२०७९/०५/०३
अव त बुझ्नुपर्छ कि?
१. कृष्ण भगवानले वृन्दावनमा गाइ चराउँदा भोकाएका गोपहरुलाई यग्य गरेको ठाउँमा गइ हुमादि गरिरहेका र सम्बन्धित यग्यकर्तासँग केही कुरा खाना माग्दा वास्ता नगरेका र फेरि उनीहरूकै श्रीमतीसँग खानेकुरा माग्दा खुशी हुँदै दिएकोले कृष्ण भगवानले ती महिलाहरुलाई सोध्नु भयो- यग्यको लागि तयार पारिएका प्रसाद हामीलाई किनदिनुभयो?
स्वयं नारायण नै उपस्थित भएपछि हुमादिबाट प्रदान गर्नु र यहाँ स्वयं खुवाउन पाउँदाको आनन्द फरक छ र अलौकिक पनि छ।
कृष्ण, बलराम लगायत अरु सँगै गएका साथीहरुले खाना खाएपछि गोपहरुलाई पनि केही प्रसाद मागेर लगेको कुरा बुझ्न सकिन्छ।
ठिक त्यही समयमा कृष्ण भगवानले भन्नु भएको थियो:
- यी ब्राह्मणहरू श्लोक कण्डस्थ गर्दै ग्यान पनि छ तर ग्यानको सदुपयोग गर्न सकेका छैनन्। तर उनीहरुका ब्राह्मणीहरुमा पढ्ने शिप छैन तर भक्ति छ। उनीहरूको भक्तिको कारणले हामीलाई चिनी प्रसाद उपलब्ध गराए। ती ब्राह्मण भन्दा त ब्राहमणीहरु ग्यानी देखिएका छन। अक्षरको भेद नपाउनु, र सही सदुपयाेग गर्न नसक्नुलाई के भन्नु?
- कोही कसैले कहीँ कुनै प्रसंगमा भत्तामा नि विभेद हुन्छ त भनी गरिएको प्रसंग कोट्याउँदै गर्दा वर्तमान अवस्थामा चलिरहेको निति नियमले जिस्काएको होइन र?
-लोकसेवा आयोगले परीक्षा लिदै गर्दा पनि केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीलाई भिन्दाभिन्दै रकम दिएको अवस्था छ, हैन र?
- फेरी त्रिभुवन विश्वविद्यालयका स्नातक, कक्षा १२ को परीक्षा र SEE परीक्षाका उत्तरपुस्तिकाको परिक्षणको लागि उपलब्ध गराउने पारिश्रमिकमा ठूलो भिन्नता छ, हैन र?
- तलब, भत्ता र पारिश्रमिककको कहाँ कसरी प्रयोग हुन्छ बुझ्न पर्ने देखिन्छ, हैन र?
- संविधानमा समानतालाई मौलिक हक भित्र राख्दै गर्दा मुख्य सचिव र कार्यालय सहयोगीको तलव, भत्ता र पारिश्रमिक पनि फरक नै देखिन्छ, हैन र?
अब्राहम लिंकनले विद्यालयको प्रधानाध्यापकलाई लेखेको पत्रमा भन्नुभएको थियो -
मेराे छोरालाई हुलले भनेको कुरो वा आवाजलाई त्यत्तिकै हुलमै पछि नलागी उ एक्लै भए साँचो र सत्य कुरा मात्र भन्न सक्ने गरी सिकाइदिनोस जसले गर्दा पछि पछुताउनु नपरोस। विद्यार्थीलाई सिकाउने गुरुले पहिला सत्यको बोध त गर्नुपर्यो नि , हैन र? शिक्षकले सत्यको पहिचान गर्न सक्दैन र आफ्नो भुमिकाको वारेमा वोध छैन भने क्रोधको जन्म हुन्छ, जब क्रोधको जन्म हुन्छ अन्तमा माकुरीको चाल हुन्छ, अर्थात मानिस आपसे आप आफैंले आफैंलाई समाल्न सक्दैन।
प्रत्येक घरमा सन्तान जन्मिएपछि कि छोरा वा कि छोरी भनेर सम्बोधन हुन्छ। छोरालाई छोरी र छोरीलाई छोरा आलाकांरिक रुपमा भने पनि सत्य कुरा लिङ्ग परिवर्तन त हुदैँन। छोरो भए जेठो र माहिलाे र छोरी भए जेठी कान्छी आदिले सम्बोधन गरिन्छ। किन त?
त्यो पहिचान हो।
पहिचानलाई नकार्न खोज्नु मुर्खता हो।
सवै मानिसले जुन ठाउँमा कार्य गर्दै छन, त्यस स्थानमा रहनको लागि आफुलाई योग्य बनाउन पर्दैन र?
आजको आवश्यकता नै सत्यलाई कमसेकम सत्यकै रुपमा बुझ्न सक्ने बन्नुपर्छ। अर्थात् कालोलाई कालो र सेतो भन्ने सामर्थ्य राख्नसक्नुपर्छ। जुन दिन मानिस सत्यको पहिचान गर्छ अर्थात् निराकरको खोजिमा लाग्छ, त्यही क्षेणदेखि आफ्नो अतितका क्रियाकलाप देखि आफैंलाई टाढा राख्दै सत्यको मार्गमा लम्कने जमर्को गर्छ।
मानिस जव भ्रममा बाच्नपुग्छ र पराधिननलाई स्वीकार्छ , उ स्वतन्त्र कहिल्यै हुन सक्दैन। मानिसको जन्म स्वतन्त्रताको लागि हो ।आमाको गर्भबाट हात जोड्दै यो भौतिक सन्सारमा आउँदै गर्दा कुनै गल्ति गर्ने छैन, सत मार्गमा हिड्ने छु भनी वाचा गरी निस्कने कुरा गरुण पुराणमा सुन्न सकिन्छ। जब मानिस गर्भबाट वाहिर निस्कन्छ, उ पहिलोपटक रुन्छ। च्याँ च्याँ आवाज हामी सुन्छौ। वास्तवमा त्यो आवाज च्याँ च्याँ नभइकन कहाँ कहाँ हो। अर्थात् म कहाँ आइपुगे भनि रुन थाल्छ, जब उ रुन थाल्छ, उसले गरेका वाचाहरु च्याँको साथमा कहाँ भन्दै विर्षने गर्छ र सांसारिक मोहमा फस्न थाल्छ। जव सांसारिक मोहमा फस्न थाल्छ उ को हो आफैंलाई बिर्सन्छ। अर्थात् आफ्नो भुमिकालाई।
शिक्षकलाई हेर्यो- शिक्षक भन्ने गर्छ- विद्यार्थी काम लाग्दैन, अश्लील शव्द बोल्ने गर्छ, केही लेख्न पढ्न आउदैन, कक्षा कोठामा हल्ला गर्छ।
शिक्षकले भनेको ठिकै हो
तर पनि
शिक्षकले काम केहो?
कहिल्यैँ घोतलिएको छ त?
सर्वगुणी र सर्वग्याता बालबच्चा भएको भए विद्यालयमा आउने थिए र?
असल आचरण र ग्यानको खोजी र विस्तारको लागि विद्यालय आउँछन, हैन र?
अव ती कमजोर वाल बच्चाहरू बालबच्चाको कारणले मात्र कमजोर भएका छन कि शिक्षक पनि दोषी छ कि अभिभावक र सम्बन्धित समाज र समग्र देशको सरकार पनि?
कहीँ न कहीँ सबै चुकेको छ।
तीतो सत्य यही हो, हैन र?
फेरी सबैले बुझ्न सकेकै छैन _
राष्ट्रसेवक कर्मचारी, प्रहरी , सेना र विभिन्न निकायमा सरकार जनता भन्दा माथि कहिल्यै हुंदैनन् र उनीहरू निश्चित समयको लागि बेचिएका हुन्छन। जनता मालिक हुन। तर मालिकको काम गर्न कारिन्दाहरु सहजै गरिरहेका हुदैँनन, किन ?
किनकी उनीहरुमा भ्रम छ र लाग्दछ सेवाग्राही भन्दा ठूला आफुलाई ठानिरहेका हुन्छन्। यही भ्रमबाट वाहिर निस्कनै पर्छ। किनकी उनीहरुले बुझ्नुपर्छ :-
अस्पतालमा विरामी छैन भने डाक्टरको के काम?
विद्यालयमा विद्यार्थी छैन भने शिक्षकको के काम?
मन्तालयमा सेवाग्राही छैनन भने मन्त्री र कर्मचारीको के काम?
कहीँकतै हुलदंगा चोरी चकारी छैन भने प्रहरीको के काम?
जनता नै छैन भने सरकारको के काम?
आदि आदि
त्यसैले आज सबैले आफ्नो भुमिकाको बोध हुनैपर्छ।
जब भुमिकाको बोध हुन्छ, अर्कोलाई ईज्जत गर्न थाल्छ।
जब अर्काको इज्जत गर्न थाल्छ ,उ आफैले इज्जत कमाएको हुन्छ।
शिक्षकले विद्यार्थी माथि प्रश्न गर्दैगर्दा आफ्नो बच्चा सम्भव हुनेले आफुले अध्यापन गराउने विद्यालयमा लान नसक्नेले आफ्नो क्षमता माथि आफै प्रश्न गर्ने कि नगर्ने?
आज कृष्ण जन्माष्टमीको दिन:
हे कृष्ण जसरी तपाईंले द्वापरयुगमा अपराधी, र अधर्मीहरुलाई सत मार्गमा लैजानको लागि जे कार्य गर्नुभयो आजका मानिसमा रहेको भ्रमबाट वाहिर निकाली सतमार्ग र हिड्न बाद्यपारी उनीहरूमा कर्तव्य बोध गराइदिनोस।यही रह्यो मेरो कामना। खुशी हौं , खुशी रहौं र असतको विरोध गरी शान्तिको मार्गमा सबै लागौं।
No comments:
Post a Comment