Monday, October 10, 2022

मुर्ख साथी हुनुभन्दा विद्वान वैरी भएको वेश

 २०७९/०४/२३

मुर्ख साथी हुनुभन्दा विद्वान वैरी भएको वेश
मानिसमा जव दानत्वको वास गर्छ, उसलाई सदैव दैत्य गुरु शुक्रचार्यबाट निर्मित कुवुद्दि्ले बहसमा राखी उसलाई नियन्त्रणमा लिइ उसलाई सन्सारको सबै भन्दा जान्ने आफैंलाई छु भन्ने, आफु ठिक आफु बाहेक अरु सब बेठिक, आफु जान्ने अरु केही नजान्ने, ग्यान भएर पनि ग्यानको सदुपयोग गर्न नजान्ने वृन्दापुरीका अल्पग्यानी ब्राह्मण जसले नारायण को नाममा होम गरे तर सोही समयमा नारायण उपस्थित भइ आफुलगायत भोका गोपिहरुलाई केही खानेकुरा माग्दा नदिने ती श्लोक कण्डस्थ ब्राहमण जस्तै अल्पग्यानीहरु। जब घर, परिवार, समाज, संगठन र सरकारमा अल्पग्यानिको वास हुन्छ, झट्ट हेर्दा ती अल्पग्यानीहरु अरुले देख्दा महलको वास, महंगा गाडिको सयर, पाँचतारे होटलमा भोजन, चिटिक्क परेको पहिरन तर के गर्नु सुत्ने बेलामा निद्रा पर्दैन, वाहिर केही henchmen ले जयजयकार गरेपनि पिडितको कटाक्षले उनीहरूलाई सदैब सताइरहेको हुन्छ। अनि गलत निर्णय गर्दै जान्छ, जसको कारण बन्दामी कमाउदै जान्छ। जव पापको घडा भरिन्छ त्यस समयमा उ निरीह बनेको हुन्छ।त्यस दिन उसलाई सहयोग गर्ने कोही हुदैँन। गलत मनसाय र कसैको लहलवाटमा लाग्दै गर्दा आफुले गर्नुपर्ने कर्तव्यबाट वाहिर पुग्ने, आफ्नो भुमिकाको वारेमा पहिचान नहुने तर अरुमाथि प्रश्न खडा गर्नेहरु अन्तत नागिएरै छाड्छन्। सत्यको आवाज एक हुनसक्छ तर अन्तमा यसैले जितेको हुन्छ। गलत मार्गमा लाग्नेहरूलाई समयले नै ठेगान चाहिँ लगाइदिन्छ। त्यसैले त भनिन्छ नि: मुर्ख साथी हुनुभन्दा विद्वान वैरी भएको वेश।
यसै प्रसंगमा आचार्य बन्दीलाई सम्झन मन लाग्यो। जसले शास्त्रलाई शस्त्र बनाए र कैयौं आचार्यको ज्यान लिएका थिए। एक दिन अष्टबक्र आचार्य बन्दीसँग शास्त्रार्थको लागि गएका थिए तर बालक भनेर उनलाई सवै आचार्यले हाँसोको पात्र बनाएका थिए। अन्तमा उनले गुरुको कृपाले शास्त्रार्थ गर्नको लागि योग्य भएको जिकिर गरेपछि यदि शास्त्रार्थमा हार भएमा जल समाधि लिनुपर्ने सर्त राखेका थिए। अष्टबक्रले सो सर्तलाई सहर्ष स्वीकारेका थिए। जव शास्त्रार्थ सुरु भयो निकै रोचक र सबैलाई मन्त्र मुग्ध पार्ने गरी प्रश्नको जबाफ दिएका थिए। अन्तमा आचार्य बन्दीले हार स्वीकारी जल समाधिमा जाने बताए। त्यही समयमा अष्टबक्रले आफु आचार्य होटको पुत्र भएको जानकारी गराए। शास्त्रलाई शस्त्र बनाउने कार्य गलत हो भनि बताएका थिए। जब उनले क्षमादान गरिदिए आचार्य बन्दीले उनलाई मृत्युदण्ड भन्दा पनि जटिल सजाए भएको बताए। जब मानिस आफुले गरेको भुललाई स्वीकार्छ, तव उ सतमार्गमा लाग्दछ। त्यही नै ठूलो प्रायश्चित हुनेछ। उनी भन्छन् शास्त्रले विकास गर्छ तर शस्त्रले विनास। हिंसाले कहिल्यै पनि जित्दैन्।यो पराजय र मुर्खताको मार्ग मात्र हो। सुन्ने, छलफल, समाधि आदि ब्रह्मग्यानका पुरक हुन भने सत्यलाई सत्यको रुपमा बुझ्न सक्नु नै ब्रह्म ग्यान हो।
वृन्दावनका श्लोक कण्डस्थ ब्राहमण र आचार्य बन्दी सही अर्थमा ग्यानलाई प्रयोगमा ल्याउन सकेनन्। जसले गर्दा नारायणको नाममा हुमादी गर्दा स्वयं प्रतक्ष्य रुपमा आफैंले भोजन गराउन पाउने अवसरबाट वन्चित भएका थिए भने आचार्य बन्दी वालक अष्टबक्रसँग हार खानुपरेको थियो। प्राप्त ग्यानलाई सही सदुपयोग गर्न सकिदैन भने त्यो मुर्खता नै हो। ग्याम मात्र भएर केही हुदैन र उ आफै ब्रहम हु भन्न थाल्छ भने उसले एक दिन ओरालो लाग्नै पर्छ। विद्यालयमा विद्यार्थीहरूलाई माया नगर्ने शिक्षक, जनताका आवाज नसुनिदिने राजनितिज्ञ, सन्तानलाई संस्कार सिकाउन नसक्ने बाबु आमा र कर्मचारी भएर मालिक सम्झने राष्ट्रसेवक उस्तै हुन। यी सबैको अन्त तव हुन्छ जब मानिसले आत्माको पहिचान गर्दछ र आफुलाई निराकारको मार्गतर्फ डोर्याउदै गर्छ। त्यसैले भन्नुपर्छ मुर्खको संगत गर्दैनगर्नु।
Narayan Prasad Neupane, Surya Kanta Pandit and 50 others
32 Comments
1 Share
Like
Comment
Share

No comments: