खुकुरी देख्दा तर्सन्थे, सारा वैरीहरु
किन नतमस्तक हुन्छौ तिमि, देश हाक्नेहरु?
गरुडको छाया बन्नुपर्छ, नेपालीलाई हेप्नेलाई,
छाया तिनैको पारिदिनु, उत्तर दक्षिणको मुख ताक्नेलाई।
एकताको माला जप्नै पर्छ, देश बनाउछु भन्नेहरु
हिमालदेखि तराईसम्म, नेपालीपनमा रम्नेहरु
लाग्नुपर्छ सवै यहाँ सस्कृतिको जगेर्ना
भ्रष्टको समाप्ती अनि, कानूनी राजको सृजना।
हाम्रो देश रोएको हामी, कस्ररी हेर्न सक्छौ र?
भ्रष्ट अनि दुई नम्बरीलाई, नेता कसरी मान्नु ल?
कालावजारी र दुई नम्वरीलाई हामी के गर्न सक्छौ र?
खोटी नै मालिक भएपछि कस्को के लाग्छ र?

गाँस, वास, कपासको, नाराले मात्र हुन्छ के?
माटो बाझो छोडेपछि, अनाज आउँछ के?
उधमी बन्नुपर्नेहरु, देश छोडी हिड्दै छ
युवाहरु नेपाली, मरभुमीमा खट्दै छ
अस्तित्व सकिदै छ अदृश्य, शक्ति त्यो तामाको,
कहाँ चुक्यो हाम्रो शिक्षा, दुरा अवस्था नैतिकताको।
माटो बाझो छोडेपछि, अनाज आउँछ के?
उधमी बन्नुपर्नेहरु, देश छोडी हिड्दै छ
युवाहरु नेपाली, मरभुमीमा खट्दै छ
अस्तित्व सकिदै छ अदृश्य, शक्ति त्यो तामाको,
कहाँ चुक्यो हाम्रो शिक्षा, दुरा अवस्था नैतिकताको।
शिक्षा नै खोटो भए पछि, असल कहा आउँछ र?
आउने जति सवै आउँछ, हिसाव किताव खोजेमा,
पुर्ख्योली सम्पती छोडि, कमाइको हिसाव मागेमा।
सोध्ने वेला भैसक्यो , गाडी कहाबाट आयो भनी?
सदरमुकाम अनि राजधानीमा बङगला कसरी बन्यो भनी?
सवै कुरा गर्न सक्छौ, त्यागीदिन तिमिलाई पनि,
हातको पानी नचलाईकन अछुत भनि तिमिलाई पनि।
शिक्षाले दिनु पर्छ, तामामा रहेको शक्ति सवलाई,
जो जो दिक्षित हुन्छन सालै पिच्छे तिनलाइ।

चोर्नु छल्नु अपराध भनी शिक्षित गर्नु तिनलाई,
भ्रष्टचारीको हातको पानी पनि नपिउनलाई।
भ्रष्टचारीको हातको पानी पनि नपिउनलाई।
सुरु गरे मैले अव नेता कसरी जिउदछौ?
नितिगत काम गर्नलाई पैसा किन माग्द्छौ?
राजदुत काण्ड के भयो , अस्तित्व किन विलायो?
मान्छे रहने हैसियत नभएका, नेता केका लागि भयौ?
यस्तै गर्दै गएदेखि, सिंहदरवार कस्को लागि?
कुर्दै हेर्दै जादै गर्नु, नक्खु तिमिलाई कुर्दै छ,
एउटा लोकमान गएपनि अर्को, तमतयार हुदै छ।
हिजो दरवारमा हुनेहरु आज सडकमा हिड्दै छन
आज हेलिकप्टरमा चढ्नेको हिसाव किताव गर्दै छौ।
भोलि किन नभन्नु आजै फिर्ता गर्नु ल।
कालोधनले सन्ततीलाई भोली फेरि नपिर्नु ल।

समय नै वलवान छ, सत्ताले केहि गर्दैन,
आजको झुटलाई लुकाउन भोलिका दिनमा हुदैन।
शिक्षित यसरी हुदैछ, जनशक्ति नेपालमा।
तिमिले गरेको अपराध, देखाइदिन ऐनामा।
हातको पानी नचल्ने, सेना पुलिश नचाहिने,
कस्तो दिक्षित हुदै छ, आश्चर्यमा पारिदिने।
भोलिको दिन नकुर, रातमा खेल हुनेछ,
चार पल्टनको मालिक पनि गोलिको निसान बनेकै छ।
कुरा बुझे नेताले निकास आजै हुनेछ,
ढिपेजिद्दी गरेमा पिडित बालक बढ्दै छ।
के का लागि मार्यो खोइ, कसरी फरक भयौ है?
हिजो र आजको दिनमा, गरीबले के पो पायो है?

मेरो बाबालाई सुलिमा, केका लागि चढायो?
तिमि के गर्दछौ, खुकुरी भिरि आएमा?
चुप लागि वस्नलाई म त अव सक्दिन,
भ्रस्टचारी दुस्टलाई नेपालमा राख्दिन।
मत अव लागिसके युवा तिमि आउदैनौ?
माटोले माग्दा पनि ढाल तिमि बन्दैनौ?
उठ उठ युवाहरु ,हातेसाङ्ग्लो गर्दै यहाँ,
हिमालदेखि तराइसम्म माला बन्दै वा!वा!
एकताको सन्देश दिनु, भातृत्वको पन,
नेपालमा रमिरहोस नेपालीको मन।
युवा जति यहि रहोस, माटो सृजित गरी
विदेशिको मन रहोस, नेपाल घुम्ने गरी।
सवै कुरा हामीसँग नेता कता, कता
देशको चिन्ता गर्नेहरु, आउ सवै यता!
तिमि के गर्दछौ, खुकुरी भिरि आएमा?
चुप लागि वस्नलाई म त अव सक्दिन,
भ्रस्टचारी दुस्टलाई नेपालमा राख्दिन।
मत अव लागिसके युवा तिमि आउदैनौ?
माटोले माग्दा पनि ढाल तिमि बन्दैनौ?
उठ उठ युवाहरु ,हातेसाङ्ग्लो गर्दै यहाँ,
हिमालदेखि तराइसम्म माला बन्दै वा!वा!
एकताको सन्देश दिनु, भातृत्वको पन,
नेपालमा रमिरहोस नेपालीको मन।
युवा जति यहि रहोस, माटो सृजित गरी
विदेशिको मन रहोस, नेपाल घुम्ने गरी।
सवै कुरा हामीसँग नेता कता, कता
देशको चिन्ता गर्नेहरु, आउ सवै यता!
No comments:
Post a Comment