Monday, October 10, 2022

हत्तेरिका कत्रो भुल भएछ!

 २०७९/०५/१३

हत्तेरिका कत्रो भुल भएछ!
बिप्लप सानै उमेरदेखि समाजमा भएको विभेदिकरणलाई न्यूनिकरण गर्नुपर्छ भन्ने मानव। स्नातकोत्तरको अध्ययन पश्चात विद्यालयको लामो अद्यापन पछि विद्यालयमा प्रधानाध्यापकको रुपमा काम गर्न थाल्नुभएको थियो। शिक्षकहरुलाई कसरी सेवा दिन सकिन्छ , विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सकिन्छ र आफ्नो विद्यालयलाई नै कसरी सवैको रोजाइको विद्यालय बनाउन सकिन्छ भन्नु नै उहाँको अन्तिम लक्ष्य थियो।
एकदिनको कुरो हो विद्यालयमा पहिलो त्रैमासिक परीक्षा सन्चालन गर्नुपर्ने भएकोले सवै शिक्षक तथा कर्मचारी भेला गराई शिक्षक कर्मचारीको बैठक राख्नुभयो। विद्यार्थीबाट परीक्षाको लागि उठाइएको रकमबाट शिक्षकहरुलाई अतिरिक्त समयमा उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने भएकोले केही रकम दिने निर्णय गर्नुभयो। उत्तर पुस्तिका परीक्षण वापतको रकम स्नातक तहको, १०+२को, SEE र कक्षा ८ को उत्तर पुस्तिका परीक्षण गरेको पारिश्रमिक रकममा धेरै भिन्नता भएतापनि उहाँ त्यो भिन्नतालाई न्यूनिकरण गर्न चाहनुहुन्थ्यो। उहाँले परीक्षा समितिको संयोजकलाई इसिडि देखि कक्षा ५ सम्म, कक्षा ६-८ सम्म, कक्षा ९-१० सम्म र कक्षा ११ र १२को लागि थोरै रकम ५० पैसा देखि १ रुपैयाँ सम्म मात्र भएपनि प्रति उत्तर पुस्तिका परिक्षण पारिश्रमिक फरक बनाउनको लागि निर्देशन दिएको अवस्थामा प्रावि र निवामि तहमा अद्यापन गराउने शिक्षकले अन्याय भयो भन्नुभयो। त्यसै कुरामा अन्याय नहुने कक्षा १० , ८ र १ कक्षाका उत्तरपुस्तिका परीक्षण गर्दा समय बढी र कम लाग्ने भएकोले यसमा विवाद नगर्नेको लागि अनुरोध गरेपनि सिता र नन्दबहादुरले भने विभेद भएको जिकिर गर्नुभयो। प्र.अले जति भने पनि उहाँहरुलाई चित्त बुझाउन सक्नुभएन।
केही समय अगाडि बढ्दै थियो प्रा वि तहमा अद्यापन गराउने शिक्षकहरुले शिक्षक सेवा आयोगको परीक्षामा सिता मावि र नन्दबहादुर निमावि तहमा नियुक्ति लिनुभयो। आफ्नो सहयात्री शिक्षकहरुले आफुलाई अब्बल सावित गर्न सकेकोमा विप्लवले सबै भन्दा पहिले
बधाई
दिनुभयो। तर उहाँहरुलाई अन्य विद्यालयमा नियुक्ति दिइएकोमा त्यस विद्यालयबाट अन्य विद्यालयमा गइ पठनपाठन कार्य सुरु गर्नुभयो। त्यस विद्यालयबाट अर्को विद्यालयमा आ-आफ्नो तहमा कार्य गर्दा प्रश्नपत्र निर्माण गर्दा र उत्तर पुस्तिका परीक्षण गर्दा लाग्ने समयको फरक धेरै हुँदोरहेछ भन्ने थाह लाग्यो। अनि बल्ल उहाँहरुको होस खुल्यो। अनि लाग्यो तल्लो तहमा अध्यापन गराउने शिक्षक प्रति कति सदभाव देखाउनु हुँदोरहेछ प्रधानाध्यापकले। एक दिनको भेटमा दुइ विद्यालयमा नियुक्ति लिइ माथिल्लो तहमा अद्यापन गराउन पुग्नुभएका शिक्षकले भन्नु भयो- हत्तेरिका कत्रो भुल भएछ! त्यसपछि दुबै शिक्षक आफ्नो विद्यालयको पूर्व प्रधानाध्यापकलाई एकै समयमा गइ खाजाको समयमा आफुले गरेको गल्ति सबै शिक्षकको सामु राख्नुभयो।
कक्षा १, को भन्दा बढी ८ को र ८ को भन्दा बढी कक्षा १० को उत्तर पुस्तिका परीक्षण गर्दा धेरै समय लाग्दोरहेछ। त्यसैले सबै शिक्षक साथीहरु सही र गलत केहो भनी छुट्याउनको लागि आफ्नो स्तर वृद्धि गर्नु पर्दोरहेछ, सोच्ने तौल तरिकाले पनि। त्यस समयमा हाम्रो आवाजलाई तपाईंहरुले सही मान्नु भयो त्यो त गलत पो रहेछ। यति धेरै प्रजातान्त्रिक सोच राख्दाराख्दै पनि प्रध्यानाध्यापकलाई गल्ति देख्यौं। त्यो हाम्रो भुल थियो र त्यो भुल नदोहोरियोस् भनी समग्र शिक्षक साथीहरुलाई बताउदै प्रधानाध्यापकसँग माफी माग्दै सिता र नन्दबहादुर विध्यालयबाट आफ्नो गन्तव्यतिर लाग्नुभयो।

No comments: