Monday, October 10, 2022

नेपाल: हावा, पानी, माटो, जंगल र नेपाली युवा:

 नेपालका राजनैतिक दलले बुझ्नुपर्छ देश मागेर बन्दैन। मागेर परनिर्भरताको बढ्ने हो। यदि नेपालले नेपालको हावा, पानी माटो, जंगल र युवाको सही रुपमा सदुपयोग गरेमा नेपाल समुन्नत बन्नेछ। नेपालीहरु आफ्नो पनमा रमाउन सक्नुपर्छ। पिजा र बर्गर भन्दा साग, सिस्नो र ढिडो नै पौष्टिकताले भरिपूर्ण छ। तीनको उपयोग गर्न सक्नुपर्छ।

नेपालमा अधिकारको कुरा उठेको छ, तर कर्तव्य पालनको कुरो उठ्दैन्। देशको अवस्था जे भए पनि राजनैतिक दलका नेता र अधिकांश राष्ट्रसेवकको आर्थिक अवस्था राम्रो देखिन्छ। बंगला र गाडी प्राय उनीहरूकै हुने गर्दछ। किन र कसरी सम्भव भयो होला? कुरा खोतल्नु पर्दैन र?

भन्ने बहुदलवादी, बहुदलीय, गणतन्त्रात्मक मुलुक तर २०४८ देखि एकै व्यक्ति सधैं चुनावमा लड्नुपर्ने रे, उनका महल छन, गाडी छन तर तीनैलाई त्यो अवस्थामा पुर्याइदिनेको केही छैन। खोजी गर्न पर्दैन किन भनेर?

लाज छैन राजनैतिक चरित्रमा किन? भन्ने दलीय व्यवस्था। गठबन्धन नै गर्ने हो भने बाडेर खाए भैहाल्यो नि। चुनाव नै किन गर्नु पर्यो। चुनाव गर्ने खर्चले बाटो बनाए हुन्छ। भोट हाल्ने सास्ती त पर्दैन।

अव सत्तामा मन्त्री र प्रधानमन्त्री भैसकेका व्यक्तिले चुनाव नलडिकन नयाँलाई अवसर दिए केही हुनेथियो कि? प्रजातन्त्रवादी, गणतन्त्रवादी सबैको क्षमता त नेपालले देखि सक्यो। २०४६ भन्दा अगाडि राष्ट्रिय ऋण कति थियो र अहिले कति छ? हिसाबकिताब गर्नुपर्दैन। कमसेकम सबैले बुझिदिए त हुने थियो नि – कोभिड जस्ता महामारी देखा परेमा त मलामी र दागबत्ती समेत दिने कोही हुँदोरहेनछ। त्यसैले देशलाई दोहन गरेर आफ्नो स्वार्थमा प्रयोग गरिएको सम्पतिले खाने कुरा किन्न सक्छ तर भोक सक्दैन, अलासिन विस्तारा किन्न सक्छ तर निद्रा सक्दैन भने किन त्यस्तो गलत बाटोमा हिड्ने। छोडिदिए हुँदैन र?

दया जागेर आउँछ नेपाली गणतन्त्रका नेताहरु सुरक्षाको घेराभित्र हुँइकिएको देख्दा। संविधानसभाले बनाएको संविधान रे। सबै नेपाली समान छन रे? कसरी भएछन समान?

प्रचण्डका वरिपरि सुरक्षा निकाय तर उनका कार्यकर्ताको जिउमा अझै छर्रा बाकि ।

डडेल्धुरा देखि आएका देउवा ५ पटकसम्म प्रधानमन्त्री र ठूला महललाई अग्लो पर्खालले घेरिएको घेराबन्दीमा तर त्यही सुदुरपश्चिम बाट काठमाडौं आइ अरुका घरमा कैयों वालवालिका घरका काम सघाइ उनीहरूको घरमा बसेर पढिरहेका छन्। बाबुआमाको काख बिर्सन लागेका छन् किन? खोइ त समानता?

कमसेकम नेताले गाडी चड्दा कार्यकर्ताको साइकल चलाउने हैसियत त बनोसन।

ओलि फेरि मंसिर ४ पछिको प्रधानमन्त्री रे? ओलिले बोलिदिए हुने गर्न केही नपर्ने।
रेल शइसक्यो , पानी जहाज पनि आइसक्यो। बन्न के नै बाकि छ र ?

माधवकुमार नेपाल गठबन्धनले हेप्यो रे। हेपिएर पनि किन किन र कसको लागि विलौना होला? बालुवाटारको जग्गा र चोलेन्द्रको वयानले के भन्दै छन् ? कसले बुझेको छैन र?

बाबुराम सबै राजनैतिक दलको साझा उमेदवार बन्ने चाहना रे? संस्कृत भाषाको विरोध गर्दै देशलाई द्वन्द्वमा धकेली २०५२ सालमा जंगल पस्नु अगाडि नेपाल सरकारसँग गरिएका मागहरु आफु अर्थ मन्त्री र प्रधानमन्त्री हुँदा कति माग पुरा भए सबैले बुझेकै कुरा हो।

झलनाथ किन सर्पमा झेलिएका होलान्?

हिजोको दिनमा परिवारवाद, निरकुंश , सामान्ति के के सुन्ने गरिन्थ्यो । राजा र रानीको नाममा विदेशी बैंकमा नेपाली पैसो छ भन्ने सुनिन्थ्यो तर अहिले गणतन्त्रका नेताहरुको नाम सुनिन्छ। सामन्ति शब्दको अर्थ परिवर्तन भएको हो कि के हो जसको घरमा कामदार छन्, सुरक्षा फौज छन, देशी विदेशी बैंकमा अथाह ब्यालेन्स छ भन्ने सुनिन्छ र तीनैले अरुलाई सामन्ती भनेको सुन्दा नौलो लाग्ने, केही नबुझेको जस्तो लाग्ने।

अव अरुका कुरा वन्द गरेर नेपाल बनाउने सोचमा लाग्नुपर्छ। दलीय व्यवस्था कायम गर्ने नै हो भने चुनाव अगाडि चुनावी तालमेल वा गठबन्धन गर्न हुदैन। यो देशको र स्वयं राजनैतिक दलको हितमा छैन। नेपालकाे माटो, हावा, पानी, युवा र जंगललाई सही सदुपयोग गरेमा १० वर्ष भित्रमा नेपाल विकसित देश हुनेछ।

No comments: