यक्तिको अगाडि अर्थ हिन हुँदारहेछन्। र त्यहीँ श्रीपेच र मधिराधारी व्यक्ति समाजको आलोच्य पात्र हुँदोरहेछ।
आज मलाई पनि लाग्ने गर्छ सन्सारमा बनेका खाने कुरा सबै खाउ केही फरक पर्दैन तर खाएका चिजले मानिसलाई त खान हुँदैन है। खायो भने बरवाद। बन्दकोठामा खाएपनि शौचालयमा गएपछि प्रदाफास।
हे पितृदेव समग्र मानवतमा मानवीय गुणले सर्वसम्पन्न बनाइराख्नको लागि आशिष मिलोस।
सम्पूर्ण बाहरुप्रति शाष्टाङ दण्डवत् प्रणाम।

No comments: