Monday, October 10, 2022

कतै गणतन्त्रको उपहास त हुदैँ छैन?

 २०७९/०६/०२

कतै गणतन्त्रको उपहास त हुदैँ छैन?
नेपालकाे संविधान कमजोर कि, कार्यपालिका वा व्यवस्थापिका वा यी तिनै निकायलाई नेतृत्व गर्ने व्यक्ति ? प्रधानन्यायाधीश माथि लगाइएको महाअभियोगको छिनोफानो गर्न नसक्नाले नेपालको व्यवस्थापिका र कार्यपालिका माथि नैतिक प्रश्न उठेको छ। रात रह्यो औराख पलायो भन्ने गर्थे सही निस्कियो। न्यायमा ढिलो हुनु भनेको नै अन्याय हो भन्ने सुनिन्थ्यो आज पुरै नेपाल अनुत्तरित छ धेरै सवालमा। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर माथि २०७८/११/०१ गते लगाइएको महाअभियोग २०७९ को भाद्र अन्तिम आएर स्पष्टिकरण माग गर्नु र प्रधानन्यायाधीशको उत्तरले आजको नेपालको न्यायलय, देशको नेतृत्व, वार, न्यायधीश र कर्मचारीका क्रियाकलापले नेपालीको वेतिथिको खेल उजागार गरेको छ। निर्णय दिन पनि नसक्नु र चोलेन्द्र कि छोरीले भनेझैं घरमा नजरबन्दमा राखिएको हो भने धेरै प्रश्नहरू उठ्न सक्छन् र वर्तमान संविधान माथि नै प्रश्न उठ्न सक्छ त्यसको जवाफ समयमा सम्बन्धितले दिन तयार भएर बस्नुपर्छ।
देश कता जाँदैछ? सर्वसाधारणले कसरी बुझ्ने? देश युवा विहिन भैसकेको छ , सर्वसाधारण ज्यून लाई कठिन तर नेतृत्वमा सयल। मिलेको छदै छैन। बाबुराम भट्टराईको संसदमा गरिएको रोदनले पनि केही इंकित गरेको देखिन्छ। शिर्ष नेताको संसदमा देश र जनताको लागि वहस गर्नुपर्ने स्थानमा एकले अर्काको टिकाटिप्पणीले उहाँहरुको दक्षतामा प्रश्न उठेको छ। यस्तै हुंदैजाने हो भने राजनैतिक अस्थिरताका बढ्ने छ। देशलाई द्वन्द्वमा होइन समाधानमा लानुपर्ने हो। यसको लागि भ्रष्टाचार विरोधी र न्यायप्रेमी हरुको नेतृत्व हुनुपर्छ आउदो चुनावमा। राजनैतिक दलले सधैं एकै उमेदवारलाई मात्र अगाडि बढाउने होइन। सबै कार्यकर्ताले दलमा आबद्ध हुँदा आफ्नो पालो पनि आउँछ भन्ने आभाष हुनुपर्छ जसरी भगवान कृष्णले महाभारतको युद्धमा अर्जुनको वचनलाई पुरा गराउनको लागि दिउसै रात पारी सबै युद्धमा सामेल भएका रथी, महारथीले रात परेको अनुभुति अर्जुनले आफ्नो छोरा अभिमन्युको युद्धको नियम विपरित गरिएको हत्यामा संलग्न सिन्ध नरेशको हत्या त्यही दिन सुर्यास्त भन्दा अगावै गर्न नसकेमा आफ्नो अग्निदाह गर्ने छु भनि गरिएको प्रतिग्या पुरा गराउन गरिएको आभाष जस्तै अनुभुती सबै नेपालीले गर्न सक्ने हुनुपर्छ।रात नपरेको समयमा पनि रात परेको आभाष भएको थियो। सबै रथी महारथीहरु आफ्नो रथबाट तल झरी अर्जुन को अग्निदाह हेर्न आतुर थिए। त्यही समयमा आकाशमा सुर्य देखिन्छन् र अर्जुनले सिन्धु नरेशको आफ्नो बाणले कृष्ण भगवानले भने झै शिर क्षेदन गरी उनको शिरलाई सिन्दुर नरेशको बुवाको काखमा राखिदिन्छन्।
आज नेपालमा मौलाएको कुसंस्कारको अन्त्य गरी संविधानलाई सर्बमान्य स्त्रोतको रुपमा विकास गर्न सकौं। यही रह्यो संविधान दिवसको शुभकामना। आचरण विहिन व्यक्तिबाट आशा गर्नु मानवीय भुल हुनेछ। सुसंस्कृत मानिसहरू नेतृत्वमा पुग्न सकुन यही संविधानद्वारा प्रदानगरिएका हक र अधिकारको उपभोग गरी।

No comments: