Monday, October 10, 2022

गजबको प्रसङ्ग

 २०७९/०४/१/२०

गजबको प्रसङ्ग
राधाले उद्धवलाई भन्नुभयो गिताको सार झैँ - यस भूतलमा कसलाई पत्नी भन्ने, कसलाई पुत्र भन्ने, कसलाई भाइबन्धु भने? कसैको कोही नहुँदाेरहेछ, किनभने विपत्तिमा सहारा दिने कृष्ण वाहेक अरु कोही बन्धु , सहयोगी भनेको हुँदाेरहेनछ्।
यो प्रसङ्ग जव कृष्ण वृन्दापुरी छोडी उनको मामा कंसको निम्तोलाई स्वीकारी, कंसका सवै षणयन्त्रलाई पार गर्दै उनको हत्या गरी शिक्षा प्राप्ति गरिसकेपछि पनि वृन्दापुरीमा कृष्ण आफै जान नसकेको अवस्थामा वृन्दापुरी कृष्ण आउँछ है भनी सन्देश बोकेर गएका उद्धवलाई राधाले भन्नुभएको थियो। उद्धवले वियोगको कुरो गर्दा कृष्णसँग विछोड नभएको र कृष्ण राधाको मनमुटुमा रहेको बताएपछि नपत्याए हेर भनेपछि उद्धवलाई पनि राधाकृष्ण सँगै दर्शन भएको भान भएको थियो।
मलाई पनि यो वाक्यले सानैदेखि प्रभाव पारेको छ। दुखमा साथ दिने करिव करिव ग्यानी व्यक्ति बाहेक अरु कोही हुदैनन्। तपाईं कसैलाई केही सहयोग कतै गर्नुभएको छ भने पनि उ तपाईंको दुखको क्षेणमा काम लाग्दैन र काम लाग्छ,भनी सगाउनु भएको छ भने त्यो भ्रम मात्र हो। कहिले उसले तपाईंलाई सहयोग गर्न चाहदैनन् तर कहिलेकाहीँ उसले चाहेर पनि तपाईंलाई सहयोग गर्ने सामर्थ्य राख्दैन । सहयोग गर्नुहोस निस्वार्थ भावले। यसैले नेतृत्वमा रहनेले झुण्ड तयार गर्नुभयो भने पनि त्यसले तपाईंको अप्ठ्यारोमा घाटी समात्ने गर्दछ। तपाईंले त्यो पाउनुभएको छ। कसैले पिडित हो भने छोडिदिनु भयो र उपकार गरिदिनुभयो भने पनि अजिङ्गर बन्दोरहेछ। दुध खुवाएर हुर्काएको अजिङ्गर जस्तै आफ्नो आकार बढाएपछि निल्नसक्छु कि सक्दिन भनेर केही दिन देखि खाना खान पनि छोड्ने तर तन्किएर उसको शरिरको आकार नाप्ने। फेरी कोही ट्रोमामा रहेको व्यक्तिलाई शब्दको प्रयोग तरबारभन्दा चोटिलो लाग्दो रहेछ। कहीँ कतै कुनै प्रसँग मानव समाजमा देखिएका विकृति माथि केही शब्द लेखिदिदा , भनिदिदा आफैंलाई जस्तो लाग्दोरहेछ। त्यसैले भन्ने गरेको रहेछ तरबार भन्दा कलम शक्तिशाली फेरि अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ।
जीवन विचित्र छ। जो तपाईंको नजरमा सधैं गलत भयो तर तपाईंको अप्ठ्यारोमा उसैले सहयोग गर्न सक्छ। त्यसैले कोही प्रति पुर्वाग्रही मन छ भने पनि सुद्द मनले सोच्नुहोस र निर्णय गर्नुहोस। सकेमा दानमा सबैभन्दा ठूलो क्षमादान नै भन्छन क्यारे र शक्तिमा सबैभन्दा ठूलो भक्तिलाई मान्ने गर्छन र त्यो प्रमाणित पनि छ। लोभ, क्रोध, मोह, र मद्यपान अधर्मका मार्ग हुन जसले मानिसलाई कुनै न कुनै रुपमा प्रभाव पारेको हुन्छ। सुदामाको राजालाई हेरौं न ।नसाको लतमा उसैंलाई गलहत्याउने राजा फेरी जव वास्तविकताको वोध भयो उसले सुदामालाई श्रीपेच लगाएर राजा बनाउन तम्सिए पनि सुदामाले ग्रहण त गरेननि। आफ्नो सुरक्षाको लागि भनी कसैले छुरा वा सहयोगी लिएर बस्छ भने त्यो उसैको लागि घातक हुन्छ र चाहिएको अवसरमा उपयोग गर्न सक्ने अवस्था रहदैन। नेपालको दरबार हत्याकाण्ड- चार पल्टन सेनाले पनि केही गर्न सकेनन्। त्यसैले सल्लाह सबैको निर्णय आफ्नो।
नेपाल बिग्रिएको शिक्षाले नै बाटो बिराएर हो। शिक्षामा सुधार आजको आवश्यकता हो। मलाई महशुस भएको छ - यहाँ लेखिएका केही शब्दले मानवीय समाजमा देखिएका विकृतिलाई कोट्याउँदै गर्दा कोही कसैलाई इंकित गरिएको छैन। यदि तपाईंलाई यस्तो लाग्छ भने संयोग मात्र हो है। संयोगकाे दृष्टान्तमा छटपटीने अवस्था आएको छ भने तपाईले आफैंलाई सोध्नुहोस - के तपाईं स्वस्थ्य हुनुहुन्छ त?

No comments: