२०७९/०५/१८
बोकाको टाउको
जसलाई मानिस नजिकको ठान्दछ उही वैर्ही भइ निस्कन्छ।
जसलाई उसले अघि सार्न खोज्दछ उही छुरी धस्दछ।
यस्तै भएमा त देशको अस्मिता कहाँ गयो?
जताततै विश्वासघात रह्यो सत्यता कहाँ गयो?
वेतिथि मौलाउँदै गयो अव त अति नै भयो ।
नयाँ अवतार लिइ दुराचारको अन्त्य गर्नै पर्ने भयो।
सबैको मानसिकता परिवर्तन गरी भ्रष्टाचारी खेद्नैपर्नेभयो।
कर्मशील बन्नको लागि सचेतना कहाँ गयो?
कक्षा ९, १० मा पढ्ने बालकको सोच America किन भयो?
नेपालका विश्वविद्यालय निकम्मा किन भए?
खोइ त तन्नेरीहरु विरक्तिदिदै किन विदेशीने भए?
घर गोठ आँगन सबै रित्तिदै छन छिट्टै यहाँ किन?
मुर्दा पोलिदिने र दागबत्ती दिने सन्तान नआओस् खोज्ने दिन।
गयो सन्तान वेलायत अमेरिका दङ्ग देखिए पनि
बाबुआमाको शिरानी ओभानो छैन उडेकै दिन देखि अनि।
अव त जाग्नेबेला भएन र हे युवा तन्नेरीहरु !
सोचमा बदल्नुपर्ने बेला भएन र हे देशका शासकहरू!
देशमा दल छ दलदल मात्रै रह्यो।
गणतन्त्र आएपनि गरिब र निर्दाले खोइ के पो पायो?
गठबन्धनमा नै चुनाव हुने हो भने राजनैतिक दलै हुदैन यहाँ।
संसदीय गणतन्त्रको जरा उखालिदै छ के हुँदैछ त जहाँ।
बोकाको टाउको राखि कुकुरको मासु बेचिन्छ भन्नेहरु
गदगद हुँदैछन चक्रब्यूहमा फसेको देखि संसदीय व्यवस्था मान्नेहरू।
No comments:
Post a Comment